टोकियो,असोज,१५-जापान सरकारले विदेशी नागरिकको बसोबाससम्बन्धी विभिन्न प्रक्रियामा लाग्ने शुल्कमा उल्लेख्य वृद्धि गरेको छ।नयाँ शुल्क संरचना आज अक्टोबर १, २०२६ (बिहीबार) देखि लागू भएको हो। जापानको अध्यागमन सेवा एजेन्सी (ISA) का अनुसार, बसोबासको हैसियत परिवर्तन (Change of Status) वा बसोबास अवधि नवीकरण (Extension of Period of Stay) गर्दा अब स्वीकृत हुने बसोबास अवधिका आधारमा फरक-फरक शुल्क […]
समाचार
इरानसँगको तनाव बढेपछि तेलको मूल्य बढ्यो, प्रतिलिटर कति पुग्यौ
काठमाण्डौं,असोज,९-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम अस्वीकार गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति बढ्न सक्ने चिन्ता पनि बढेको छ।यसको असर विभिन्न देशका सेयर बजारमा समेत परेको छ।इरानले गत साता संयुक्त राष्ट्रसंघको महासभामा सातदिने युद्धविरामको प्रस्ताव अघि सारेको थियो। उक्त प्रस्ताव कार्यान्वयन भए होर्मुज […]
जापानमा क्षत्री समाजद्वारा घटस्थापना तथा क्षत्री दिवस विशेष कार्यक्रम आयोजना हुँदै
टोकियो,असोज,९-नेपालीहरूको महान् पर्व बडादसैँको शुभारम्भ अर्थात् घटस्थापना तथा क्षत्री दिवसको अवसरमा क्षत्री समाज नेपाल जापान शाखाले विशेष भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। समाजले जापानमा रहेका नेपाली समुदायबीच आपसी एकता, सद्भाव, भाइचारा तथा नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। समाजका अनुसार कार्यक्रम […]
नेपाल मगर संघ जापानको ऐतिहासिक साधारण सभा तथा तेस्रो पूर्ण बैठक शिजुओकामा हुदैँ
टोकियो,असोज,९-नेपाल मगर संघ जापान केन्द्रीय समितिले ऐतिहासिक साधारण सभा तथा तेस्रो पूर्ण बैठक आयोजना गर्ने भएको छ। नेपाल मगर संघ जापानले आफ्नो संगठनात्मक गतिविधि, आगामी कार्ययोजना तथा समुदायसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्ने उद्देश्यले साधारण सभा तथा पूर्ण बैठक आयोजना गर्न लागेको हो। संघका अनुसार कार्यक्रम २०२६ अक्टोबर ११ गते आइतबार जापानको शिजुओकामा आयोजना हुनेछ।कार्यक्रम […]
जापानमा नेपाली भलिबलको शाखालाई सक्रिय बनाउनुपर्नेमा अध्यक्ष चन्दको जोड
टोकियो,असोज,९-नागोयामा जारी एसियन गेम्समा सहभागी हुन जापान आउनु भएका नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दसँग जापानमा रहेका विभिन्न १५ वटा संघ-संस्थाका प्रतिनिधिद्धारा टोकियोमा शुक्रबार आयोजित अनौपचारिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ओकुबोस्थिच सोलमारी रेष्टुरेण्टको मुरा हल,शिन्जुकुमा आयोजित कार्यक्रममा जापानमा नेपाली भलिबलको अवस्था, खेलाडीका समस्या, संघ–संस्थाबीचको सहकार्य तथा जापानस्थित नेपाल भलिबल संघको शाखालाई सक्रिय […]
ओकिनावामा आज बृहत् तीज सांस्कृतिक तथा भजन-कीर्तन कार्यक्रम हुँदै
ओकिनावा,भदौ,२९-वैदिक सनातन हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा आज (सेप्टेम्बर १४) तारिख जापानको ओकिनावामा बृहत् तीज सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ। “Team Everest Okinawa” को आयोजनामा हुने उक्त कार्यक्रम दिउँसो ३:०० बजेदेखि साँझ ६:३० बजेसम्म सञ्चालन हुनेछ।कार्यक्रम Makishi Station नजिकै रहेको Union को माथिल्लो तेस्रो तल्लामा आयोजना गरिने आयोजकले जनाएको छ। तीजको मौलिक संस्कृति, […]
आज हरितालिका तिज : देशदेखि परदेशसम्म तीजको उल्लास
काठमाडौं,भदौ,२९-आज हरितालिका तिज मनाईदै। हिन्दु नेपाली महिला दिदिबहिनीहरुको महान चाड अर्थात महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हरितालिका तीज आज नेपालसहित विश्वका विभिन्न देशमा रहेका नेपाली आमा-दिदीबहिनीहरूले श्रद्धा, उत्साह र उमंगका साथ मनाउँदैछन्। तीजको अवसरमा नेपाली महिलाहरूले परम्परागत रातो पहिरन, गरगहना तथा श्रृंगारमा सजिएर शिव-पार्वतीको पूजा-आराधना गर्ने, व्रत बस्ने तथा सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा […]
रसुवा बाढीपीडितका लागि नेपाल मगर संघ जापानद्वारा ३ लाख ५० हजार रुपैयाँ राहत सहयोग
टोकियो,भदौ,२९-नेपाल-चीन सीमावर्ती तिब्बत क्षेत्रबाट रसुवा जिल्लाको ल्हेन्देखोला तथा भोटेकोशी क्षेत्रमा भदौ १० गते बुधबार बिहान आएको विध्वंशक बाढीले व्यापक जनधनको क्षति भएको छ। बाढीले रसुवाको टिमुरे बजार, नुवाकोटको स्याफ्रुबेसी, बेत्रावती र त्रिशूलीका बजार तहसनहस गरेको थियो। उक्त बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने अभियान अहिले देश तथा विदेशमा तीव्र रुपमा चलिरहेको छ। […]
आज बुवाको मुख हेर्ने दिन : जन्मदेखि जीवनभर साथ दिने पिताप्रति सम्मान प्रकट गरिँदै
काठमाडौं,भदौ,२६-नेपाली समाजमा विशेष धार्मिक तथा सांस्कृतिक महत्व बोकेको कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन आज विभिन्न विधि तथा परम्पराअनुसार देश तथा विदेशमा एकै साथ मनाइँदैछ। यस अवसरमा छोराछोरीले आफ्ना बुवालाई मिठा परिकार तथा उपहार प्रदान गर्दै सम्मान र श्रद्धा व्यक्त गर्ने तथा बुवाबाट आशीर्वाद लिने प्रचलन छ। बुवाको प्रत्यक्ष दर्शन गर्न सम्भव नभएकाहरूले फोन […]
रसुवा बाढीपीडितका लागि JRF मार्फत राहत कोषमा रकम पठाउँदा सेप्टेम्बर ३० सम्म सेवा शुल्क नलाग्ने
टोकियो,भदौ,२६-चीनको तिब्बती क्षेत्रमा रहेका जोखिमपूर्ण हिमतालमा आएको पहिरो र त्यसपछिको विस्फोटका कारण रसुवाको ल्हेन्देखोला तथा भोटेकोशी क्षेत्रमा भदौ १० गते बुधबार बिहान आएको विध्वंशक बाढीले जनधनको ठूलो नोक्सानी गरेको थियो। बाढीले रसुवाको टिमुरे बजार, नुवाकोटको स्याफ्रुबेसी, बेत्रावती र त्रिशूलीका बजार तहसनहस गरेको थियो। उक्त बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने अभियान अहिले […]










