उपत्यकामा ६३ सहित १४५ जना संक्रमित थपिए

काठमाडौं,चैत,११-नेपालमा पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमित थपिएका छन् ।यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार १ सय ८२ जना सक्रिय संक्रमित छन् ।पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण गर्दा १४५ जनामा कोरोना […]

घरमै होली पर्व मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं,चैत,११-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अनुरोध गरेको छ ।कोरोना संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भन्नुभयो, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली […]

कैलाली अपडेट:प्रहरीको गोली लागी घाइते प्याकुरेललाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

काठमाडौं,चैत,१०-लम्कीमा प्रर्दशनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । गोली लागेर गम्भीर घाइते भएका स्थानीय ३० वर्षीय कृष्ण प्याकुरेललाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो । पेटमा गोली लागेका प्याकुरेललाई कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको हो । यस्तै […]

एक वर्षमा ७ सय ४५ क्षयरोगका बिरामी भेटिए

काठमाडौं,चैत,१०-राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले गत आर्थिक वर्ष २०७६÷७७ मा २७ हजार ७ सय ४५ नयाँ क्षयरोगी भेटिएको जनाएको छ । विश्व क्षयरोग दिवसको अवसरमा केन्द्रले मंगलबार गरेको पत्रकार सम्मेलनमा १ लाख ५५ हजार ३ सय ७१ सम्भावित क्षयरोगीहरूको परीक्षणमा झन्डै २८ हजारमा क्षयरोग देखिएको जनाएको हो । ०७५÷७६ मा भएको प्रिभ्यालेन्स सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक […]

कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुई घाइते

काठमाडौं,चैत,१०-कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्। मंगलबार बिहान बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले शव सडकमा राखेर गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको हो। गोली लागेर २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सञ्जेल घाइते भएका हुन्।उनीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्ज पठाइएको कैलालीका प्रहरी निरीक्षक हिक्मत […]

सभा, गोष्ठी र भीडभाड हुने व्यवसाय नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं,चैत,८-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने व्यवसायका कार्यहरु नगर्नका लागि अनुरोध गरेको छ । केही हप्तादेखि छिमेकी देश विशेषगरी भारतमा कोरोनाको संक्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती गतिविधिहरु नगर्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले आफूहरुले निर्देशन दिन नसक्ने भएकाले सबैमा […]

इन्धनको मूल्य वृद्धि भएसँगै फेरी हवाई भाडा बढ्यो

काठमाडौं,चैत्र,६-नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै फेरी हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा सञ्चालक संघले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जानकारी दिएको छ । संघले शुक्रवार विज्ञप्ति जारी गर्दै संघमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल्लेख गरेको छ । निगमले चैत ३ […]

नेपालमा पुन: कोरोना संक्रमितको संख्या बढ्दै, एकैदिन १२५ जना थपिए

काठमाडौं,चैत ६-नेपालमा पछिल्लो २४ घण्टामा १२५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १६१ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै,पछिल्लो १२३ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको […]

नेपालमा थप ९४ कोरोना संक्रमित, ५५ जना संक्रमणमुक्त

काठमाडौं,चैत,४- नेपालमा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ सय ८१ जनाको पीसीआर परीक्षण गराउँदा ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ ।यस्तै, पछिल्लो २४ घण्टामा ५५ […]

सिन्धुलीमा जीप दुर्घटना : ४ को मृत्यु, ७ जना घाइते

सिन्धुली,चैत ३-सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।घाइते ७ मध्ये २ को अवस्था गम्भीर रहेको सिन्धुली अस्पतालले जनाएको छ । सिन्धुलीमाढीबाट यात्रु लिएर गएको बा १७ च १११७ नम्बरको वोलेरो जीप कमलामाई नगरपालिकाको फेदीमा दुर्घना भएको हो । मृतकहरुको सनाखत भएको छैन ।दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।