देउवा सरकारमा सहभागी हुने सम्भावित १८ मन्त्री यी हुन्

काठमाण्डौं,असोज,१३-प्रधानमन्त्री बनेको साढे २ महिना भइसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले अझै मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नु भएको छैन। गठबन्धनबाट बनेको सरकार भएकाले विभिन्न प्राविधिक झन्झट तथा भागबन्डा मिलाउँदा मिलाउँदा देउवा हैरान भएका हुन्।  तर गत सोमबार सरकारले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै मन्त्रिमण्डल विस्तार प्रक्रियाले गति लिएको छ। प्रधानमन्त्री देउवानिकट स्रोतका अनुसार मन्त्रिमण्डल विस्तारका लागि मिलाउनुपर्ने […]

सुदूरपश्चिमका ७५ मध्ये ५३ पालिकामा देउवाको वर्चस्व

काठमाण्डौं,असोज,१३-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिमका नौमध्ये आठ जिल्लामा पालिका अधिवेशन सकिएको छ।  क्रियाशील सदस्यता विवाद समाधानमा ढिलाइ भएकाले कैलालीबाहेक आठ जिल्लामा कांग्रेसको गाउँ-नगरपालिका अधिवेशन सकिएको हो। अधिवेशन भएका आठमध्ये तीन जिल्लामा संस्थापन पक्षले र एक जिल्लामा इतर समूहले ‘क्लिन स्वीप’ गरेको छ।  संस्थापनले प्रधानमन्त्रीसमेत रहेका देउवाको गृहजिल्ला डडेल्धुरा, अछाम र डोटीमा इतर […]

मेस्सीको गोल, पीएसजीसँग म्यानचेस्टर सिटी पराजित

काठमाडौं,असोज,१३-यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लव म्यानचेस्टर सिटीलाई हराएको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा इद्रिसा गुईए र लियोनल मेस्सीले एक एक गोल गरे ।घरेलु मैदानमा इद्रिसाले आठौं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका […]

आजबाट १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप दिइने

काठमाडौं,असोज,११-काठमाडौं जिल्लामा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार तीन दिनसम्म चल्ने खोप कार्यक्रममा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइनेछ । खोप प्रदान गर्न काठमाडौंका ११ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम […]

वडादशैंका लागि अग्रिम टिकट बुकिङ आजबाट खुल्यो

काठमाडौं,असोज,११-नेपालीहरुको महान चाड वडादसैंको लागि अग्रिम टिकट बुकिङ आजबाट खुलेको छ । दसैंमा काठमाडौं उपत्यका छोडेर आ आफ्नो थातथलो फर्कनेहरुको लागि टिकट बुकिङ खुलाइएको हो । यातायात व्यवस्था विभागले अग्रिम टिकट अनलाइन वा मोबाइल बैकिङबाट काट्न आग्रह गरेको छ । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार मोबाइलबाट कनेक्ट आईपीएस, खल्ती, ईसेवा जस्ता डिजिटल विधिबाट टिकट खरिद […]

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाण्डौं,असोज,११-प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ।  नयाँ वानेश्वरस्थित संसद भवनमा दिउँसो २ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। संसदको चालु नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ। एमालेको अवरोध र नाराबाजीकैबीच अर्थमन्त्री […]

नेपालले आज ओमानसंग मैत्रीपुर्ण फुटबल खेल्ने

काठमाडौं,असोज,१०-नेपाली राष्ट्रिय फुटबल टिमले आज आइतबार ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ओमानविरुद्ध कतार दोहास्थित कतार युनिभर्सिटीको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छन् ।यस अघि नेपालले […]

छिट्टै सरकारमा जान्छौं-अध्यक्ष नेपाल

काठमाडौं,असोज,९-नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताउनुभएको छ । शनिबार मकवानपुर जिल्लाको सपथ ग्रहण तथा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) छिट्टै सरकारमा सहभागी हुने बताउनुभयो । उहाँले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिँडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशील हुने बताउनुभयो । […]

सुरु भयो कांग्रेसको गाउँ–नगर अधिवेशन, काठमाडौंको १६ गते

काठमाडौं,असोज,९-नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज(शनिबार)बाट गाउँ–नगर अधिवेशन सुरु भएको छ । निर्वाचन कार्यतालिका अनुसार वडाअधिवेशन सम्पन्न भएका जिल्लामा गाउँ–नगर अधिवेशन सुरु भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन सम्पन्न भई अन्तिम मतपरिणाम प्राप्त भएका अधिकांश जिल्लामा पालिका अधिवेशन आरम्भ भएको छ । संघीय राजधानी रहेको जिल्ला काठमाडौंमा वडा अधिवेशन सम्पन्न […]

कांग्रेसको महाधिवेशन एक महिना पछाडि सर्ने संभावना

काठमाडौं,असोज,८-नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको छ । हिजो साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि १३ गतेका लागि तोकिएको महाधिवेशन गर्न नभ्याउने बताउनुभएको हो । हिजो बैठक सुरु गरेर पार्टी सभापति शेरबहादुर देउवा हिड्नुभएको थियो । देउवा हिँडेपछि उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा […]