चितवन,फागुन,१९-नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकार नेतृत्वको जिम्मेवारी काँधमा आए पछि नहट्ने बताउनुभएको छ । पूर्व सांसद् एवं नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको श्रद्धान्जली सभामा बोल्दै सभापति देउवाले कांग्रेस पदको लोभ नगर्ने पार्टी भएकाले पदको लोभ पनि नगर्ने तर जिम्मेवारी आए पछि नहट्ने प्रष्ट पार्नुभयो । तर सोही शोकसभामा बोल्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलले […]
राजनीति
सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो, वार्ता सकारात्मक रहेको भनाइ
काठमाडौं,फागनु,१९-सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुबै पक्षले बैठकमा आ-आफ्नो विषय प्रवेश गराएका छन् । आज औपचारिक शुरुवात बाहेक अरु विषयमा छलफल नभएको बताइएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक रहेको जानकारी […]
सरकार र विप्लव समूहबीच बालुवाटारमा वार्ता जारी
काठमाडौं,फागुन,१९-सरकार र नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहबीच औपचारिक रुपमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भइरहेको स्रोतले जानकारी दिएको छ । वार्ताका लागि विप्लव समूहको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो । उच्च सुरक्षा सतर्कताबीच दुबै समूह अहिले बालुवाटारमा छलफलमा रहेका छन् । वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वमा […]
दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं,फागुन,१८-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको बैठक यहि फागुन २३ गते बस्दैछ।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएको थियो । आगामी […]
बाबुरामको ट्विटमा कमल थापाको रिप्लाई, ‘तपाईंलाई नै प्रधानमन्त्री बनाउने मेरो प्रस्ताव हो’
काठमाडौं,फागुन,१९-राष्ट्रिय प्रजातन्त्र पार्टीका अधयक्ष कमल थापाले डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गर्नु भएको छ । भारतको दिल्लीमा उपचार गराएर फर्कनुभएका भट्टराईको ट्विटको उतर दिँदै थापाले प्रधानमन्त्रीका लागि प्रस्ताव गर्नुभएको हो । ‘भरखरै दिल्लीबाट स्वस्थ भएर फर्कनु भएको तापाईंलाई नै प्रधानमन्त्री बनाऔं भन्ने मेरो प्रस्ताव छ।यसो गरे कसो होला’, थापाले लेख्नुभएको छ । थापाले दिल्लीमा […]
सभामुख सापकोटाले राजनीतिक दलहरुसँग छलफल गर्दै
काठमाडौं,फागुन,१९-सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्दै हुनुहुन्छ । आगामी आइतवार संसद बैठक डाकिएको अवस्थामा सभामुखले राजनीतिक दलहरुसँग बैठकको तयारीबारे परामर्श गर्न लाग्नुभएको हो । यसअघि सभामुख सापकोटा हिजो संसद भवन नयाँ बानेश्वर पुगेर सभाहल र अन्य कक्षहरुको अवलोकन गर्नुभएको थियो । सो क्रममा संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैं सापकोटाले आजदेखि दलहरुसँग […]
विप्लव नेतृत्वको नेकपासंगको वार्ता समिति गठन सकारात्मक : कांग्रेस
काठमाडौं,फागुन,१८-नेपाली कांग्रेसले सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच वार्ताका लागि बनेको वार्ता समितिको स्वागत गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति प्रकाशित गरी ‘कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको’ बताउनुभयो । उहाँले ‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि […]
विप्लव नेतृत्वको नेकपाद्धारा प्रकाण्डको संयोजकत्वमा दुई सदस्यीय वार्ताटोली गठन
काठमाडौं,फागुन,१८-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले सरकारसँग वार्ता गर्ने टोलीको विवरण सार्वजनिक गरेको छ। सो पार्टीका प्रवक्ता तथा केन्द्रीय समिति सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को संयोजकत्वमा दुई सदस्यीय वार्ताटोली गठन गरेको पार्टीका महासचिव विप्लवले जानकारी दिनुभएको छ। टोलीका अर्का सदस्यमा उदय चलाउने (दीपक) लाई राखिएको छ।विप्लवले सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न […]
आलोचना र गालीलाई ‘ब्राण्ड’ बनाउन दुर्गा प्रसाईंबाट सिक्नुहोस्-प्रधानमन्त्री ओली
काठमाडौं,फागुन,१८-प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र गालीलाई ‘ब्राण्ड’ बनाउन दुर्गा प्रसाईंबाट सिक्नुपर्ने बताउनुभयो । झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले गाली र आलोचनाबाट हत्होत्साही नभएर त्यसबाट शक्ति आर्जन गरी सकरात्मक कामतर्फ अघि बढ्नुपर्ने बताउनुभयो । व्यवसायी एवं अस्पतालका सञ्चालक प्रसाईंप्रति मार्सी चामलको विषयलाई लिएर आलोचना गर्दा उहाँले ‘मार्सी बियर’ नामक ब्राण्ड बनाएको ओलीले बताउनुभयो […]
मलाई एक अर्ब रुपैयाँको प्रलोभन आयो-मन्त्री आले
काठमाडौं,फागुन,१८-वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन आएको खुलासा गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाइएको खुलासा गर्नुभएको हो । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि […]


