आज आमाको मुख हेर्ने दिन,कोरोनाका कारण वचनबाटै आमालाई खुशी बनाउदै

काठमाडौं,बैशाख,२८-आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी।वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ । आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । यस […]

नेपालमा एकैदिन १ सय ३९ जनाको मृत्यु, थप ९२ सय ७१ संक्रमित

काठमाडौं बैशाख,२७-नेपालमा एकैदिन १ सय ३९ जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणअुनसार एकैदिन १ सय ३९ जनाको मृत्यु भएको हो । यो तथ्याङ्क सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड-१९ शव व्यवस्थापन तथ्याङ्कको आधारमा मृत्यु भएकाहरूको थप तथ्याङ्क भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा गरिएको १७ हजार ६२३ पीसीआर र ७ सय […]

बाँकेमा मात्र थप आठ संक्रमितको मृत्यु

बाँके,बैशाख,२६-बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, सोही गाउँपालिका–२ निवासी ६५ वर्षीया […]

बाँके, दाङ र रुपन्देहीमा गरी थप ६ संक्रमितको मृत्यु

काठमाडौं,बैशाख,२५-बाँके र दाङ जिल्लामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ पुरूष र दुई महिला छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१२ का ६७ वर्षीय पुरूषको हिजो मृत्यु भएको हो । त्यस्तै नेपालगञ्ज १० की ३८ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा र १४ की ३८ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा […]

कोरोना कहर : बाँकेमा एकै घरका तीन दाजुभाइको मृत्यु

नेपालगञ्ज,बैशाख,२५-कोरोना संक्रमणको कारण बाँकेको नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको निधन भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका -३ निवासी इम्तियाज अहमद, एजाज अहमद र जहीर अहमद छन्। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको बुधबार, एजाज बिहीबार र इम्तियाजको शुक्रबार बिहान मृत्यु […]

कर्णाली प्रदेश सरकारले गर्यो ११२ जना स्वास्थ्यकर्मी भर्ना

सुर्खेत,बैशाख,२५-कर्णाली प्रदेश सरकारले ११२ जना स्वास्थ्यकर्मी भर्ना गरेको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले पाँचौँ तहका स्वास्थ्यकर्मी भर्ना गरेको हो। निर्देशनालयका अनुसार नियुक्त भएका स्वास्थ्यकर्मीमध्ये स्टाफ नर्स ७६, ल्याब टेक्निसियन १२, हेल्थ असिस्टेन १०, रेडियोग्राफर ६, फार्मेसी सहायक ६ र कविराज दुईजना छन्। करार सेवामा नियुक्त भएका सबैलाई पाँच दिनभित्र तोकिएको कार्यक्षेत्रमा […]

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज वैशाख २७ गते चीन जाने

काठमाडौं,बैशाख,२५-चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी पेचिङ जाने भएको छ ।  चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले पेचिङ उडान गर्ने तयारी गरेको निगमले जानकारी दिएको छ । वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र २० थान […]

निजी क्षेत्रलाई ५ गुणा बढी मूल्यमा कोरोना खोप खरिदको अनुमति

काठमाडौं,बैशाख,२४-कोरोना भाइरस विरुद्धको खोप खरिदमा विचौलिया प्रवेश गरेको खबर सार्वजनिक भईरहेको बेला सरकारले निजी क्षेत्रलाई खोप खरिदको अनुमति दिएको छ । औषधि व्यवस्था विभागले निकै चर्को मूल्यमा निजी क्षेत्रलाई खोप खरिदको अनुमति दिएको हो ।निजी क्षेत्रले खरिद गर्ने खोपको मूल्य प्रति डोज १५ डलर भन्दा बढी पर्ने देखिएको छ । नेपाली जनतालाई कोरोनाको खोप निशुल्क […]

२२ वर्षीय नातिको बन्चरो प्रहारबाट वृद्ध हजुरआमाको मृत्यु

मकवानपुर,बैशाख,२४-हेटौंडा उपमहानगरभित्र आफ्नै नातिले प्रहार गरेको बन्चरोले लागेर हजुरआमाको ज्यान गएको छ। २२ वर्षका आकाश गुरुङले ९० वर्षीया हजुरआमा कान्छीमायालाई आज दिउँसो ४ बजेतिर बन्चरो प्रहार गरी हत्या गरेका हुन्। घरको आँगनमा बसिरहेको बेला नातिले प्रहार गरेको बन्चरोले टाउकोमा लागेर कान्छीमाया गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिए पनि उनको साँझ ६ बजेतिर मृत्यु […]

सबै जिल्लामा पुग्यो कोरोना,४३ जिल्ला बढी जोखिममा,कहाँ कति?

काठमाडौं,बैशाख,२४-दोस्रो चरणको कोरोना संक्रमण सबै जिल्लामा पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांकअनुसार ४३ वटा जिल्ला बढी जोखिममा देखिएका छन्। २२ जिल्लामा ५०० जनाभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ।प्रदेश नं १ का झापा, मोरङ र सुनसरीमा ५०० बढी संक्रमित छन् भने प्रदेश नं २ का धनुषा र पर्सामा संक्रमितको संख्या ५०० बढी पुगेको छ। बागमती […]