रामपुर विद्यालयको समन्वय समिती संयोजकमा भरत कुॅंवर चयन

बुडर,डोटी,साउन,२५-डोटी जिल्लाको जोरायल गाॅंउपालीका २ छतिवनमा रहेको श्री रामपुर नमुना माध्यामिक विद्यालयको समन्वय समिती संयोजकमा भरत कुॅंवर चयन हुनु भएको छ ।  गएको मंगलबार विद्यालयको व्यवस्थापन समितीको बैठकले शिक्षा बिटमा काम गर्न इच्छुक युवा एवं उर्जावान व्यक्ती कुॅंवरलाई निर्बिरोध चयन गरेको हो । समितीले कुॅंवरको संयोजकमा ७ जना पदाधिकारी चयन गरेको छ ।समितीले चयन गरेको पदाधिकारीहरुमा समन्वय समितीको संयोजकमा भरत कुंवर यस्तै सदस्यहरुमा […]

सिकाइ सुधारका लागि अनिवार्य बन्दै प्राक्टिस बुक

काठमाडौं,साउन,२४-चितवनस्थित भीमोदय माविले कक्षा ८ र १० मा सिकाइ सुधारका लागि गणित, विज्ञान र अङ्ग्रेजी विषयको प्राक्टिसबुक लागु गर्दै आएको छ । विद्यालयले ८ र १० मा डि.आर. सिंखडाको गणित विषयको प्राक्टिसबुकबाट अभ्यास गराउन शुरु गरेको दश बितिसकेको छ । सामुदायिक विद्यालयमा सिकाइ सुधारका लागि प्राक्टिस बुक क्याप्सुल जस्तै भएको विद्यालयका प्रअ डा. हरि कँडेल […]

विद्यालय तहका ‘प्राटिक्स बुक’को बिक्रीवितरणमा रोक, चौतर्फी विरोध

काठमाडौं,साउन,१२-सरकारले विद्यार्थीहरुलाई उपयोगी मानिएको प्रश्नपत्रको संगालो र प्राटिक्सबुकको बिक्री वितरणमा रोक लगाएको छ।सरकारले प्रश्नपत्रहरुको संगालो, प्राटिक्सबुकलगायतका सामग्रीहरु छपाइ, बिक्री वितरण गर्न रोक लगाएको हो । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७६ मा यस्तो व्यवस्था गरेको हो । निर्देशिकाको परिच्छेद–९को पाठ्यसामग्री व्यवस्थापन तथा मूल्यांकन सम्बन्धी व्यवस्थाको २५ को ६ […]

भीमोदय मावि चितवनका प्रअ डा.कँडेललाई एसियाकै उत्कृष्ट प्रधानाध्यापकको अवार्ड

काठमाडौं,साउन,८-भीमोदय मावि चितवनका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेल एसियन लिडरशिप अवार्ड प्राप्त गर्न सफल भएका छन् ।५० भन्दा बढी विधामा विश्वभरिका सयौं व्यक्तिहरुलाई दिईने यो पुरस्कारको बिजेताहरु घोषणा हुने क्रम शुरु भएको छ । यसै क्रममा नेपालका डा. कँडेललाई उत्कृष्ट प्रधानाध्यापक भन्दै अवार्डका लागि छनोट गरिएको हो । सन् २०११ देखि प्रारम्भ भएको एसियन लिडरशिप अवार्डको […]

होटल रेस्टुराँ साउन १५ देखी खुला हुने,स्कुल भर्ना भदौ १ बाट

काठमाडौं,साउन,६-सोमबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले साउन १५ देखि होटल तथा रेस्टुराँ खोल्ने निर्णय गरेको छ ।  यस्तै: ट्रेकिङ ट्राभल पनि १५ गतेदेखि नै खुल्ला हुने भएको छ।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ/सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले स्कुल भर्ना १ गतेदेखि लिन सकिने बताउनुभयो ।भर्ना खुला भएपनि विद्यालय भने अर्काे सूचना नआएसम्म […]

