राजनीतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन : सभामुख सापकोटा

काठमाण्डौं,फागुन,१५-सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नु भएको छ।शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानीमा सभामुख सापकोटाले संसद् नियमित चल्ने बताउनुभयो । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उहाँले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘पहिले जसरी संसद् चलेको थियो। त्यही अनुसार संसद् चल्छ।अब दलहरुबीच छलफल […]

फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं,फागुन,१४-सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । शुक्रबार बेलुका बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठक बस्नुअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठक आह्वान गर्नेसम्बन्धमा शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्नुभएको […]

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं,फागुन,१४-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ।प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिनुभयो।   ‘एजेन्डा भनिएको छैन’, ती मन्त्रीले भन्नुभयो, ‘साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ।सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो। बैठकले बैठकले प्रतिनिधिसभा […]

प्रचण्ड-माधव समूहले बोलायो संसदीय दलको बैठक

काठमाडौं,फागुन,१२-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार सवोच्च अदालतले संसद विघटन बदर गरेपछि आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ।प्रचण्ड-माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई […]

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने

काठमाण्डौं,फाल्गुन,१२-प्रधानमन्त्री केपी ओलीले आफू पक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बोलाउनु भएको छ।पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न बुधबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिनुभयो । ‘संसद पुनस्र्थापछि बदलिएको राजनीतिक परिस्थितिको विषयमा बैठकमा छलफल हुनेछ,’ मण्डलले भन्नुभयो, ‘बैठकले पार्टीको भावी रणनीति पनि तय गर्ने […]

प्रतिनिधिसभा पुनःस्थापनाको फैसलामा सर्वोच्चले निरुपण गरेका ५ प्रश्न

काठमाण्डौं,फाल्गुन,११-प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए । सो सिफारिस आएको केहीछिनमै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन घोषणा गरिन्।प्रतिनिधिसभा विघटनको घोषणासँगै सरकारको सिफारिसमा राष्ट्रपतिले २०७८ वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरिन् । प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गरेको छ।मंगलबार बसेको संवैधानिक […]

ओलीले तत्काल राजीनामा दिनुहुन्नः सल्लाहकार थापा

काठमाण्डौं,फाल्गुन,१२-सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्ने फैसला गरेपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्नुपर्ने माग सर्वत्र भइरहेको छ। मंगलबार अदालतबाट यस्तो फैसला आएपनि प्रधानमन्त्री ओलीले भने आफ्नो सचिवालयमार्फत् तत्काल राजीनामा नगर्ने जवाफ दिनु भएको थियो। ‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ र, कार्यान्वयन गर्नुपर्छ’, राती अबेर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल […]

निर्वाचन आचारसंहिताबारे छलफल गर्न नेकपाका दुवै पक्षसहित सबै दललाई निमन्त्रणा

काठमाण्डौं,फागुन,२-सरकारले वैशाख १७ र २७ का लागि घोषणा गरेको चुनावका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न आज (आइतबार) नेकपाका दुवै पक्षसहित सबै दलका प्रतिनिधिलाई बोलाएको छ।निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको आयोगले यसबारे राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो। एक आयुक्तका अनुसार निर्वाचन आचारसंहिताको मस्यौदामा सल्लाह/सुझाव लिन नेकपा दुवै पक्षका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली […]

ओलीको सभामा लगिएको बस भाडा तिर्न नमानेपछि अधिकृतमाथि गाउँपालिका अध्यक्षको दुर्व्यवहार

काठमाण्डौं,माघ,३०-ओली पक्षले माघ २३ गते काठमाडौंमा आयोजना गरेको सभामा कार्यकर्ता लिएर गएको बसको ‘रिजर्भ’ भाडा भुक्तानी गर्न नमानेपछि जिल्लास्थित एक गाउँपालिकाका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिका छाडेर जान धम्की दिँदै कार्यालय भित्रै दुर्व्यवहार गरेका छन् ।   ओली पक्षको सभाका लागी कार्यकर्ता बोकेर ‘रिजर्भ’ लगिएको बस भाडा गाउँपालिका कार्यालय मार्फत भुक्तानी गर्न नमानेपछि जिल्लाको दक्षिणी […]

अन्तत:रामकुमारी झाँक्री बिना सर्तमा रिहा !

काठमाडौँ,माघ,२९-नेकपा प्रचण्ड-नेपाल समुहकि नेतृ रामकुमारी झाँक्री अन्तत बिना सर्त रिहा हुनु भएको छ ।झाँक्रिले राष्ट्रपतिले गरेको गलत कामको विरोधमा आफूले बोलेकोमा कुनै पछुतो नभएको बताउनु भएको छ । बुधबार साँझ अपराध अनुसन्धान महाशाखाबाट रिहाइ भइपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै राष्ट्रपति विद्यादेवि भण्डारी विरुद्ध बोलेकोमा पछुतो नभएको बताउनु भएको हो। उहाँलाई चौतर्फी दबाबपछि प्रहरीले विना शर्त रिहा गरेको […]