संविधान संशोधनमा पार्टीलाई आरोपित गरेकोमा कांग्रेसको आपत्ति

काठमाडौं,जेठ,१४-संसदको प्रतिनिधि सभाले बुधबारको आफ्नो कार्यसूचीबाट संविधान संशोधन सम्बन्धी प्रस्ताव हटाएको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जेठ १४ गतेको बैठकको सूचना र संभावित कार्यसूचीबाट संविधान संशोधन सम्बन्धी प्रस्ताव हटाइएको विषयमा नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकर्षित भएको बताउनुभयो । ‘संविधान संशोधन जस्तो विषयमा सरकार, प्रतिपक्ष […]

नेपालमा एकै दिन १ सय १४ जनामा संक्रमण, संक्रमितको संख्या ८८६ पुग्यो

काठमाडौं,जेठ,१४-नेपालमा बुधबार थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, […]

एशियाली विकास बैंकले दियो नेपाललाई ३० अर्ब ऋण

काठमाडौं,जेठ,१३-एशियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ । मंगलबार एडिबीले उक्त ऋण सहायता स्वीकृत गर्दै सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड–१९का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा यो रकम खर्च हुने जानकारी दिएको हो । प्रतिकूल अवस्थामा […]

नेपाल झण्डै साढे ११ खर्ब ऋणमा, यो वर्षमात्र थपियो ९२ अर्ब, प्रतिव्यक्तिको थाप्लोमा ३८ हजार ३४ रुपैयाँ ऋण

काठमाडौं,जेठ,१३-नेपालको अहिलेसम्म झण्डै साढे ११ खर्ब ऋण रहेको छ।अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको आर्थिक सर्वेक्षण अनुसार नेपाललाई ११ खर्ब ३९ अर्ब ८० करोड ऋण लागेको छ । प्रतिनिधिसभामा मन्त्री खतिवडाले पेश गरेको आर्थिक सर्वेक्षण अनुसार यस वर्ष मात्र नेपाललाई ९१ अर्ब ९० करोड ऋण थपिएको छ । २०७६ असारसम्म कुल तिर्न बाँकी ऋण १० खर्ब […]

नेपालमा थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो

काठमाडौं,जेठ,१३-नेपालमा मंगलबार थप ९० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार  महत्तरीका २,  बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ कोरोना संक्रमित थपिएका हुन् । […]

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं,जेठ,१३-प्रधानमन्त्री केपी ओलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य […]

रुकुम-चौरजहारी घटनाबारे छानबिन गर्न गृहले बनायो समिति

काठमाडौं,जेठ,१३-गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । तीन जनाको मृत्यु र तीन जना अझै बेपत्ता रहेको घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन दिन गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । मंगलबार राष्ट्रियसभामा घटनाबारे जानकारी दिँदै गृहमन्त्री रामबहादुर थापाले छानबिन गर्न समिति बनाइएको बताउनुभयो। गृहमन्त्री […]

चौरजहारी घटना जातीय अहंकारवादको उपज भएको गृहमन्त्री थापाको भनाइ

काठमाडौं,जेठ,१३-गृहमन्त्री रामबहादुर थापाले पश्चिम रुकुमको चौरजहारीमा दलित युवाको हत्या जातीय अहंकारवादको उपज भएको टिप्पणी गर्नुभएको छ। मंगलबार घटनाबारे राष्ट्रिय सभालाई जानकारी दिँदै मन्त्री थापाले सो घटना जातीय अहंकारवादका कारण भएको बताउँदै दोषीलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो। सुरक्षा संयन्त्रबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार १९ जना युवा युवतीलाई ‘भगाउन’ गएको भन्ने खुलेको भन्दै गृहमन्त्री थापाले […]

सुर्खेत जिल्लामा १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,जेठ,१३-सुर्खेत जिल्लामा मंगलबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा वीरेन्द्रनगरका १० र सिम्ता गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो। कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टिनबाट संकलित स्वाब परीक्षण गर्दा १२ रिपोर्ट पोजिटिभ आएको हो। यसअघि सुर्खेतका […]

जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गर्छौंः प्रधानमन्त्री ओली

काठमाडौं,जेठ,१२-प्रधानमन्त्री केपी ओलीले देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण गरिने बताउनु भएको छ । सोमबार साँझ देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एकमात्र प्रयोगशालाबाट शुरु भएको परीक्षण अब सातै प्रदेशमा २० भन्दा बढी प्रयोगशाला स्थापना गरी विस्तार गरिएको बताउनु भएको थियो । ओलीले क्वारेन्टीनको संख्या र गुणस्तर विकास गरिने भन्दै बन्द भएका […]