काठमाडौं,फागुन,१८-सरकारले विप्लव नेतृत्वको भूमिगत समूहसँग वार्ता गर्न टोली गठन गरेको छ। मंगलबार सञ्चारमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिनुभयो । वार्ता टोलीमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् । पत्रकार सम्मेलनमा मन्त्री गुरुङले चाँडै […]
राजनीति
सरकारले पशुपति आर्यघाटमा निःशुल्क दाउरा उपलब्ध गराउछ : मन्त्री आले
काठमाडौं,फागुन,१७-वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको गोष्ठी उद्घाटन गर्दै मन्त्री आलेले दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै मन्त्रालयले निशुल्क दाउरा उपलब्ध गराउने बताउनुभयो । मन्त्रालयले गृहकार्य अगाडि बढाइसकेकाले यसैपटक लागू हुने उहाँको भनाइ छ […]
राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान
काठमाडौं,फागुन,१७-राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गर्नु भएको छ। मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गर्नु भएको हो । सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। राष्ट्रपति कार्यालयले सोमबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सिफारिस पत्र पेस भएको र […]
प्रचण्ड-नेपाल पक्षको स्थायी र केन्द्रीय समिति बैठक बुधबार पेरिसडाँडामा बस्ने
काठमाडौं,फागुन,१७-प्रचण्ड-नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक बुधबार बस्ने भएको छ। सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालयको बैठकले स्थायी र केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले स्थायी केन्द्रीय समिति बैठक फागुन १९ गते बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बताउनुभयो । ‘फागुन २१ गते बुधबार […]
संसद् बैठक फागुन २३ गते अपराह्न ४ बजे राख्न राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं,फागुन,१७-सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक यही फागुन २३ गते ४ बजे राख्न सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। आज (सोमबार) बिहान बसेको मन्त्रिपरिषदको बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार यसअघि बसेको मन्त्रिपरिषद् बैठकमै यसबारे छलफल गरिए पनि आजको बैठकले औपचारिक निर्णय गरेको हो।
संवैधानिक निकायका नियुक्ति संविधानको मर्म विपरीत: नेपाल बारको भनाई
काठमाडौं,फागुन,१६-नेपाल बार एशोसिएसनले संवैधानिक निकायहरुमा संसदीय सुनुवाइ बिनै पदाधिकारी नियुक्त गरिनुलाई असंवैधानिक भनेको छ । शक्ति पृथक्कीकरण र नियन्त्रणको मूल मर्मविपरित गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत भएको ठहर पनि नेपाल बार एशोसिएशनले गरेको हो । बार एशोसिएसनको वार्षिक साधारणसभा तथा ४७ औं केन्द्रीय कार्यकारिणी परिषदको शनिबारसम्पन्न बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको […]
प्रचण्ड-माधवलाई ओलीको चुनौती : प्रधानमन्त्रीबाट हटाएर देखाउनुहोस्
काठमाडौं,फागुन,१६-प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्ड-नेपाललाई चुनौती दिनुभएको छ। आइतबार गृहजिल्ला झापामा नेपाल-चीन मैत्री औद्योगिक पार्क शिलान्यास गर्दै प्रधामन्त्री ओलीले मुद्दा लडेर संसद फिर्ता ल्याएजस्तै आफूलाई अविश्वसको प्रस्ताव राखेर हटाउन चेतावनी दिनुभएको हो। उहाँले आफूलाई अविश्वासको प्रस्ताव राखेर हटाए जनतामा गएर दुईतिहाइ ल्याइदिने बताउनुभयो । ओलीले भन्नुभयो ‘उहाँहरु मसँग हात थाप्न थाल्नुभएको […]
प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै:औद्योगिक पार्कको शिलान्यास गर्ने
काठमाडौं,फागुन,१६-प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) गृहजिल्ला झापा जानुहुने भएको छ। त्यसका लागि उनी काठमाडौंबाट हवाईजहाजमार्फत बिहान १० बजे भद्रपुर विमानस्थल पुग्ने कार्यक्रम रहेको छ।औद्योगिक क्षेत्र शिलान्यासलगायत कार्यक्रममा सहभागी हुन ओली झापा जान लाग्नु भएको हो । उहाँले आज झापा क्षेत्र नम्बर ५ मा पुगेर पार्कको शिलान्यास गर्ने कार्यक्रम छ।चीनको सहयोगमा झापाको कमल गाउँपालिका र […]
कांग्रेसले हैसियत अनुसारको आकांक्षा राख्नुपर्छ-वरिष्ठ नेता पौडेल
काठमाडौं,फागुन,१५-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले हैसियत अनुसारको आकांक्ष राख्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनताले आफूहरूलाई प्रतिपक्ष भएर बस्ने हैसियत दिएकाले हैसियतअनुसारको आकांक्षा राख्नुपर्ने बताउनुभयो । ‘जनताले हामीलाई ५ वर्षका लागि प्रतिपक्षमा बस्ने हैसियत दिएका छन्,’ उहाँले भन्नुभयो, ‘ हैसियतअनुसारको आकांक्षा नराखे डुबिन्छ, संसदमा […]
आफुले भनेको नमान्ने मान्छे अगाडि देख्नै नहुने चरित्र ओलीमा छ-अध्यक्ष दाहाल
काठमाण्डौं,फागुन,१५-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ । आज काठमाडौंमा भएको नेकपा प्रचण्ड-नेपाल समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष दाहालले आफू जन्मिएको धरातल बिर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिएको टिप्पणी गर्नुभएको हो । कम्युनिष्टहरुले हिजो जुन वर्गको विरुद्धमा विद्रोह गरे त्यही वर्गलाई […]