लकडाउन खुलेको होइन, खुकुलो मात्र भएको हो : प्रधानमन्त्री ओली

काठमाडौं,असार,१-प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले लकडाउन खुलेको नभई खुकुलोमात्र भएकाले सबैले आफ्नो स्वास्थ्य सुरक्षाका सावधानी अपनाउनु बताउनु भएको छ ।सोमबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै ओलीले देशमा अब अर्को आन्दोलन आवश्यक नभएको पनि बताउनुभयो । शुभकामना सम्बोधन गर्दै ओलीले अप्ठेरो अवस्थामा केही असहजता भए पनि अब देशमा आन्दोलन आवश्यक नभएको स्पष्ट […]

सरकारले मिलायाे असार १ देखि रेडियो र टीभीबाट पढ्न‍े व्यवस्था

काठमाडौं,जेठ,३२-सरकारले लकडाउन अवधिभर विद्यार्थीलाई घरमै बसेर श्रव्य-दृश्यका माध्यमबाट पढ्ने वातावरण मिलाएको छ।लकडाउनका कारण स्कुल जान नपाएका विद्यार्थीका लागि शिक्षा मन्त्रालयले भोलि असार १ गतेदेखि नै रेडियो, टीभी तथा इन्टरनेटबाट पढ्ने व्यवस्था मिलाएकाे हाे।  त्यसका लागि शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि समय तालिका (अन्तिममा राखिएको […]

लकडाउनको समयमा पनी शिक्षकलाई सिकाइकै चिन्ता देखिनु सकरात्मक : निधि

ओखलढुंगा,जेठ,९-नेपाली कांग्रेसका उपसभापति एवं पूर्व शिक्षामन्त्री विमलेन्द्र निधिले लकडाउनको समयमा पनि शिक्षकमा शिक्षण सिकाइकै चिन्ता देखिनु सकारात्मक भएको बताउनु भएको छ।सरकारले अनलाइन शिक्षाको कुरामात्रै गरेको अवस्थामा शिक्षकहरु आफैले सूचनाप्रविधिमैत्री बन्न अनलाइन तालिम सञ्चालन गर्नु प्रशंसनीय काम भएको उहाले बताउनु भएको थियो । नेपाल शिक्षक संघका निवर्तमान उपाध्यक्ष गोकर्ण बानियाको व्यक्तिगत पहलमा बिहिवार देखि शुरु भएको […]

शिक्षक संघ चितवनले दियो ३५ जिल्लाका २७० शिक्षकलाई १० दिने आइसिटि तालिम

चितवन,जेठ,६-नेपाल शिक्षक संघ चितवन जिल्ला कार्यसमितिले शिक्षकहरुका लागि १० लिने सूचना प्रविधियुक्त सिकाइ अनलाइन तालिम सञ्चालन गरेको छ । ३५ जिल्लाका २७० शिक्षकहरुले दिनको तीन घण्टाका दरले तालिम लिएका थिए । सोमबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १० दिने तालिमको समापन गर्नु भएको थियो । समापन कार्यक्रममा बोल्दै प्रवक्त शर्माले कोरोना माहामारीले शिक्षकहरुको काँधमा थप […]

कक्षा एकदेखि नै संस्कृत पढाइ हुने

काठमाडौं,बैशाख,२४-सरकारले विद्यालय तहमा कक्षा एकदेखि नै संस्कृत विषयको पठनपाठन सञ्चालन गर्ने भएको छ।यही शैक्षिक सत्रदेखि नै यो विषयको पढाइ सुरु गरिने शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकमा पढाउन बनाइएको संस्कृत शिक्षा विषयको पाठ्यक्रमको स्वीकृति दिएको छ।यो पाठ्यक्रम विज्ञको सहयोगमा बनाएर केन्द्रले स्वीकृति दिएको हो । स्थानीय पाठ्यक्रमको रुपमा […]