काठमाडौं,चैत,१५-काठमाडौंवासीका लागि सपना बनेको मेलम्चीको पानी विपनामा परिणत भएको छ।आइतबार काठमाडौंको महाँकालचौरस्थित पुरानो पानीपोखरीबाट उपभोक्ताको घरका धारामा पानी खसालेर एउटा बहुप्रतिक्षित योजनाको परिणाम जनताका बीचमा पुर्याइएको हो । उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले पानी वितरणको शुभारम्भ गर्नुभएको हो । हाल पुराना पानीपोखरीहरुमा सिन्धुपाल्चोकको मेलम्चीबाट […]
समाज
कोराेनाबाट विदेशमा ३ सय ४५ जना नेपालीको निधन
काठमाडौं,चैत,१५-कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जनाको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो । गैरआवासीय नेपाली संघ -एनआरएनएका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म […]
आज फागु पूर्णिमा अर्थात होली पर्व उल्लासपूर्वक मनाइदैं
काठमाडौं,चैत्र,१५-काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइंदै छ । फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर होली मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र […]
देशभरका ५ सय २३ स्थानमा डढेलो, एकै जिल्लाको ६० ठाउँ सखाप
काठमाडौं,चैत,१४-चैत महिना लागेसँगै देशैभर ५६ जिल्लाका ५ सय २३ स्थानमा डढेलो लागेको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याङ्क अनुसार अहिले ५६ जिल्लाका पाँच सय २३ ठाउँमा डढेलो लागेको हो । पर्सामा मात्र ६० ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ भने मकवानपुरमा ४१, चितवनमा २७ र नवलपुरमा २६ ठाउँमा डढेलो […]
सुदूरपश्चिममा होलीको रौनक सुरू,पाँच दिन मनाइन्छ रुपाली होली
कञ्चनपुर,चैत,१४-सुदूरपश्चिममा कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लामा पाँच दिनसम्म होली मनाइने गरिएको छ ।पहाड र तराईमा गरी दुई दिन मात्रै होली मनाउने गरिए पनि सुदूरपश्चिमको रुपालमा भने फागुन शुक्ल एकादशीका दिनबाट सुरु भएर फागु पूर्णिमाको दिन होली मनाउने गरिन्छ । पछिल्लो समय बसाईसराईका कारण कञ्चनपुरमा पनि रुपाली होलीको रौनक बढेको छ । पहिले सुदूरपश्चिमको डडेल्धुराको रुपालमा […]
नवीन्द्रराज जोशीको पार्थिव शरीर कांग्रेसको केन्द्रीय कार्यालयमा राखिँदै
काठमाडौं,चैत,१४-आज (शनिबार) नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै छ। पार्टी केन्द्रीय कार्यालय (सानेपा)मा बस्ने बैठकमा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरिने कांग्रेसले जनाएको छ। मस्तिष्काघात भएपछि नर्भिक अस्पतालमा उपचारत नेता जोशीको शुक्रबार राति निधन भएको थियो। श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर मध्याह्न १२ बजेदेखि दिउँसो बजेसम्म पार्टीको केन्द्रीय […]
त्री-देशीय फुटबल : आज नेपालले किर्गिस्तान संग भिड्ने
काठमाण्डौं,चैत्र,१२-अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको त्री-देशीय फुटबल प्रतियोगिताको दोस्रो खेल नेपाल र किर्गिस्तान बिच प्रतिस्प्रर्धा गर्दैछन्।आज दशरथ रंगशालामा हुने उक्त खेल साझको ५:३० बजे देखि सुरू हुनेछ। नेपालका लागि कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्नेछन् भने किर्गिस्ताका लागि टोकोताईभ ईर्झानको कप्तानी रहेको छ। नेपालले हाल सम्म किर्गिस्तानसँग दुई पटक खेलिसकेका छन्। २० मार्च […]
नयाँ वर्षको उपलक्ष्यमा जेआरएफद्धारा फोटो कन्टेस्टको आयोजना
फुकुओका,जापान,चैत्र,१२-आउदै गरेको नयाँ वर्ष २०७८ सालको पावन अवसरमा जापान रेमिट फाईनान्स (JRF) ले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत फोटो कन्टेस्ट (PHOTO CONTEST)२०२१ को आयोजना गरेको छ। उक्त प्रतियोगितामा जापान भरी रहनुभएका इच्छुक महानुभावहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।सहभागी हुन चाहाने ईच्छुक व्यक्तीको फोटो संकलन यहि फाल्गुन २७ गते बिहिबार अर्थात (मार्च ११) तारिख देखि सुरु […]
अब खोप प्राप्त भएपछि मात्र लगाउछौं: प्रवक्ता गौतम
काठमाडौं,चैत,११-५५ वर्ष माथिका व्यक्तिमा खोप लगाउने अभियानको उद्घोष गरेको सरकारले पहिलो कार्यक्रममा ६५ वर्ष माथिका व्यक्तिलाई मात्र खोप लगायो । त्यसपछि चैत्र ४ बाट ५५ देखि ६४ वर्ष सम्मका व्यक्तिलाई खोप लगाउने सूचना निकालेको थियो । तर, दोस्रो कार्यक्रम सुरु गर्ने अघिल्लो दिन खोपको अभाव देखाउँदै कार्यक्रम नै स्थगित गरियो । त्यसको सूचनासमेत स्वास्थ्य मन्त्रालयले […]
आयोजनाको पूर्वतयारी गरेपछि मात्रै ठेक्का लगाउन कडाई गर्न निर्देशन
काठमाडौं, चैत ११-प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन यसअघि दिइएको निर्देशनलाई कडाईका साथ कार्यान्वयन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकमा हनुमन्ते कोरिडोरको हालसम्मको कार्य प्रगतिको सम्बन्धमा छलफल गरेपछि समितिले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । हनुमन्ते कोरिडोरको निर्माण कार्यमा उल्लेख्य प्रगति भएको देखिए […]



