काठमाडौं,बैशाख,२२-कोरोना भाइरसबाट नेपालमा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार कोरोनाबाट ५८ जनाको मृत्यु भएको बताएको हो । यसअघि मंगलबार ५५ जनाको मृत्यु भएको थियो । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ सय ७५ पुगेको छ । त्यसैगरी बुधबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । बुधबार […]
समाज
अण्डाको मूल्य अहिले सम्मकै उच्च
काठमाण्डौं,वैशाख,२१-अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ ।रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ। नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार मंगलवारदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० ओटाको) ३७० रुपैयाँ र मिडियमको ३४० रुपैयाँ पुगेको छ।यसअघिको मूल्यमा […]
घोषणामै सीमित जोखिम भत्ता,पहिलो चरणकै भत्ता नपाएको स्वास्थ्यकर्मीको गुनासो
काठमाडौं,बैशाख,२१-कोरोना संक्रमण महामारीको बेला अग्रमोर्चामा खटिनेहरूलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा कार्यान्वयन हुनेमा शंका गर्न थालिएको छ । कोरोना महामारीको पहिलो लहरका बेला ज्यान हत्केलामा राखेर खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई शतप्रतिशत जोखिम भत्ता दिने सरकारी प्रतिबद्धता कार्यान्वयन हुन नसकेको तीतो यथार्थताले आशंका उब्जाएको हो । कुरा गर्ने, काम नगर्ने […]
नेपालमा कोरोनाबाट एकैदिन ५५ जनाको मृत्यु,७ हजार ६६० जना संक्रमित
काठमाडौं,बैशाख,२१-कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो । यसअघि एकदिनमा सबैभन्दा धेरै ३७ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा […]
उपत्यकामा मात्रै सेनाद्वारा १७ सय ६४ कोरोना संक्रमितको शव व्यवस्थापन
काठमाडौं,बैशाख,२०-नेपाली सेनाले उपत्यकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु भएका १ हजार ७ सय ६४ जनाको शव व्यवस्थापन गरेको छ। सैनीक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार गतवर्ष जेठदेखि वैशाख २० गतेसम्ममा सो संख्यामा शव व्यवस्थापन गरेको हो। सुरुमा विद्युतीय शवदाह गृहमा मात्रै शव व्यवस्थापन गर्दै आएको सेनाले पछिल्ला समय मृतकको संख्या बढ्दै गएपछि वागमती किनारमा चिता बनाएर […]
सोमबार मध्यरातिदेखि आन्तरिक, बुधबारदेखि अन्तर्राष्ट्रिय उडान बन्द हुने
काठमाडौं,बैशाख,१९-सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार रातिदेखि आन्तरिक र बुधबार मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो। सबै खालका उडान हाललाई वैशाख मसान्तसम्म बन्द हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। यसबीचमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि भने अनुमति दिने निर्णय गरेको छ। यसअघि आइतबार […]
नेपालमा एकैदिन ५ हजार ७६३ जना कोरोना संक्रमित , १९ जनाको मृत्यु
काठमाडौं,बैशाख,१८-नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ ।योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २४९५ जना संक्रमित थपिएका छन् ।जसमध्य […]
गृह मन्त्रालयको अपिल : अति आवश्यक नपरी घरबाट ननिस्कनू
काठमाडौं,बैशाख,१७-गृह मन्त्रालयले निषेधाज्ञा जारी भएका जिल्लाका नागरिकलाई अति आवश्यक नपरी घरबाट ननिस्कन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी निषेध आदेश जारी भएका स्थानमा अत्यावश्यकबाहेकका आवागमनमा रोक लगाइएकाले निषेधाज्ञा अवधिभर अति जरुरी नपरी घरबाट ननिस्कन तथा यात्रा नगर्न सम्बन्धित सबैमा अपिल गरेको हो। मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘कोभिड–१९ को दोस्रो लहरको […]
कलंकीलाई केन्द्रबिन्दु बनाएर काठमाडौंमा भूकम्प
काठमाडौं,बैशाख,१५-काठमाडौंमा भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका अनुसार कलंकीलाई केन्द्रबिन्दु बनाएर मंगलबार मध्यराति भूकम्प गएको हो। मंगलबार राति १ बजेर ५९ मिनेटमा ३.५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जानकारी दियो ।
नेपालमा एकैदिन १८ जनाको मृत्यु, थप ४५ सय २४ जनामा कोरोना संक्रमण
काठमाडौं,बैशाख,१४-नेपालमा कोरोनाबाट एकैदिन १८ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको हो । यो मृत्युसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ । सोही अवधिमा १४ हजार ६ सय ७२ जनामा गरिएको पीसीआर परीक्षणमा ४३ […]








