जापानमा कोरोनाका कारण एकैदिन १०४ जनाको मृत्यु

जापान,माघ,७-जापानमा कोरोना भाइरस (कोभिड–१९) कारण एकै दिन मंगलबार १०४ जनाको मृत्यु भएको छ । यो संगै जापानमा कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या ४ हजार ७ सय पुगेको हो । मंगलबार मात्र ५ हजार ३ सय २० जना संक्रमित थपिएका छन् । यो संगै जापानमा संक्रमित हुनेको संख्या ३ लाख ४१ हजार ६ सय ९ जना […]

संसद विघटनविरुद्धको मुद्दामाथि आज पनि सुनुवाइ हुने

काठमाडौं,माघ,६-प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि आज पनि सुनुवाइ हुँदैछ।आइतबारदेखि संवैधानिक इजलासमा सुरु भएको मुद्दामा आज पनि सुनुवाई हुन लागेको हो । यसअघि हिजो अधिवक्ता दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरले बहस गर्नुभएको थियो । बहसमा उहाँहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउन प्रतिनिधिसभा विघटन गरेको जिकिर गर्नुभएको थियो । पदका लागि व्यवस्था मास्न नमिल्ने भन्दै अधिवक्ताहरुले प्रतिनिधिसभा पुनःस्थापनाको […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं,माघ,६-नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा आवेदन दिने  मंगलवार अन्तिम दिन रहेको छ । ढिलो अवधि छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्री अवधि तोकिएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द हुन लागेको हो ।  सोमवारसम्म कम्पनीको आईपीओ खरीदका लागि १ दशमलव ८७ गुणा बढी आवेदन परिसकेको छ । विक्री प्रबन्धक […]

चिसोले कठ्याग्रिएर प्रदेश २ मा एक बालक सहित चार जनाको मृत्यु

काठमाडौं,माघ,६-अत्यधिक चिसोका कारण प्रदेश-२ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ । केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ्याग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका पुस यता चार जनाको मृत्यु भएको हो । चिसो र शीतलहरबाट प्रभावित भई सर्लाहीको हरिपूर्वा–४ का २४ वर्षीय रोजाई शेख, सिरहा कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर–१ का […]

भारतमा सुतिरहेका मजदुरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु

काठमाडौं,माघ,६-भारतको गुजरातमा ट्रकले किच्दा मृत्यु हुनेको संख्या १५ पुगेको छ।गुजरात प्रहरीका अनुसार गम्भीर घाइतेमध्ये थप २ जनाको मृत्यु भएपछि मृतकको संख्या १५ पुगेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार कोसम्बा भन्ने स्थानमा सडक छेउ फुटपाथमा सुतिरहेका २० मजदुरमाथि गुडिरहेको ट्रक चढेको हो। ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका बासिन्दा थिए।ट्रकले किचेर १२ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले […]

बेलायतबाट फर्किएका तीन नेपालीमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

काठमाडौं,माघ,५-बेलायतबाट फर्किएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।नयाँ प्रजातिको भाइरस तीव्र रुपमा संक्रामक रहेको अध्ययनले पुष्टि गरिसकेको छ। हङकङस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा गरिएको जिनोम सिक्वेन्सिङमा तीन जनामा सो भाइरसको नयाँ प्रजाति भेटिएको मन्त्रालयका प्रवक्ता प्राध्यापक जागेश्वर गौतले बताउनुभयो। यो भाइरसको प्रजाति पहिलेको भन्दा ७० प्रतिशत बढी संक्रामक मानिन्छ। डब्लुएचओले जनाएअनुसार […]

हुम्लामा ओली र प्रचण्ड-नेपाल पक्षबिच झडप,वडाध्यक्ष घाइते

हुम्ला,माघ,५-सत्तारुढ नेकपाका स्थानीय कार्यकर्ता एक अर्को पक्षमाथि जाइलाग्न थालेका छन् । केन्द्रमा शीर्ष नेताबीच वाकयुद्ध चलिरहेका बेला विभिन्न जिल्लामा बाझाबाझ हुनु त सामान्य नै हो तर हुम्लामा भने कार्यकर्ताबीच कुटाकुट भएको छ।हुम्लामा नेकपा ओलीपक्ष र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो। झडपमा अदानचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते हुनुभएको छ।वडा नम्बर १ को कल्ख्यामा […]

निर्वाचन तयारीका विषयमा राजनीतिक दलहरुसँग आयोगद्वारा छलफल

काठमाडौं,माघ,४-प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधी निर्वाचनमा जाने सरकारको घोषणा पछि निर्वाचन आयोगले पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गरेको छ । आयोगको कार्यालय कान्तिपथमा भएको छलफलमा आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल र केन्द्र लगायतका विषयमा छलफल भएको हो । छलफलमा नेकपा दाहाल–नेपाल समूहको तर्फबाट सहभागि नेता राजेन्द्रप्रसाद पाण्डेले तोकिएको समयमा निर्वाचन […]

केपी ओली सन्की शासक भएको अध्यक्ष नेपालको आरोप

दाङ,माघ,३-नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सन्की शासक भएको आरोप लगाउनुभएको छ । शनिबार दाङको तुलसीपुरमा जिल्ला स्तरीय अगुवा कार्यकता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मैले जे गरे त्यही विधि, संविधान र कानुन भन्ने सन्की शासकका रुपमा ओली प्रस्तुत भइरहेको आरोप लगाउनुभयो । अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई कसैको सुझाव र आलोचनभन्दा प्रसंसा […]

कांग्रेसले गर्यो ७५३ पालिकामा विरोध प्रदर्शन,संविधान बचाएर मात्र निर्वाचनमा जाने अडान

काठमाडौ,माघ,३-प्रतिनिधि सभा विघटनपछि सडक आन्दोलनमा जाने कि मध्यावधि निर्वाचनमा भन्ने विषयमा अलमलमा परेको कांग्रेस चौतर्फी दबाबपछि सडक आन्दोलनलाई नै रोज्यो । पहिलो चरणको सडक आन्दोलन सम्पन्न गरेको कांग्रेस दोस्रो चरणको सडक आन्दोलनको उत्तरार्धमा पुगेको छ । संसद पुनःस्थापना कि निर्वाचन भन्ने विषयमा कांग्रेसभित्र अझै दुईथरी मत भए पनि प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्नेमा एकमत छन् […]