काठमाडौं,जेठ,११-विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार (२३ मे २०२०) साँझसम्म मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल २, अमेरिका १, कतार […]
ब्यानर न्यूज
नेपालमा थप ३२ जनामा कोरोना संक्रमण, ५४८ जना संक्रमित
काठमाडौं,जेठ,१०-नेपालमा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ । नयाँ थपिएका संक्रमितमा सर्लाही गोडैता र कविलासी नगरपालिकाका १३ जना, कपिलवस्तु वाणगंगा नगरपालिकाका ८ जना र रुपन्देही गैडहवा र रोहिणी गाउँपालिकाका ८ जना रहेका छन् । यसैगरी बारा करैयामाई गाउँपालिकाका १ जना, काठमाडौंका १ जना, चितवन भरतपुर […]
संविधान संशोधन गर्ने सरकारको प्रस्तावमा कांग्रेसले ‘साथ दिने
काठमाडौं,जेठ ९-प्रमुख प्रतीपक्ष दल नेपाली काग्रेसले संविधान संशोधनमा साथ दिने भएको छ।नयाँ नक्सालाई देशको मूल कानुनअनुकूल बनाउन संसद सचिवालयमा शुक्रबार संविधान संशोधनको प्रस्ताव दर्ता भएको थियो । सरकारी प्रस्ताव पारित हुन संसदमा दुईतिहाइ मत चाहिन्छ । जसका लागि प्रमुख विपक्षी दलहरुको सहयोग अपरिहार्य छ ।विपक्षी दलहरुले भने यही मौकामा संविधान संशोधनका लागि सर्त राख्ने रणनीति बनाएका छन् ।भारतबाट […]
नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित
काठमाडौँ,जेठ,९-सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशित भएको छ । शुक्रबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यसलाई राजपत्रमा प्रकाशित गरेको हो । भारतले अतिक्रमण गर्दै आएको लिपुलेक, कालपानी र लिम्पियाधुरालाई समेटेर सरकारले बुधबार नयाँ नक्सा जारी गरेको थियो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज जोशीले मन्त्रीस्तरीय निर्णयबाट नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न […]
पाकिस्तानमा ‘१०७’ जना सवार विमान दुर्घटना
काठमाडौं,जेठ,९-पाकिस्तानमा एक यात्रीवहाक विमान दुर्घटना भएको छ । कराचीमा विमान दुर्घटना भएको हो ।कराची एअरपोर्टमा अवतरण गर्नुअघि विमान दुर्घटना भएको बीबीसीले जनाएको छ । पाकिस्तानको राष्ट्रिय एअरलाइन्स कम्पनी ‘पीआईए’को विमान दुर्घटनामा परेको हो । दुर्घटनास्थलमा कालो धुवाँको मुस्लो उडिरहेको देखिएको छ ।दुर्घटनामा परेकाहरुको स्थितिबारे कुनै सूचना सार्वजनिक गरिएको छैन ।विमानमा ९९ जना यात्री र चालकदलका […]
नेपालमा थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय ७ पुग्यो
काठमाडौं,जेठ,९-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५ सय ७ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार थप २० जनामा कोरोना संक्रमण भएको पेष्टि भएको छ ।यो संगै संक्रमितको संख्या ५ सय ७ सय पुगेको छ । अहिलेसम्म ७० जना डिस्चार्ज र ३ जनाको मृत्यु भएको छ । यस्तै:बाँकेको खजुरास्थित […]
सीमा विवादलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्दैनौंः सरकारका प्रवक्ता डा. खतिवडा
काठमाडौं,जेठ,९-भारतले अतिक्रमण गरेको नेपालको भूभागसम्बन्धि विवादलाई नेपालले तत्काल अन्तर्राष्ट्रियकरण नगर्ने जनाएको छ।भारतसँग कूटनीतिक वार्ताको माध्यमबाट नै आफ्नो जमिन फिर्ता लिने निर्णय गर्दै सरकारले सीमा विवादलाई अहिले नै अन्तर्राष्ट्रियकरण आवश्यक नरहेको निष्कर्ष निकालेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कूटनीतिक वार्ताको माध्यमबाट नै आफ्नो जमिन फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ तथा सूचना एवं […]
निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय
काठमाडौं,बैशाख,९-सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो । अहिले उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन । सरकारले बुधबार भारतले अतिक्रमण […]
गुगलले राख्यो नेपालको नयाँ क्षेत्रफल
काठमाडौं,जेठ,९-गुगलले नेपालको नयाँ क्षेत्रफल देखाएको छ ।नेपालले आधिकारिक रुपमा नेपालको भूभाग लिम्पियाधुरा, कालापनी र लिपुलेकसम्म भएको नक्शा सार्वजनिक गरेसँगै गुगल सर्च इञ्जिनले नेपालको नयाँ क्षेत्रफल देखाउन थालेको हो । गुगलमा एरिया अफ नेपाल भनेर सर्च गर्दा १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर क्षेत्रफल देखाउँछ ।नेपालले गत बुधबार (जेठ ७) मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको […]
मन्त्रिपरिषद बैठक जारी, संविधान संशोधन प्रस्ताव ल्याउँदै
काठमाडौं,जेठ,९-सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले संविधान संशोधनको लागि प्रस्ताव ल्याउने बुझिएको छ । सरकारले यही जेठ ७ गते बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको छ। नयाँ नक्सा कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्र रहेको नेपाली नक्सा पनि परिवर्तन […]




