जापानमा भाषा मात्रै अध्ययन गर्न जानेले अब एनओसी नपाउने

काठमाडौं,चैत्र,२९-जापानमा भाषा मात्रै अध्ययन गर्न आउन चाहानेले अब एनओसी नपाउने भएका छन्। यसअघि जापानमा भाषा अध्ययन गर्न जानका लागि मात्रै पनि विद्यार्थीले एनओसी पाउँदै आएका थिए ।तर अब भाषा पनि डिग्री सम्बन्धित अर्थात शैक्षिक कार्यक्रमसँग जोडिएको भए मात्रै एनओसी पाउने भएका छन् । वैदेशिक अध्ययन अनुमति शाखाले उच्च शिक्षा अध्ययन गर्न जानेहरुका लागि मात्र एनओसी […]

आजदेखि एसईई परीक्षा सुरु

काठमाडौं,चैत्र,१७-आजदेखी माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक तयार पारिएको छ । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन् । परीक्षालाई मर्यादित बनाउन परीक्षा केन्द्र र त्यस वरपरको सुरक्षा […]

एसईई परीक्षा आगामी चैत १७ गतेदेखि शुरु, पहिलो दिन अनिवार्य अंग्रेजी

काठमाडौं,माघ,१४-राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ। परीक्षा बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत १७ गतेदेखि चैत २९ गतेसम्म एसईई परीक्षा सञ्चालन हुने छ। परीक्षा बोर्डका अनुसार चैत १७ गते शुक्रवार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ।परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।  

आज श्रीपञ्चमी:देशभर सरस्वतीको पूजा-आराधना गरि मनाईदै

काठमाण्डौं,माघ,१२-देशभर आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ।हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ। विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ-आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन्। सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको […]

सिन्धुलीमा शिक्षकको कुटपिटपछि छात्राद्वारा आत्महत्या

सिन्धुली,कार्तिक,२२-सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको एक सरकारी विद्यालयका शिक्षकले छात्रालाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि छात्राले आत्महत्या गरेकी छन् । शिक्षकले कुटपिट गरेपछि ग्रामकाली मावि सुनकोशी-६ अमारेकी कक्षा ७ मा अध्ययनरत छात्रा गोमा विकले आत्महत्या गरेकी हुन्। सोही विद्यालयका सामाजिक शिक्षक मिलन दाहालले छात्रा विकले गृहकार्य नगरेको भन्दै विद्यालयको कक्षा कोठामै मरणासन्न हुनेगरी कुटपिट गरेको प्रारम्भिक अनुसन्धानमा […]

जापानको सिओई किन रिजेक्ट हुन्छ ? भिडीयो सहित

टोकियो,जापान,भाद्र,४-नेपाल देखि अध्ययनको लागि पछिल्लो समय नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्य जापान बनेको छ। आफ्नो उच्च शिक्षा हासिल गर्नका लागि अहिले प्राय नेपाली विद्यार्थीले जापानलाई नै रोज्दै आएका छन्। जापान भविश्य सुनिश्चित गर्ने ठुलो सम्भावना भएको देश हुनाले नेपाली विद्यार्थीहरु अध्ययनका लागि आउने गर्दछन्।  आज हामीले हाम्रो युटुब च्यानल डुलुवा (Duluwa) मा राखिएका भिडीयोमा अत्याधिक सोध्नु […]

शिक्षामन्त्री र काठमाडौंका मेयरबीच भेटवार्ता, मेयरले मागे ५० करोड

काठमाडौं,साउन,३-शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा भएको भेटमा मेयर शाहले महानगरपालिकाभित्र भएका ९० वटा विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको जानकारी दिँदै डिजिटल बोर्डको आवश्यकता रहेको बताउनुभयो । मेयर शाहले शिक्षामन्त्री पौडलेसमक्ष बोर्डका लागि ५० करोड रुपैयाँको बजेट व्यवस्था […]

जापानमा ह्याण्ड क्यास काम के हो ? जानीराखौ !!

टोकियो,जापान,आषाढ,२१-शैक्षीक अध्ययनका लागी पछिल्लो समय नेपाल देखि जापान आउने विद्यार्थीको संख्या उल्लेखिय मात्रामा बढेको छ।नेपाली विद्यार्थीको संख्या बढे संगै यहाँ विभिन्न किसिमका समस्या विद्यार्थीलाई देखा परेको छ ।  जापानमा विद्यार्थीको प्रमुख समस्या हो काम, यसै विषयमा आज हामीले जापानमा लामो समय देखि बसोबास गर्दै आउनु भएका डा. भूपाल मान श्रेष्ठ ज्यूले लेख्नु भएको आरुबाईतो अर्थात (ह्याण्ड क्यास […]

बर्दियाको मधुवन ९ मा बृक्षारोपण कार्यक्रम सम्पन्न

बर्दिया,अषाढ,१४-बर्दियाको मधुवन ९ मा आज मंगलबार बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।स्थानिय बुद्दिजिबी विद्यार्थी अभिभावक जनप्रतिनिधि शिक्षक कर्मचारी गरि सय जना बढिको सहभागितामा श्री नेपाल राष्ट्रिय मा बि पुर्णपुर प्राबिधिक शाखाले बिद्यालयको खाली जमिनमा बृक्षारोपण गरेको हो । अषाढ १४ गते राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक थिर बहादुर वलिले बिरुवा रोप्ने मात्रै नभैइ […]

कक्षा १२ को परीक्षा आजदेखि शुरु, ४ लाख १५ हजार परीक्षार्थी सहभागी

भक्तपुर,जेठ,१६-राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ शुरु गरेको छ ।  आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा शुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । यही जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट करीब चार लाख १५ […]