काठमाडौं,बैशाख,२४-नेपालमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ९ हजार १ सय ९६ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९ सय ८७ पीसीआर परीक्षणबाट ९ हजार २३ तथा ४ सय ९५ एन्टिजेन परीक्षणबाट १ सय ७३ संक्रमित पुष्टि भएका हुन् । यसअघि हिजो ९ हजार ७० जना संक्रमित थपिँदा ५४ जनाको […]
समाज
सुदूरपश्चिममा एकै दिन १२ जना संक्रमितको मृत्यु
कैलाली,बैशाख,२३-कैलाली र कञ्चनपुरमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । महेन्द्रनगरको महाकाली अस्पतालमा आठ र धनगढीको सेती प्रादेशिक अस्पतालमा चार जना गरी एकै दिन १२ जनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका ६ जना, दोधारचाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका एक/एक जनाको मृत्यु […]
नेपालमा एकैदिन ९ हजार ७० जना कोरोना संक्रमित,५४ जनाको मृत्यु
काठमाडौं,बैशाख,२३-नेपालका एकैदिन ९ हजार ७० जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा गरिएको २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । परीक्षण गरिएकामध्ये ४४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।संक्रमणबाट पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको […]
नेपालमा ८ हजार ६५९ जना कोरोना संक्रमित थपिए, ५८ जनाको मृत्यु
काठमाडौं,बैशाख,२२-कोरोना भाइरसबाट नेपालमा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार कोरोनाबाट ५८ जनाको मृत्यु भएको बताएको हो । यसअघि मंगलबार ५५ जनाको मृत्यु भएको थियो । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ सय ७५ पुगेको छ । त्यसैगरी बुधबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । बुधबार […]
अण्डाको मूल्य अहिले सम्मकै उच्च
काठमाण्डौं,वैशाख,२१-अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ ।रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ। नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार मंगलवारदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० ओटाको) ३७० रुपैयाँ र मिडियमको ३४० रुपैयाँ पुगेको छ।यसअघिको मूल्यमा […]
घोषणामै सीमित जोखिम भत्ता,पहिलो चरणकै भत्ता नपाएको स्वास्थ्यकर्मीको गुनासो
काठमाडौं,बैशाख,२१-कोरोना संक्रमण महामारीको बेला अग्रमोर्चामा खटिनेहरूलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा कार्यान्वयन हुनेमा शंका गर्न थालिएको छ । कोरोना महामारीको पहिलो लहरका बेला ज्यान हत्केलामा राखेर खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई शतप्रतिशत जोखिम भत्ता दिने सरकारी प्रतिबद्धता कार्यान्वयन हुन नसकेको तीतो यथार्थताले आशंका उब्जाएको हो । कुरा गर्ने, काम नगर्ने […]
नेपालमा कोरोनाबाट एकैदिन ५५ जनाको मृत्यु,७ हजार ६६० जना संक्रमित
काठमाडौं,बैशाख,२१-कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो । यसअघि एकदिनमा सबैभन्दा धेरै ३७ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा […]
उपत्यकामा मात्रै सेनाद्वारा १७ सय ६४ कोरोना संक्रमितको शव व्यवस्थापन
काठमाडौं,बैशाख,२०-नेपाली सेनाले उपत्यकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु भएका १ हजार ७ सय ६४ जनाको शव व्यवस्थापन गरेको छ। सैनीक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार गतवर्ष जेठदेखि वैशाख २० गतेसम्ममा सो संख्यामा शव व्यवस्थापन गरेको हो। सुरुमा विद्युतीय शवदाह गृहमा मात्रै शव व्यवस्थापन गर्दै आएको सेनाले पछिल्ला समय मृतकको संख्या बढ्दै गएपछि वागमती किनारमा चिता बनाएर […]
सोमबार मध्यरातिदेखि आन्तरिक, बुधबारदेखि अन्तर्राष्ट्रिय उडान बन्द हुने
काठमाडौं,बैशाख,१९-सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार रातिदेखि आन्तरिक र बुधबार मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो। सबै खालका उडान हाललाई वैशाख मसान्तसम्म बन्द हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। यसबीचमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि भने अनुमति दिने निर्णय गरेको छ। यसअघि आइतबार […]
नेपालमा एकैदिन ५ हजार ७६३ जना कोरोना संक्रमित , १९ जनाको मृत्यु
काठमाडौं,बैशाख,१८-नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ ।योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २४९५ जना संक्रमित थपिएका छन् ।जसमध्य […]








