काठमाडौं,फागुन,१९-स्थानीय बजारमा बुधबार सुनको मूल्य पुनः बढेको छ। मंगलबार प्रतितोला एक हजार ७०० ले घटेको सुनको मूल्य आज भने ५०० रुपैयाँ बढेको हो। नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार मंघलबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने ८७ हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ। यस्तै, तेजाबी सुन मंगलबार प्रतितोला ८६ हजार […]
समाचार
नेकपा अध्यक्ष प्रचण्ड र सभामुख सापकोटाले लगाए कोरोना खोप
काठमाडौं,फागुन,१९-नेकपाका अध्यक्ष प्रचण्ड र सभामुख अग्नि सापकोटाले कोरोनाविरुद्ध खोप लगाएका छन्। फागुन २३ गतेदेखि संघीय संसद अधिवेशन सुरु हुन लागेको हुँदा सांसद, पदाधिकारी, कर्मचारी तथा सुरक्षाकर्मी लगायतलाई कोभिड खोप लगाउन सुरु गरिएको हो। बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सांसदलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ। प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका […]
सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो, वार्ता सकारात्मक रहेको भनाइ
काठमाडौं,फागनु,१९-सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुबै पक्षले बैठकमा आ-आफ्नो विषय प्रवेश गराएका छन् । आज औपचारिक शुरुवात बाहेक अरु विषयमा छलफल नभएको बताइएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक रहेको जानकारी […]
सरकार र विप्लव समूहबीच बालुवाटारमा वार्ता जारी
काठमाडौं,फागुन,१९-सरकार र नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहबीच औपचारिक रुपमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भइरहेको स्रोतले जानकारी दिएको छ । वार्ताका लागि विप्लव समूहको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो । उच्च सुरक्षा सतर्कताबीच दुबै समूह अहिले बालुवाटारमा छलफलमा रहेका छन् । वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वमा […]
दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं,फागुन,१८-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको बैठक यहि फागुन २३ गते बस्दैछ।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएको थियो । आगामी […]
सभामुख लगायत सांसदहरुले आजबाट कोरोना खोप लगाउने
काठमाडौं,फागुन,१९-सभामुख अग्नि सापकोटाले कोरोना विरुद्धको खोप लगाउँदै हुनुहुन्छ । सापकोटाले बुधबार बिहान १० बजे सिभिल अस्पताल नयाँ बानेश्वरमा पुगेर कोरोना विरुद्धको खोप लगाउने सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । बुधबार र बिहीबार प्रतिनिधिसभाका सांसदहरु, मर्यादापालक, सुरक्षाकर्मी, संसद सचिवालयका कर्मचारीलगायत सम्पूर्णले खोप लगाउने संसद सचिवालयले जनाएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म […]
बाबुरामको ट्विटमा कमल थापाको रिप्लाई, ‘तपाईंलाई नै प्रधानमन्त्री बनाउने मेरो प्रस्ताव हो’
काठमाडौं,फागुन,१९-राष्ट्रिय प्रजातन्त्र पार्टीका अधयक्ष कमल थापाले डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गर्नु भएको छ । भारतको दिल्लीमा उपचार गराएर फर्कनुभएका भट्टराईको ट्विटको उतर दिँदै थापाले प्रधानमन्त्रीका लागि प्रस्ताव गर्नुभएको हो । ‘भरखरै दिल्लीबाट स्वस्थ भएर फर्कनु भएको तापाईंलाई नै प्रधानमन्त्री बनाऔं भन्ने मेरो प्रस्ताव छ।यसो गरे कसो होला’, थापाले लेख्नुभएको छ । थापाले दिल्लीमा […]
सभामुख सापकोटाले राजनीतिक दलहरुसँग छलफल गर्दै
काठमाडौं,फागुन,१९-सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्दै हुनुहुन्छ । आगामी आइतवार संसद बैठक डाकिएको अवस्थामा सभामुखले राजनीतिक दलहरुसँग बैठकको तयारीबारे परामर्श गर्न लाग्नुभएको हो । यसअघि सभामुख सापकोटा हिजो संसद भवन नयाँ बानेश्वर पुगेर सभाहल र अन्य कक्षहरुको अवलोकन गर्नुभएको थियो । सो क्रममा संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैं सापकोटाले आजदेखि दलहरुसँग […]
विप्लव नेतृत्वको नेकपासंगको वार्ता समिति गठन सकारात्मक : कांग्रेस
काठमाडौं,फागुन,१८-नेपाली कांग्रेसले सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच वार्ताका लागि बनेको वार्ता समितिको स्वागत गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति प्रकाशित गरी ‘कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको’ बताउनुभयो । उहाँले ‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि […]
विश्वकप र एसियन कप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्ध नेपालको खेल अन्योलमा
काठमाडौं,फागुन,१८-फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा अष्ट्रेलियाविरुद्ध खेल्ने भनिएको खेल अन्योलमा परेको छ । छनोट अन्तर्गत नेपालले अष्ट्रेलियासँग दशरथ रंगशालामा मार्च ३० (चैत १७) गते खेल्ने तालिका रहेको छ । तर, एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले कोरोना भाईरसको कारण स्थगित भएको छनोटको बाँकी खेल एकै भेन्युमा गर्ने तयारी गरेपछि […]



