७२ हजार केजी अखाद्य चिनी भोलि नष्ट गरिने

बारा,चैत,२२-तस्कर, कर्मचारी र राजनीतिक दलका नेताहरुले एक वर्षदेखि सेवनयोग्य प्रमाणित गर्न चलखेल गरेको ७२ हजार केजी अखाद्य चिनी भोलि नष्ट गरिने भएको छ । एक वर्षदेखि पटक–पटक नमुना परीक्षण गरेर चिनी सेवनयोग्य बनाउने चलखेल गरिएको थियो।राजस्व अनुसन्धान कार्यालय पथलैयाले चौथोपटक पठाएको नमुना परीक्षण गुण नियन्त्रण कार्यालय जनकपुरले सेवन गर्न अयोग्य भनि चैत ६ गते प्रमाणित […]

ओम्नी घोटाला:तत्कालीन स्वास्थ्यमन्त्री ढकाललाई कारबाही गर्न सिफारिस

काठमाण्डौं,चैत,२०-कोभिड-१९ रोगको माहामारी फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप तनाव बढेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ओम्नीमार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा खरिद प्रक्रिया नै गलत भएको ठहर गर्दै सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकले अख्तियार दुरुपायेग […]

सात बालिका फेला परेपछि नेपाल प्रहरीको टोली भारततर्फ

महोत्तरी,चैत,१८-भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराएका सात बालिका भारतको सितामढीमा सुरक्षित फेला परेपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ । मंगलबारदेखि बेपत्ता भङ्गाहा नगरपालिका ८ धरमपुरकी सात दलित बालिका बेपत्ता भएका थिए।समूहमै घास काट्न गएका उनीहरू अबेर राती सम्म घर नफर्केपछि खोजीकार्य तीव्र पारिएको थियो । सामाजिक अभियन्ता सरोज रायले फेसबुकमा पोस्ट मार्फत सातै बालिका […]

नेपालमा थप १४१ जना कोरोना संक्रमित, ८२ संक्रमणमुक्त

काठमाडौं,चैत,१६-नेपालमा पछिल्लो २४ घण्टामा १४१ जना कोरोना संक्रमित थपिएका छन् ।३ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९८० पुगेको छ ।पछिल्लो २४ घण्टामा ८२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार […]

थ्री नेसन्स कप:आज नेपाल र बंगलादेश बिच फाईनल खेल

काठमाडौं,चैत्र,१६-थ्री नेसन्स कपको फाइनल खेल आज नेपाल र बंगलादेश बिच हुँदैछ।थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशको सामना गर्दैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५:३० बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताउनु […]

मेलम्चीको पानी उपभोक्ताको धारामा झर्‍यो (यस्तो छ पानी वितरण तालिका)

काठमाडौं,चैत,१५-काठमाडौंवासीका लागि सपना बनेको मेलम्चीको पानी विपनामा परिणत भएको छ।आइतबार काठमाडौंको महाँकालचौरस्थित पुरानो पानीपोखरीबाट उपभोक्ताको घरका धारामा पानी खसालेर एउटा बहुप्रतिक्षित योजनाको परिणाम जनताका बीचमा पुर्‍याइएको हो । उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले पानी वितरणको शुभारम्भ गर्नुभएको हो । हाल पुराना पानीपोखरीहरुमा सिन्धुपाल्चोकको मेलम्चीबाट […]

कोराेनाबाट विदेशमा ३ सय ४५ जना नेपालीको निधन

काठमाडौं,चैत,१५-कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जनाको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो । गैरआवासीय नेपाली संघ -एनआरएनएका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म […]

आज फागु पूर्णिमा अर्थात होली पर्व उल्लासपूर्वक मनाइदैं

काठमाडौं,चैत्र,१५-काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइंदै छ । फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर होली मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र […]

देशभरका ५ सय २३ स्थानमा डढेलो, एकै जिल्लाको ६० ठाउँ सखाप

काठमाडौं,चैत,१४-चैत महिना लागेसँगै देशैभर ५६ जिल्लाका ५ सय २३ स्थानमा डढेलो लागेको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याङ्क अनुसार अहिले ५६ जिल्लाका पाँच सय २३ ठाउँमा डढेलो लागेको हो । पर्सामा मात्र ६० ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ भने मकवानपुरमा ४१, चितवनमा २७ र नवलपुरमा २६ ठाउँमा डढेलो […]

सुदूरपश्चिममा होलीको रौनक सुरू,पाँच दिन मनाइन्छ रुपाली होली

कञ्चनपुर,चैत,१४-सुदूरपश्चिममा कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लामा पाँच दिनसम्म होली मनाइने गरिएको छ ।पहाड र तराईमा गरी दुई दिन मात्रै होली मनाउने गरिए पनि सुदूरपश्चिमको रुपालमा भने फागुन शुक्ल एकादशीका दिनबाट सुरु भएर फागु पूर्णिमाको दिन होली मनाउने गरिन्छ । पछिल्लो समय बसाईसराईका कारण कञ्चनपुरमा पनि रुपाली होलीको रौनक बढेको छ । पहिले सुदूरपश्चिमको डडेल्धुराको रुपालमा […]