एसइईको नतिजा साउन १५ भित्र सार्वजनिक गर्ने तयारी

काठमाण्डौ,जेठ,३१-यस वर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी साउन १५ भित्र आउने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण काम साउन १५ भित्र पूरा गर्ने जानकारी दिएको हो। गत वर्ष जस्तै यस वर्ष पनि बोर्डले एसइईका विद्यार्थीको नतिजा आन्तरिक मूल्यांकनको आधारमा तयार गर्दैछ। विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला […]

सरोकार पक्षलाई थाहै नदिई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन

सुर्खेत,जेठ,६-सरोकार पक्षलाई थाहै नदिई झण्डै एक वर्षअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको सार्वजनिक भएको छ।शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७७ ले मध्यपश्चिमाञ्चल विश्वविद्यालयसम्बन्धी ऐन २०६७ लाई संशोधन गर्दै ‘मध्यपश्चिम विश्वविद्यालय’का रुपमा रुपान्तरण गरेको हो । विसं २०७७ असार २२ गते नेपाल राजपत्रमा प्रकाशित शिक्षासम्बन्धी उक्त ऐनको दफा ११ को उपदफा ९ मा […]

विद्यालय वैशाखभर बन्द गर्ने सरकारको निर्णय

काठमाडौं,बैशाख,६-सरकारले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको सहरी विकासमन्त्री प्रभु साहले जानकारी दिनुभयो । उहाँकाअनुसार कोभिड नियन्त्रणसम्बन्धी आदेश जारी समेत भएको छ । त्यस्तै २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय भएको सहरी विकासमन्त्री साहले बताउनुभयो । त्यसैगरि, रात्रिकालीन व्यवसाय, […]

एनआरएनए क्युस्युद्वारा आयोजित जापानिज भाषा वक्तृत्व कलामा कृष्ण पौडेल प्रथम

फुकुओका जापान चैत्र,१६-जापानिज भाषा वक्तृत्व कलामा मियाजाकी केनबाट सहभागी कृष्ण पौडेल प्रथम भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए जापान) क्युस्यु क्षेत्रीय कार्यसमितिको आयोजनामा जापानको क्युस्यु क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको जापानिज भाषालाई प्रोत्साहन दिनको लागि आयोजित प्रतियोगिताको शनिबार भएको अन्तिम प्रतिस्पर्धामा पौडेलले प्रथम स्थान हासिल गरेका हुन् । त्यस्तै किताक्युस्युबाट सहभागी शंकल्प घलान द्वितीय र […]

डोटीको बुडर बजार नजिकै एक शिक्षक मृत फेला

डोटी,फागुन,२०-डोटीको जोरायल गाउँपालिका-२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डमा २७ वर्षीय शिक्षक डम्बर भट्टराई मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार स्थानीय भूमिराज केदार आधारभूत विद्यालय बुडरका शिक्षक भट्टराई मृतावस्थामा फेला परेका छन्। उनका अनुसार घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुडरका […]

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं,माघ,१९-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । यसअघि हिजो बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ । कुल ४ लाख ३३ हजार २ सय ७१ मध्ये बाँकी परिक्षार्थी […]

शिक्षा पत्रकार समूहको शिक्षाबार भर्चुअल सम्बाद-३१

काठमाण्डौं,कात्तिक,६-कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सिकाइ निरन्तरताका लागि कर्णाली प्रदेशमा विशेष सिकाइ विधि आवश्यक रहेकोमा सरोकारवालाहरुले बुधबार जोड दिएका छन्।अरु प्रदेशको तुलनामा कर्णाली प्रदेशमा इन्टरनेट, टेलिभिजन, रेडियोको पहुँच नभएको र शैक्षिक सामग्री भए पनि बालबालिकालाई घरमै पढ्ने वातावरण नभएकाले विशेष विधिको खाँचो औल्याइएको हो । कर्णालीका शैक्षिक सवाल र भावी दिशाबारे शिक्षा पत्रकार समूहले […]

जोखिम कायमै छ, तत्काल विद्यालय नखोलौं : शिक्षामन्त्री

काठमाडौं,असोज,१०-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड-१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गर्नु भएको छ। शिक्षा पत्रकार समाजले शनिवार आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षालयमा संक्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक […]

विद्यार्थीका समस्यामा आधारित भिम गुरुङ संगको अन्तर्वार्ता (जापान)

फुकुओका,जापान,भदौ,१६-विश्वव्यापी फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण विश्वभर लाखौंले ज्यान गुमाई सकेका छन्,भने धेरैले रोजगारी गुमाएका छन्।यतिबेला विश्वको अर्थतन्त्र तहस नहस भएको छ । बेरोजगारीको संख्या ह्वात्तै बढेको छ ।  विशेष गरि यसको सबैभन्दा ठुलो असर विदेशीलाई परेको छ । यो कोराना भाईरसले शिक्षा क्षेत्रमा पनि उत्तिकै नोक्सानी पुर्याएको छ । ईन्टरनेटको पहुॅंच हुने देशले […]

आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक

काठमाडौं,भाद्र,२-एसईई को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हो । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन […]