काठमाडौं,माघ,२९-पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा नेतृ रामकुमारी झाँक्रीको विरोधमा टिप्पणी गर्नुभएको छ । बिहीबार ट्वीटमार्फत पूर्वप्रधानमन्त्री डा. भट्टराईले सरकारको काल आएकै हो भनेर प्रश्न गर्नुभयो । उहाँले संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन बोल्ने भन्दै प्रश्न गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘ओली सरकारले राष्ट्रपतिबारे […]
राजनीति
निर्वाचन आयोगलाई अनावश्यक दबाव दिँदै प्रधानमन्त्री ओली !
काठमाडौं,माघ,२८-आगामी बैशाख १७ र २७ का लागि घोषणा गरिएको मध्यावधि निर्वाचनको तयारी बारे जानकारी लिन मंगलबार निर्वाचन आयोग पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई अनुचित दबाव दिएको दाबी गरिएको छ । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँगको औपचारिक छलफलपछि प्रधानमन्त्री ओलीले नेकपाको आधिकारिता सम्बन्धी विवादमा प्रवेश नगर्न निर्देशन दिएको दाबी अर्को पक्षले गरेको छ […]
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
काठमाडौं,माघ,२७-नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त हुनु भएको छ। सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि यो पद रिक्त थियो।उहाँको कार्यकाल सकिएछी प्राधिकरणका सबैभन्दा वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई कार्तिक २४ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो […]
प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस यो हप्ताभित्र सिध्याउनुपर्छ : प्रधानन्यायाधीश
काठमाडौं,माघ,२५-प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस यो हप्ताभित्र सिध्याउनुपर्ने बताउनु भएको छ । आइतबार सरकारी वकिलको बहस सकिएको छ।त्यसपछि प्रधनमन्त्रीको बचाऊमा निजी अधिवक्ताहरुले बहस सुरु गर्नु भएको छ। सोही क्रममा प्रधानन्यायाधीश जबराले यो हप्ताभित्र सबै मुद्दाको बहस सिध्याउनु पर्ने बताउनु भएको हो । अहिलेसम्म महान्यायाधीवक्तासहित ११ जना सरकारी वकिलले प्रतिनिधि सभा विघटनका पक्षमा बहस […]
प्रचण्ड-माधव भन्छ,आम हड्ताल सफल भयो:उता पूर्वमन्त्रीको अण्डकोष नै फुट्यो
काठमाण्डौं,माघ,२२-नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव पक्षले आह्वान गरेको आजको आमहड्ताल पूर्णरूपमा सफल भएको दाबी गरेको छ।केन्द्रीय संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै आमहड्तालमा प्राप्त सर्मथनले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गर्नु भएको छ। आमहड्ताललाई बदनाम गराउन, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउने सरकारको हर्कता पार्टी र जनताको संयमताले असफल […]
हड्ताल सफल बनाउन दाहाल सडकमा,फागुनबाट जनआन्दोलन सुरु हुने
काठमाडौं,माघ,२२-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको आम हड्ताल अझ सफल र प्रभावकारी बनाउन अध्यक्ष पुष्पकमल दाहाल सातदोबाटो पुग्नु भएको छ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधका नेकपा दाहाल समूह आन्दोलनमा छ । आज दाहाल-नेपाल समूहले देशव्यापी आम हड्तालको आयोजना गरेको छ । हड्ताल सफल बनाउन भन्दै दाहाल सडकमा निस्किनु भएको हो । […]
संवैधानिक आयोगको पदाधिकारीमा सिफारिस पाएकाहरूले लिए शपथ
काठमाडौं,माघ,२१-विवादका बीच संवैधानिक परिषदबाट सिफारिस विभिन्न संवैधानियक आयोगका पदाधिकारीले अन्ततः आज (बुधबार) बिहान शपथ ग्रहण गरेका छन्। गत मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकबाट नियुक्ति पाएका पदाधिकारीलाई राष्ट्रपतिको कार्यालय शीतल निवासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शपथ खुवाउनु भएको हो । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार विभिन्न ५ आयोगमा अध्यक्ष सिफारिस भएकाहरूलाई प्रधानन्यायाधीश जबराले तथा […]
प्रचण्ड-नेपाल र ओली पक्षबीच झडप,उपप्रधानमन्त्री पोखरेलको गाडी तोडफोड
नुवाकोट,माघ,१९-नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।झडपका क्रममा उपप्रधानमन्त्री इश्वर पोखरेलसँगै आएको एउटा गाडीमा पनि तोडफोड गरिएको छ । तोडफोडबाट गाडीको शिशा फुटेको छ । नेकपा ओली समूहले सदरमुकाम विदुरमा आयोजना गरेको कार्यक्रममा सहभागि हुन उक्त समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल जाँदै गर्दा नुवाकोटको बट्टारमा […]
म्यानमारको ‘कू’ प्रति अमेरिकाको प्रतिक्रिया, सुकीलाई तत्काल रिहा नगरे गम्भीर कदम चाल्ने चेतावनी
एजेन्सी,माघ,१९-अमेरिकाले म्यानमारमा गरिएको सत्तापलट र प्रजातन्त्र पक्षधर नेताहरुको गिरफ्तारीको विरोध गरेको छ ।राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ताले विज्ञप्ति जारी गर्दै प्रजातान्त्रिक प्रक्रियालाई कमजोर पार्न गरिएको गिरफ्तारीको विरोध गरेको हो । राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रपति जो बाइडेनलाई म्यानमारको अवस्थाबारे ब्रिफिङ गरेको पनि जनाइएको छ ।ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ, ‘बर्माका प्रजातान्त्रिक संस्थाहरूलाई हाम्रो बलियो साथ […]
म्यानमारमा ‘सैन्य कू’, एक वर्षका लागि संकटकाल घोषणा
एजेन्सी,माघ,१९-म्यानमारमा सेनाले नेतृ आङ सान सूकीलाई पक्राउ गरिएको छ ।सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृ सूकीलाई सेनाले पक्राउ गरेको पार्टीका प्रवक्ताले बताएको बीबीसीले जनाएको छ । म्यानमारमा भर्खरै सम्पन्न निर्वाचनका विषयमा सेना र सरकारबीच तनाव बढेको थियो । शासन हातमा लिएको सेनाले देशमा एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । सेना […]


