हड्ताल सफल बनाउन दाहाल सडकमा,फागुनबाट जनआन्दोलन सुरु हुने

काठमाडौं,माघ,२२-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको आम हड्ताल अझ सफल र प्रभावकारी बनाउन अध्यक्ष पुष्पकमल दाहाल सातदोबाटो पुग्नु भएको छ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधका नेकपा दाहाल समूह आन्दोलनमा छ । आज दाहाल-नेपाल समूहले देशव्यापी आम हड्तालको आयोजना गरेको छ । हड्ताल सफल बनाउन भन्दै दाहाल सडकमा निस्किनु भएको हो । […]

संवैधानिक आयोगको पदाधिकारीमा सिफारिस पाएकाहरूले लिए शपथ

काठमाडौं,माघ,२१-विवादका बीच संवैधानिक परिषदबाट सिफारिस विभिन्न संवैधानियक आयोगका पदाधिकारीले अन्ततः आज (बुधबार) बिहान शपथ ग्रहण गरेका छन्। गत मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकबाट नियुक्ति पाएका पदाधिकारीलाई राष्ट्रपतिको कार्यालय शीतल निवासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शपथ खुवाउनु भएको हो । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार विभिन्न ५ आयोगमा अध्यक्ष सिफारिस भएकाहरूलाई प्रधानन्यायाधीश जबराले तथा […]

प्रचण्ड-नेपाल र ओली पक्षबीच झडप,उपप्रधानमन्त्री पोखरेलको गाडी तोडफोड

नुवाकोट,माघ,१९-नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।झडपका क्रममा उपप्रधानमन्त्री इश्वर पोखरेलसँगै आएको एउटा गाडीमा पनि तोडफोड गरिएको छ । तोडफोडबाट गाडीको शिशा फुटेको छ । नेकपा ओली समूहले सदरमुकाम विदुरमा आयोजना गरेको कार्यक्रममा सहभागि हुन उक्त समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल जाँदै गर्दा नुवाकोटको बट्टारमा […]

म्यानमारको ‘कू’ प्रति अमेरिकाको प्रतिक्रिया, सुकीलाई तत्काल रिहा नगरे गम्भीर कदम चाल्ने चेतावनी

एजेन्सी,माघ,१९-अमेरिकाले म्यानमारमा गरिएको सत्तापलट र प्रजातन्त्र पक्षधर नेताहरुको गिरफ्तारीको विरोध गरेको छ ।राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ताले विज्ञप्ति जारी गर्दै प्रजातान्त्रिक प्रक्रियालाई कमजोर पार्न गरिएको गिरफ्तारीको विरोध गरेको हो । राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रपति जो बाइडेनलाई म्यानमारको अवस्थाबारे ब्रिफिङ गरेको पनि जनाइएको छ ।ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ, ‘बर्माका प्रजातान्त्रिक संस्थाहरूलाई हाम्रो बलियो साथ […]

म्यानमारमा ‘सैन्य कू’, एक वर्षका लागि संकटकाल घोषणा

एजेन्सी,माघ,१९-म्यानमारमा सेनाले नेतृ आङ सान सूकीलाई पक्राउ गरिएको छ ।सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृ सूकीलाई सेनाले पक्राउ गरेको पार्टीका प्रवक्ताले बताएको बीबीसीले जनाएको छ । म्यानमारमा भर्खरै सम्पन्न निर्वाचनका विषयमा सेना र सरकारबीच तनाव बढेको थियो । शासन हातमा लिएको सेनाले देशमा एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । सेना […]

सर्वोच्चमा प्रतिनिधि सभा विघटनको पक्षमा बहस सुरु

काठमाडौं,माघ,१९-प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि आजबाट उक्त कदमको पक्षमा अर्थात् रिटको विपक्षमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ।रिट निवेदकका तर्फबाट आइतबार बहस सकिएपछि सोमबारदेखि रिट निवेदकका विपक्षीहरुको बहस सुरु भएको हो।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस सुरु गरेका हुन्।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा गरेको […]

‘श्री ५ को सरकार’भन्दै भाषण गर्ने खानेपानी मन्त्री मणिचन्द्रले मागे माफी

काठमाडौं,माघ,१८-शहरी विकास तथा खानेपानी मन्त्री मणिचन्द्र थापाले शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्री ५ को सरकार भुलवश भनेको भन्दै माफी माग्नुभएको छ । आइतबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री थापाले नेपाल सरकार भन्नुपर्नेमा भुलवश अन्यथा भएकोले त्यसलाई तत्काल सच्याएको उल्लेख गर्दै माफी माग्नु भएको छ । कार्यक्रममो बोलेको शब्दप्रति नेपाली नागरिक, शूभचिन्तक, र नेपाल कम्युनिष्ट पार्टीका […]

प्रधानमन्त्री ओलीद्वारा सिटीहलको शिलान्यास

काठमाडौं,माघ,१७-प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको भरतपुरमा निर्माण गर्न लागिएको भरतपुर सिटीहलको शिलान्यास गर्नु भएको छ।भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजिक सिटीहलको प्रधानमनत्री ओलीले शनिबार दिउँसो शिलान्यास गर्नु भएको हो । शिलान्यास समारोहमा शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले आयोजनाका बारेमा जानकारी गराउनु भएको थियो। देशको मध्यभागमा रहेर पनि ठूलो सभा समारोह आयोजना गर्न हलको […]

ओलीको पार्टी ‘डुप्लिकेट’हो,सडकमा पनि एक तिहाइ मात्र छ: प्रचण्ड-माधबको टिप्पणी

काठमाडौं,माघ,१७-प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित विरोध सभामा केपी शर्मा ओली पार्टीमा मात्रै नभएर सडकमा पनि एक तिहाइमात्रै भएको बताउनु भएको छ । सुदूपश्चिममा सभा गरेपछि फुर्कंदै/घमण्ड गर्दै हिँडे पनि आजको सभाले ओलीको घमण्डलाई चकनाचुर बनाइदिएको उहांको भनाइ थियो। उहाले ओली पार्टीमा मात्रै होइन सडकमा पनि एक तिहाइमात्रै हो भन्ने आजको […]

आज नेकपाका दुवै पक्षसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं,माघ,१६-आफूलाई आधिकारिक पार्टी दाबी गरिरहेका नेकपाका दुवै पक्षसँग निर्वाचन आयोगले आज (शुक्रबार) छलफल गर्ने भएको छ। नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र पठाएको आयोगले आज दुवै पक्षसँग छलफल गर्ने भएको हो। आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले निर्वाचनको प्रयोजनका लागि नेकपाका दुवै समूह अध्यक्ष वा अध्यक्षले […]