आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं,माघ,१६-देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ।सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । सहिद धर्मभक्त माथेमालाई सिफलमा […]

प्रचण्ड-नेपाल समूहले माघ २८ को प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने

काठमाडौं,माघ,१५-प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा विघटनविरुद्ध अहिलेसम्मकै विशाल प्रदर्शन गर्ने भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले माघ २८ गतेको विरोध प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने निर्णय गरेको नेता विष्णु रिजालले जानकारी दिनुभयो । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समेत सहभागी रहेको बैठकले २८ गतेको […]

दाहाल-नेपाल समूहको बुटवलमा विरोध सभा, २० हजार कार्यकर्ता उतार्ने दावी

काठमाडौं,माघ,१५-नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले आज (बिहीबार) बुटवलमा विरोध सभा गर्दै छ।नेकपा संघर्ष समितिअन्तर्गत लुम्बिनी प्रदेश कमिटीले दिउँसो १ बजे विरोध सभा आयोजना गर्न लागेको हो । प्रादेशिक अस्पतालको उत्तरतर्फ खाली जग्गामा हुने सभालाई नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ। संघर्ष समितिका संयोजक ठाकुर गैरेका अनुसार सभाअघि बुटवलका […]

प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्धका मुद्दाको सुनुवाइ एकै बेन्चमा आज

काठमाडौं,माघ,१५-अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्ध परेका मुद्दाको सुनुवाइ आज हुने भएको छ। अदालतमा विचाराधीन मुद्दा (प्रतिनिधि सभा विघटन) लाई प्रभावित बनाउने अभिव्यक्ति दिएको भन्दै परेका रिटको आज एउटै बेन्चमा सुनुवाइ तोकिएको छ। यी सबै मुद्दा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइ हुने भएका हुन्।प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा […]

चार पूर्वप्रधानन्यायाधीश विरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट

काठमाडौं,माघ,१४-प्रतिनिसिभा विघटनलाई असंवैधानिक भनेर विज्ञप्ति निकाल्ने चारजना पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता धनजित बस्नेतले उहाँहरूमाथि अदालतको अवहेलना गरेको भन्दै रिट निवेदन दर्ता गरिएको छ । अदालतमा विचाराधीन मुद्दामा न्यायीक निरोपणको कार्यलाई प्रभाव पार्ने र अदालत प्रति जनताको विश्वास […]

‘औपचारिक रुपमा नेकपा अझै एउटै’छ : निर्वाचन आयोग

काठमाडौं,माघ,११-नेकपाका दुई पक्षले अलग-अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले पुनः अस्वीकार गर्ने भएको छ । दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन नसकेको हो । आयोग स्रोतका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले लिएका निर्णय दलको विधानसम्मत छैनन् । […]

आज प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाण्डौं,माघ,११-आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज (आइतबार) बस्दै छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटी बैठक आज दिउँसो साढे १२ बजे पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। यसअघि हिजो शनिबार पनि केन्द्रीय कार्यालयमा उपलब्ध स्थायी कमिटी सदस्यको अनौपचारिक बैठक बसेको थियो। बैठकमा गत शुक्रबार (माघ ९ गते) काठमाडौंमा […]

वैशाखमा निर्वाचन हुने सम्भावना छैनः महामन्त्री कोइराला

काठमाडौं,माघ,१०-नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले वैशाखमा निर्वाचनको सम्भावना नरहेको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने सम्भावना नरहेको धारणा राख्नु भयो । डा कोइरालाले कांग्रेसको पहिलो प्राथमिकता प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्छ भन्ने […]

प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन सुरु

काठमाडौं,माघ,९-प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँ उपत्यकामा शक्ति प्रदर्शन गरेको छ।शुक्रबार उपत्यकाका ९ स्थानबाट सुरु भएको भएको प्रदर्शन शान्ति वाटिकामा पुगेर सभामा परिणत हुने जनाएको छ। ती जुलुसहरु स्थायी समिति सदस्य तथा केन्द्रीय नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट सुरु भएका हुन्। […]

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावबारे छलफल गर्न देउवाले बोलाए बैठक

काठमाडौं,माघ,९-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे छलफल गर्न सो प्रदेशका कांग्रेस केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाउनु भएको छ । अपरान्ह १ बजे आफ्नै निवास बुढानिलकण्ठमा बोलाइएको सो बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि आमन्त्रण गरिएको छ। ‘वरिष्ठ नेता पौडेल र बागमती प्रदेशका केन्द्रीय सदस्यहरुलाई परामर्शका लागि बोलाउनु […]