नेकपा विभाजन नभइ कुनै कदम चाल्नुहुँदैन-डा.शेखर कोइराला

काठमाडौं,फाल्गुन,२२-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन नभइ पार्टीले कुनै पनि कदम चाल्न नहुने बताउनुभएको छ । शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औं वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले पार्टीले नेकपाको विभाजनलाई कुनपर्ने बताउनुभयो । उहाँले कांग्रेस नेतृत्वले आगामी चुनाव गराउनुपर्नेमा जोड दिँदै सरकारमा जानुपर्ने गर्नुपर्ने धारणा राख्नुभयो । […]

म प्रधानमन्त्री बन्न लालाहित छैन:शेरबहादुर देउवा

काठमाडौं,फाल्गुन,२२-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको लागि लालाहित नभएको बताउनुभएको छ । शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औं वार्षिक साधारण सभामा बोल्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताउनुभएको हो ।‘म प्रधानमन्त्रीको लागि लालाहित छैन, विनाकारण हल्ला चलाइयो,’ उहाँले भन्नुभयो, ‘तर, विपक्षी दलको नेता जहिले पनि वेटिङ प्राइमिनिस्टर हो ।’ आफूले प्रधानमन्त्री […]

वामदेवलाई भेट्न प्रधानमन्त्री ओली भैंसेपाटी पुगे

काठमाडौं,फागुन,२१-विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याएकै दिन प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित गौतम निवासमा पुग्नु भएको छ। गौतमलाई भेट्न ओली शुक्रबार बेलुकी गौतम निवास भैंसेपार्टी पुग्नु भएको हो। प्रचण्ड-माधव समूहले नेकपा विभाजनको कानुनी मान्यताका लागि निर्वाचन आयोगमा ताकेता गरिरहेका बेला पार्टी एकताको अभियान चलाइरहेका गौतमलाई भेट्न ओली भैंसेपाटी पुग्नुलाई अर्थपूर्ण रुपमा […]

निर्वाचन आयोगले नेकपा विवादको टुंगो आइतबार लगाउने

काठमाडौं,फागुन,२१-निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादको टुंगो आइतबार लगाउने बताएको छ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबारभित्रमा नेकपाको आधिकारिकता विवाद टुंगो लगाउने बताउनुभयो । शुक्रबार आयोग पुगेका प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका नेताहरुसँग प्रमुख आयुक्त थपलियाले आइतबार आयोगको बैठक राखेर आधिकारिकताबारे निर्णय गर्ने बताएको स्थायी समिति सदस्य राजेन्द्र पाण्डेले जानकारी दिनुभयो।‘प्रमुख निर्वाचन आयुक्तले आइतबार बैठक राखेर यस […]

काँग्रेसको अझै स्पष्ट धारणा आएन, उचित समयमा उचित निर्णय लिने

काठमाडौं,फागुन,२१-नेपाली कांग्रेसको संसदीय दलको बैठकले शुक्रबार पनि आफ्नो स्पस्ट धारणा तय गर्न सकेको छैन।शुक्रबार बसेको संसदीय दलको बैठकले ठोस निर्णय गर्न नसकेको हो । बैठकमा पार्टीका २९ जना सांसद्हरुले आफ्ना धारणा राखेका थिए।सांसदहरूको विचार, धारणा र भनाइलाई ध्यानमा राखेका पार्टीले निर्णय गर्ने कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो । प्रतिनिधिसभाको बैठकमा नेकपाका […]

विप्लव समूहका सेती-महाकाली इञ्चार्ज पुन रिहा

कैलाली,फागुन,२१-विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुनलाई जिल्ला अदालत कैलालीबाट रिहा गरिएको छ । जिल्ला कारागार कैलालीबाट जिल्ला अदालत ल्याएर पुन र अर्का प्रदेश सदस्य विवेक कुमाललाई रिहा गरिएको हो । नेपाल सरकार र विप्लब नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएपछि उनीहरुलाई रिहा गरिएको अदालतले जनाएको छ । रिहा भएपछि पुन र कुमाललाई नेकपा […]

प्रचण्ड-नेपाल पक्षको संसदीय दलको नेतामा प्रचण्ड, ओलीलाई हटाइयो

काठमाडौं,फागुन,२१-प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन्। शुक्रबार सिंहदरबारमा बसेको सो पक्षको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाई सो पदमा प्रचण्डलाई चयन गरेको एक सांसदले जानकारी दिनुभयो । प्रचण्डको प्रस्तावक माधवकुमार नेपाल र समर्थक पम्फा भुसाल रहेका थिए।कानुन व्यवसायीहरुको सुझावको आधारमा दलको […]

विप्लवसँग रातारात सहमति भएको छैन् : प्रधानमन्त्री ओली

काठमाडौं,फागुन,२१-प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पार्नु भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्षौदेखिको वार्ताको प्रयास अहिले आएर सफल भएको बताउनुभयो । सरकारले विप्लव नेकपासँग रातारात सहमति गर्यो भन्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले यस्तो स्पष्टीकरण दिनुभएको हो । ‘केहीदिन […]

तीन बुँदे सहमति पालना गर्न प्रतिवद्ध छौं-विप्लव

काठमाडौं,फागुन,२१-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आजको दिन राजनीतिको नयाँ थालनीको दिन भएको उल्लेख गर्नुभएको छ । काठमाडौंमा सरकारसँग तीन बुँदे सहमति गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । अध्यक्ष विप्लवले सहमतिका पछाडी महान् आकांक्षा रहेको दावी गर्दै भन्नुभयो, ‘देशलाई स्वाधीन र स्वाभीमानी मुलुक बनाउन, समृद्धीको आकांक्षा पूरा […]

नवलपरासीमा सहिद परिवारलाई भेटेर काठमाडौं आउँदै : विप्लव

काठमाडौं,फागुन,२१-सरकारसँग सम्झौताका लागि हस्ताक्षर र सम्बोधन गर्न नेकपाका महासचिव  नेत्रविक्रम चन्द विप्लव काठमाडौं आउँदै हुनुहुन्छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव आज एउटै मञ्चमा देखिँदै छन्।सरकारी र नेकपाको वार्ता टोलीबीच भएको तीन बुँदे सहमति बमोजिम ओली र चन्दले आजै संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दैछन्। दिउँसो २ बजे राष्ट्रिय सभामा सहभागी हुनका लागि […]