सुर्खेत,जेठ,४-कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रगतको चरम अभाव भएको छ । कोरोना महामारीको दोस्रो लहरका कारण संकलन कार्य नहुँदा रगतको अभाव भएको छ । आपूर्तिभन्दा खपतको अनुपात धेरै भएकाले समस्या भएको हो । सुर्खेतमा रहेको सुर्खेत ब्लडबैंकमा रगतको अभाव भएको छ । नेपाल रेडक्रस सुर्खेत शाखाले सञ्चालन गरेको सुर्खेत ब्लडबैंकमा रगतको अभाव भएको हो । कोभिड–१९ […]
समाज
कोरोना संक्रमणबाट एकैदिन १८७ जनाको निधन,मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुग्यो
काठमाडौं,जेठ,१-देशभर एकैदिन ५ हजार ४ सय ५५ जना कोभिड संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ४४ जनाले कोभिडलाई जितेका हुन्।योसँगै देशभरबाट कोभिड मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १० सय ८ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ हजार ९७१ पीसीआर […]
नेपाललाई आपतकालिन सहयोगको आवश्यकता : डब्लूएचओ
जेनेभा,जेठ,१-विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको बताउनु भएको छ । शुक्रवार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उनले पछिल्लो समय भारतका साथै नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टलगायतका मुलुकमा पनि कोरोना संक्रमण तीव्र बनेपछि समस्या सृजना भएको बताउनुभयो । […]
३२ लाख मध्ये २५ लाख डोज खोप लगाईयो, तीन महिनालाई पुग्ने स्वास्थ्य सामग्री मौज्दात छ-मन्त्रालय
काठमाडौं,जेठ,१-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको बताउनुभएको छ । सह–प्रवक्ता अधिकारीले नेपालमा करिब २५ लाख जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको र खोप लगाउने क्रम जारी रहेको बताउनुभएको हो । नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको पनि उहाँको भनाइ छ । सह–प्रवक्ता अधिकारीले […]
नेपालमा कोरोना संक्रमणबाट एकैदिन २१४ जनाको मृत्यु,८ हजार ९६० संक्रमित थपिए
काठमाडौं,बैशाख,३०-नेपालमा कोभिडबाट एकैदिन २ सय १४ जनाको मृत्यु भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ४४ सय ६६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ४७४ पीसीआर र ७ सय७१ एन्टिजेन परीक्षणमा […]
कोरोना संक्रमणबाट बाँकेमा थप ९ जनाको मृत्यु
काठमाडौं,बैशाख,३०-कोरोना संक्रमणका कारण बाँकेमा थप ९ जनाको मृत्यु भएको छ। संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जना गरि थप ९ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन्। मृत्यु हुनेहरुमा नेपालगन्ज– १ बाँकेकी ४३ वर्षीय महिला, राजापुर–६ बर्दियाकी […]
उपत्यकामा दुई साता थपिएको निषेधाज्ञा आजबाट शुरु, थप कडाइ गरिने
काठमाडौं,बैशाख,३०-काठमाडौं उपत्यकामा थप दुई साताका लागि जारी निषेधाज्ञा आजबाट शुरु भएको छ । आजबाट भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ । होटल र पार्टी प्यालेसमा हुने विवाहमा पनि रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन पाइने छैन ।अत्यावश्यक बाहेकका निजी तथा सरकारी सवै कार्यालयहरु बन्द गरिएको छ । […]
अक्सिजन नपाउँदा बुटवलको कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत पाँच जनाको मृत्यु
बुटवल,बैशाख,२९-रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा पाँच जनाको मृत्यु भएको छ । आधा घण्टा ढिलो अक्सिजन आपुर्ति हुँदा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक महिलाको मृत्यु भएको हो । अस्पतालमा माग अनुसार अक्सिजन नभएको र अन्यत्रबाट आउनुपर्ने अक्सिजन ढिला हुँदा अक्सिजन सप्लाई रोकिएर संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । […]
नेपालमा एकैदिन १६८ जनाको मृत्यु,९ हजार २३८ जनामा संक्रमीत थपिए
काठमाडौं,बैशाख,२९-नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १६८ जनाको मृत्यु भएको जानकारी दिनुभएको हो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२५२ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार २३८ जनामा […]
नेपालमा कोरोनाका कारण २२५ जनाको मृत्यु,९४८३ संक्रमित थपिए
काठमाडौं,बैशाख,२८-देशभर कोरोना संक्रमणले थप २ सय २५ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा ७९ जनाको मृत्यु भएपनि नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरिएको सहित २ सय २५ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो १ सय ३९ र अस्ति ८८ जना मृतक थपिएको मन्त्रालयले जनाएको थियो । […]







