थप १७९०जना संक्रमित,२७९१जना डिस्चार्ज,२४ जनाको मृत्यु

काठमाडौं,मंसिर ९-नेपालमा पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख २४ हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा २७९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।योसँगै नेपालमा […]

ओलीले ल्याउने प्रस्तावले नेकपाको भविष्य निर्धारण गर्छः प्रचण्ड

काठमाडौं,मंसिर,८-नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले ल्याउने जवाफी राजनीतिक प्रस्तावले पार्टीको भविष्य निर्धारण गर्ने बताउनु भएको छ। सोमबार आफूलाई भेट्न खुमलटार निवास पुगेका स्थायी समिति सदस्यहरुसँग प्रचण्डले पार्टीभित्रको विवाद समाधान हुन्छ या अझ चर्किन्छ भन्ने विषय ओलीको प्रस्तावमा निर्भर रहने बताउनुभयो। ‘म लगायतका सचिवालयका बहुमत सदस्य पार्टी एकता रक्षाकै […]

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु, एक युवती घाइते

काठमाडौं,मंसिर,८-पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने उडानमा सँगै रहेकी युवती घाइते भएकी छन्। वडा प्रहरी कार्यालय वैदामले जनाए अनुसार मृत्यु हुनेमा फिस्टेल प्याराग्लाइडिङ कम्पनीका पाइलट राजु गैरे हुन्। पोखरा–२८, कालिका घर भएका २८ वर्षीय पाइलट गैरेले पोखराकै सराङकोटबाट उडाएको ग्लाइडर सोमबार दिउसो १ बजेतिर दुर्घटनामा परेको थियो। ग्लाइडर फेवातालको किनारामा ल्याण्डिङ गर्ने […]

केही तत्व सरकार ढाल्ने खेलमा लागेः प्रधानमन्त्री ओली

ताप्लेजुङ,मंसिर,८-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताले आत्तिएर केही तत्व सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउनुभएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाइ भवनको सोमबार उद्घाटन गर्दै उहाँले समृद्धि नचाहने तत्व सरकारविरुद्ध खनिएको बताउनुभयो । सरकारको राम्रो काम देखेर केही मानिसलाई असह्य भइरहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुँदैछ भन्ने […]

नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान : स्वास्थ्यमन्त्री

काठमाडौं,मंसिर,६-स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान गरिएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहाँले अबको चार महिनामा करिब एक लाख ४८ हजारजनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान रहेको पनि बताउनुभयो । स्वास्थ्यमन्त्री ढकालले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा ‘पीसीआर’ परीक्षण गर्ने नीति लिइएपनि संक्रमण नियन्त्रणमा […]

कैलालीमा राजतन्त्रको माग गर्दै मोटरसाइकल र्‍याली

कैलाली,मंसिर,४-हिन्दुराष्ट्र पुनःस्थापना तथा संवैधानिक राजतन्त्र स्थापनाको माग गर्दै देशभक्त समाजले कैलालीमा बृहत् मोटरसाइकल र्‍याली निकालेको छ । बिहीबार कैलालीको धनगढीबाट सुरु गरिएको र्‍याली कैलालीकै अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोणसभामा परिणत भएको थियो । सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा निस्किएको जुलुस तथा र्‍यालीमा सयौं युवा तथा समर्थकको सहभागिता रहेको थियो । हिन्दुराष्ट्र पुनःस्थापना, संघीयताको खारेजी […]

थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि,१७ जनाको मुत्यु

काठमाडौं,मंसिर,४-नेपालमा बिहीवार थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्म सक्रिय संक्रमितको संख्या २८ हजार १०६ जना रहेका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ […]

आई लिग खेल्न किरण चेम्जोङ ढाकाबाट सीधै भारत

काठमाडौं,मंसिर,४-भारतीय आई लिग खेल्न राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ ढाकाबाट सीधै भारत गएका छन्। पन्जाब फुटबल क्लब (मिनेर्भा पन्जाब) ले किरणसँगको सम्झौता नवीकरण गरेपछि उनी लिगका लागि सीधै भारत पुगेका हुन्। नयाँ सिजनका लागि पन्जाब फुटबल क्लबले प्रशिक्षण सुरु गरिसकेको छ। किरणले सन् २०१८ मा टोलीलाई विजेता बनाइसकेका छन्। नयाँ सिजनका लागि किरण […]

तिहारको मनोवैज्ञानिक पक्ष र महत्त्व : गोपाल ढकाल(मनोविद)

काठमाण्डौं,मंसिर,१-बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौ ।तर यो विषम परिस्थितिमा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परालाई भने जोगाउनु पर्छ । यो […]

तिहारको मुख्य दिन आज भाइटीका लगाइँदै, उत्तम साइत ११:३७ बजे

काठमाडौं,मंसिर,१-प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको यो दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्यको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ […]