कर्णाली पुलबाट हाम फालेका ३ जनामध्ये एक किशोर बेपत्ता

कैलाली,चैत,२९-पुर्व पश्चिम राजमार्गको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेका तीन जनामध्ये एक किशोर बेपत्ता भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन् । उनीसँगै नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका वडा नम्बर १ का १८ वर्षीय लोकेश प्याकुरेल घाइते छन् । उनी हाम फालेको केही समयमै […]

चीनले अनुदानमा दिएको खोप आजदेखि लगाउन सुरु

काठमाडौं,चैत,२५-सरकारले चीनबाट अनुदानमा ल्याएको कोरोना भाइरसविरुद्धको खोप आजदेखि सर्वसाधारणलाई लगाउँदैछ । स्वास्थ्य मन्त्रालयका अनुसार चिनबाट प्राप्त ८ लाख डोज खोप १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइनेछ । मन्त्रालयका अनुसार ८ लाख डोज खोप काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लाका २३ वटा खोप केन्द्रबाट दिइने छ । खोप १८ […]

भारतीय तस्कर र नेपालका प्रहरीबीच गोली हानाहान

काठमाडौं,चैत,२४-कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल-भारत सीमा नाकामा सोमबार साँझ लागूऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ। सीमा क्षेत्रमा ठूलो मात्रामा लागूऔषध भित्रिन लागेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब निरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर […]

स्वतन्त्र पत्रकार संघ बाँके शाखाको तेश्रो अधिबेशन सम्पन्न

बाँके,चैत,२३-स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा बाँकेको तेश्रो अधिबेशन नेपालगन्जमा सम्पन्न भएको छ । स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय पार्सद तथा पूर्व महासचिब नवराज पहाडीको प्रमुख आतिथ्यतामा भएको अधिबेशनमा बोल्दै पहाडीले स्वतन्त्र पत्रकारिता अहिलेको आवश्यक रहेको बताउनुभयो । उहाँले कहिले पनि सञ्चारकर्मी पूर्वाग्रहरी हुन नहुने भन्दै पत्रकारितामा मौलाएको बिकृती अन्त्य गर्न स्वतन्त्र पत्रकारहरुको सक्रियता जरुरी […]

नेपालमा १७६ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं,चैत,२२-नेपालमा कोरोना भाइरसका संक्रमित बढेका छन् ।आइतबार १७६ जना नयाँ संक्रमित थपिएका छन् । ३४ सय ५६ जनाको पीसीआर परीक्षण भएकामा १७६ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।थपिएकामा काठमाडौंका ८७, कास्कीका २४, ललितपुरका ८, तथा भक्तपुरका ४ जना हुन् । बागलुङ, पाल्पा र मोरङ्गका समान ६ जनामा संक्रमण देखिएको छ ।योसँगै […]

७२ हजार केजी अखाद्य चिनी भोलि नष्ट गरिने

बारा,चैत,२२-तस्कर, कर्मचारी र राजनीतिक दलका नेताहरुले एक वर्षदेखि सेवनयोग्य प्रमाणित गर्न चलखेल गरेको ७२ हजार केजी अखाद्य चिनी भोलि नष्ट गरिने भएको छ । एक वर्षदेखि पटक–पटक नमुना परीक्षण गरेर चिनी सेवनयोग्य बनाउने चलखेल गरिएको थियो।राजस्व अनुसन्धान कार्यालय पथलैयाले चौथोपटक पठाएको नमुना परीक्षण गुण नियन्त्रण कार्यालय जनकपुरले सेवन गर्न अयोग्य भनि चैत ६ गते प्रमाणित […]

ओम्नी घोटाला:तत्कालीन स्वास्थ्यमन्त्री ढकाललाई कारबाही गर्न सिफारिस

काठमाण्डौं,चैत,२०-कोभिड-१९ रोगको माहामारी फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप तनाव बढेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ओम्नीमार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा खरिद प्रक्रिया नै गलत भएको ठहर गर्दै सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकले अख्तियार दुरुपायेग […]

सात बालिका फेला परेपछि नेपाल प्रहरीको टोली भारततर्फ

महोत्तरी,चैत,१८-भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराएका सात बालिका भारतको सितामढीमा सुरक्षित फेला परेपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ । मंगलबारदेखि बेपत्ता भङ्गाहा नगरपालिका ८ धरमपुरकी सात दलित बालिका बेपत्ता भएका थिए।समूहमै घास काट्न गएका उनीहरू अबेर राती सम्म घर नफर्केपछि खोजीकार्य तीव्र पारिएको थियो । सामाजिक अभियन्ता सरोज रायले फेसबुकमा पोस्ट मार्फत सातै बालिका […]

नेपालमा थप १४१ जना कोरोना संक्रमित, ८२ संक्रमणमुक्त

काठमाडौं,चैत,१६-नेपालमा पछिल्लो २४ घण्टामा १४१ जना कोरोना संक्रमित थपिएका छन् ।३ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९८० पुगेको छ ।पछिल्लो २४ घण्टामा ८२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार […]

थ्री नेसन्स कप:आज नेपाल र बंगलादेश बिच फाईनल खेल

काठमाडौं,चैत्र,१६-थ्री नेसन्स कपको फाइनल खेल आज नेपाल र बंगलादेश बिच हुँदैछ।थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशको सामना गर्दैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५:३० बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताउनु […]