गृह मन्त्रालयको अपिल : अति आवश्यक नपरी घरबाट ननिस्कनू

काठमाडौं,बैशाख,१७-गृह मन्त्रालयले निषेधाज्ञा जारी भएका जिल्लाका नागरिकलाई अति आवश्यक नपरी घरबाट ननिस्कन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी निषेध आदेश जारी भएका स्थानमा अत्यावश्यकबाहेकका आवागमनमा रोक लगाइएकाले निषेधाज्ञा अवधिभर अति जरुरी नपरी घरबाट ननिस्कन तथा यात्रा नगर्न सम्बन्धित सबैमा अपिल गरेको हो। मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘कोभिड–१९ को दोस्रो लहरको […]

कलंकीलाई केन्द्रबिन्दु बनाएर काठमाडौंमा भूकम्प

काठमाडौं,बैशाख,१५-काठमाडौंमा भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका अनुसार कलंकीलाई केन्द्रबिन्दु बनाएर मंगलबार मध्यराति भूकम्प गएको हो। मंगलबार राति १ बजेर ५९ मिनेटमा ३.५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जानकारी दियो ।

नेपालमा एकैदिन १८ जनाको मृत्यु, थप ४५ सय २४ जनामा कोरोना संक्रमण

काठमाडौं,बैशाख,१४-नेपालमा कोरोनाबाट एकैदिन १८ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको हो । यो मृत्युसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ । सोही अवधिमा १४ हजार ६ सय ७२ जनामा गरिएको पीसीआर परीक्षणमा ४३ […]

कैलाली र कञ्चनपुरमा एक साताका लागि निषेधाज्ञा जारी

कैलाली,बैशाख,१४-कोरोना संक्रमण तीब्र रुपमा फैलिँदै गएपछि कञ्चनपुर र कैलालीमा बिहीबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दुवै जिल्ला प्रशासन कार्यालयले बिहीवारदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हुन्। कोरोना संक्रमण र त्यसका कारण मृत्यु बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी भएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी […]

बाँकेमा संक्रमण भयावह,पोजिटिभिटी दर ७५ प्रतिशत

काठमाडौं,बैशाख,१३-बाँके जिल्लामा कोरोना संक्रमणले भयावह रुप लिएको छ। संक्रमितको ठूलो हिस्सा सिकिस्त हुँदा अस्पतालका बेड भरिभराउ भएका छन्।जिल्लामा हाल २ हजार ४०८ सक्रिय संक्रमित छन्। शनिबारमात्रै ४५४ जनाको परीक्षण हुँदा ३४३ जनामा संक्रमण पुष्टि भएको थियो। भेरी अस्पताल नेपालगञ्जमा रहेका २०३ संक्रमितमध्ये ६८ जना सिकिस्त रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको तथ्यांकमा उल्लेख छ। यस्तै […]

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बन्द

काठमाडौ,बैशाख,१२-बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका सेवा बन्द भएका छन् ।अस्पतालमा कार्यरत कर्मचारीहरुमा कोरोना देखिएपछि अस्पतालका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएका हुन् । कर्मचारीको पीसीआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।अस्पताल प्रशासनले सूचना निकालेर आजदेखि वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गर्ने उल्लेख गरेको छ । बिरामीलाई […]

गोरखा महाभूकम्प गएको ६ वर्ष पूरा, निजी आवास पुननिर्माण ९३ प्रतिशत सम्पन्न

काठमाडौं,बैशाख,१२-नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको आज बैशाख १२ गतेवाट ६ बर्ष पूरा भएको छ । ६ बर्ष अघि आजैको दिन बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो ।१८ हजारभन्दा बढीलाई घाइते बनाएको यो दिन निक्कै दुःखदायी र […]

नेपालमा थप २५५९ जना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं,बैशाख,१०-नेपालमा पछिल्लो २४ घण्टामा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो।थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै ९४० जना हुन् । काठमाडौंका ७६०, ललितपुरका १०६ र भक्तपुरका ७४ जना थपिएका छन् ।योसँगै नेपालमा […]

आज चैते दशैं,नवदुर्गा भवानीको पूजा गरी मनाइँदै

काठमाडौं,बैशाख,७-नवदुर्गा भवानीको पूजा आराधना गरी आज चैते दशैं पर्व मनाइँदैछ।प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन यो पर्व बनाउने गरिन्छ । चैते दशैंमा हनुमानढोकाको दशैं घरमा घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई […]

विद्यालय वैशाखभर बन्द गर्ने सरकारको निर्णय

काठमाडौं,बैशाख,६-सरकारले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको सहरी विकासमन्त्री प्रभु साहले जानकारी दिनुभयो । उहाँकाअनुसार कोभिड नियन्त्रणसम्बन्धी आदेश जारी समेत भएको छ । त्यस्तै २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय भएको सहरी विकासमन्त्री साहले बताउनुभयो । त्यसैगरि, रात्रिकालीन व्यवसाय, […]