कांग्रेस नीति प्रतिष्ठानको पूर्ण बैठक : लिपुलेक सडक गम्भीर र आपत्तिजनक

काठमाडौं,जेठ,८-नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पूर्ण बैठकले भारतले एकपक्षीय रुपमा निर्माण गरेको लिपुलेक सडक नेपाल र नेपालीका लागि गम्भीर र आपत्तिजनक भएको बताएको छ।  बिहीबार अनलाइन जुमका माध्यमबाट भएको पूर्ण बैठकले भारतको कदमप्रति आपत्ति जनाएको हो। ‘वर्तमानमा भारतले एकपक्षीय रुपमा निर्माण गरी उद्घाटन गरेको भनिएको र अत्यन्त चर्चामा रहेको लिपुलेक सडकको विषय […]

थप ९ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४ सय ५३ पुग्यो

काठमाडौं,जेठ-८-बिहीबार झापा र रुपन्देहीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । झापामा ८ जना र रुपन्देही १ जना गरि थप ९ जना कोरोना संक्रमित भएको  स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए । संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। […]

रोल्पा अस्पतालको आइसोलेसनमा मृत्यु भएको युवकमा काेरोना नरहेको पुष्टी

काठमाडौं,जेठ,७-रोल्पा जिल्ला अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ।   दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको उनको स्बाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो। आइतबार रातिदेखि रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका ती युवकको सोमबार अपराह्न मृत्यु भएको थियो। उनी मिर्गाैलाका रोगी थिए।

भारतमा एकै दिन ६१ सय कोरोना संक्रमित थपिए, १४६ को मृत्यु

काठमाडौं,जेठ,७-भारतमा एकै दिन ६ हजार भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन्।मंगलबार भारतमा ६ हजार १ सय ४७ जना नयाँ संक्रमित फेला परेका हुन्। यो सँगै भारतमा संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ७५ पुगेको छ। वल्डओमिटरको बुधबार बिहान पौने ९ बजेसम्मको तथ्यांक अनुसार भारतमा मृतकको संख्या ३ हजार ३ सय २ पुगेको […]

वार्षिक नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट बहुमतले पारित

काठमाडौँ,जेठ,६-विपक्षी दलको विरोधका बिच आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।प्रतिनिधिसभाको तथा राष्ट्रिय बैठकमा सत्तारुढ दलको समर्थनमा नीति कार्यक्रम पारित भएको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी लगायतले नीति कार्यक्रमको विपक्षमा मतदान गरे ।  नीति कार्यक्रम पारितअघि प्राप्त पाँचवटा संशोधन प्रस्ताव बहुमतबाट अस्वीकृत भएका थिए […]

नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुग्यो, ३७ जना निको भए

काठमाडौं,जेठ,६-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४०२ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित ‘प्रेस ब्रिफिङ’मा मंगलबार बोल्दै संक्रमितको संख्या र ४०२ पुगेको बताए । मंगलबार २७ जना संक्रमित थपिएका हुन् ।थपिएकाहरु १७ देखि ४२ वर्षका रहेका छन् । जसमा तीनजना महिला हुन् । मंगलबार थपिएका झापाका नौ, कपिलवस्तुका चार, काठमाडौंका तीन, सर्लाहीका […]

शिक्षक संघ चितवनले दियो ३५ जिल्लाका २७० शिक्षकलाई १० दिने आइसिटि तालिम

चितवन,जेठ,६-नेपाल शिक्षक संघ चितवन जिल्ला कार्यसमितिले शिक्षकहरुका लागि १० लिने सूचना प्रविधियुक्त सिकाइ अनलाइन तालिम सञ्चालन गरेको छ । ३५ जिल्लाका २७० शिक्षकहरुले दिनको तीन घण्टाका दरले तालिम लिएका थिए । सोमबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १० दिने तालिमको समापन गर्नु भएको थियो । समापन कार्यक्रममा बोल्दै प्रवक्त शर्माले कोरोना माहामारीले शिक्षकहरुको काँधमा थप […]

भारतले अतिक्रमित गरेको सबै भूभाग सरकारले फिर्ता ल्याउँछः प्रधानमन्त्री केपी ओली

काठमाडौं,जेठ,६-प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमित गरेको सबै भूभाग सरकारले फिर्ता ल्याएरै छाड्नै अठोट व्यक्त गर्नु भएको छ ।  प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिलेको सरकार देखाउने राष्ट्रवादको पक्षमा नभई अनुभूत गर्ने राष्ट्रियताको पक्षमा रहेकैले नीति तथा कार्यक्रममा नेपाली भूमि समेटिएको नक्शा सार्वजनिक गर्ने विषय व्यक्त गरिएको थियो ।’ प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको नेपाली […]

नीति तथा कार्यक्रममाथि सासंदहरुले उठाएका प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं,जेठ,६-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज संसदमा जवाफ दिनुहुनेछ ।नीति तथा कार्यक्रममा दुई दिनसम्म १ सय १८ जना सांसदले भाग लिएका थिए । प्रधानमन्त्रीको जवाफपछि  नीति कार्यक्रममाथि संशोधन निर्णयार्थ पेश गरिनेछ ।विभिन्न राजनीतिक दलका तर्फबाट नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत परेको छ । संशोधनको छिनोफानोपछि नीति तथा कार्यक्रम […]

भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, सोमबार १३१ को मृत्यु

काठमाडौं,जेठ,६-भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ। अहिलेसम्म भारतमा एक लाख तीन सय २८ जना कोरोना संक्रमित भएका वल्डओमिटरले जनाएको छ। सोमबार भारतमा चार हजार ६ सय ३० जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म ३१ सय ५६ जनाको मृत्यु भएको छ। सोमबार मात्रै भारतमा १ सय ३१ जनाले ज्यान गुमाएका छन्। […]