दोहा,कतार,मंसिर,२९-कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्ने भएको छ । बुधबार राती कतारको अल बेयत रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता फ्रान्सले मोरक्कोलाई हराउदै लगातार दोस्रो पटक विश्वकपमा पुगे संगै यी दुई टोलीको भेट भएको हो । मोरक्कोलाई २-० ले हराउँदै फ्रान्स फाईनलमा प्रवेस गरेको हो।फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल […]
समाज
विश्वकप फुटबल:आज क्वाटरफाइनलका दुई रोमाञ्चक खेलहरु हुने
दोहा कतार,मंसिर,२४-कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका दुई रोमाञ्चक खेलहरु हुँदैछन् । आज शनिवार हुने पहिलो खेलमा मोरोक्को र पोर्चुगल बिच कडा प्रतिस्पर्धा हुनेछ।यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । यसैगरी क्वाटरफाइनलको अर्को रोमाञ्चक खेलमा इंल्याण्ड र साविक विजेता फ्रान्स बिच प्रतिस्पर्धा हुनेछ ।यी दुई टिमको खेल भने […]
विश्वकप फुटबल:आज क्वाटरफाइनलका दुई खेल हुँदै
दोहा कतार,मंसिर,२३-कतारमा जारी फिफा विश्वकप फुटबलमा क्वाटरफाइनलका दुई खेल हुँदैछन् ।आज शुक्रबार हुने पहिलो खेलमा क्रोएसिया र ब्राजील बिच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । अर्को खेलमा नेदरल्यान्ड्स र अर्जेन्टिना बिच प्रतिस्पर्धा हुनेछ ।यी दुई टिमको खेल भने राति पौने १ बजेबाट सुरु हुनेछ । यसैबिच: नेदरल्यान्ड्सका कप्तान […]
तेह्रथुममा लिम्बु समुदायले आज चासोक पर्व हर्षोल्लासका साथ मनाउँदै
तेह्रथुम,मंसिर,२२-पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायले आज (बिहिबार) चासोक पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् । सोहि समुदायलाई प्रकृति पुजको रूपमा लिईन्छ।लिम्बु समुदायको आफ्नै मौलिक पर्वहरू रहेका छन्।मौलिक पर्वहरू मध्ये चासोक तङनाम आर्थत (न्वागीपूजा) पनि एक हो।यो पर्व अन्नबाली पाकेर प्रकृतिलाई चढाउन सुरु भएसँगै चासोक सुरु हुन्छ।खेतबारीमा अन्नबाली लगाउँदा याक्वा गरी अर्थात प्रकृतिलाई अनुमति मागी […]
मूल्य बढेपछि किसान तोरीखेतीतर्फ आकर्षित
नवलपरासी,मंसिर,२२-नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरीखेतीमा आकर्षित भएका छन्।केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको संख्या बढेको हो । तोरीको पकेट क्षेत्र मानिएको यस जिल्लामा अधिकांश स्थानमा अहिले तोरी फुलेको देख्न सकिन्छ।अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरीखेतीतर्फ आकर्षित भएका […]
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना सकियो
काठमाडौं,मंसिर,२१-प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना सकिएको छ।निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको हो । आयोगका अनुसार कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ।जसमा सबैभन्दा धेरै नेकपा (एमाले)ले पाएको छ। एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको आयोगले जनाएको छ ।दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ […]
विश्वकप फुटबल : आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुने
काठमाडौं,मंसिर,२०-कतारमा जारी फिफा विश्वकप फुटबलमा आज मंगलबार प्रि-क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।यी दुई खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ । मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । मोरक्को समूह ’एफ’ को विजेता र स्पेन समूह ’ई’ को उपविजेता बन्दै नकआउट […]
अष्ट्रेलियालाई हराउदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा प्रवेश
काठमाडौं,मंसिर,१८-कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ । कतारको अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लागी कप्तान लियोनल मेस्सी र उतकृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै विश्वकपको नकआउट चरणमा मेस्सीको यो पहिलो गोल […]
चर्चित रेडियो प्रस्तोता महावीर विश्वकर्माको निधन
चितवन,मंसिर,६-रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ।चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना हुँदा विश्वकर्माको निधन भएको हो।चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आएका उनी मंगलबार विहान काठमाडौं फर्कदै थिए । ५ः३० बजेको समयमा राप्ती नगरपालिका ६ हर्दीचोक स्थितमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार बा […]
आज बाला चतुर्दशी पर्व मनाइँदै
काठमाडौं,मंसिर,६-आज मंगलबार बाला चतुर्दशी पर्व मनाइँदै छ । प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका दिन पितृहरुको सम्झनामा हिन्दु धर्माबलम्बीहरुले सतबीज छरेर यो पर्व मनाउने गर्छन् । पशुपतिनाथ लगायत देशका विभिन्न तीर्थस्थलहरुमा मंगलबार बिहानदेखि नै सतबीज छर्ने भक्तजनहरुको भीड लागेको छ । यो पर्वमा भक्तजनहरुको पशुपतिनाथमा विशेष भीड लाग्ने गर्दछ ।



