काठमाडौं,जेठ,१-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको बताउनुभएको छ । सह–प्रवक्ता अधिकारीले नेपालमा करिब २५ लाख जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको र खोप लगाउने क्रम जारी रहेको बताउनुभएको हो । नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको पनि उहाँको भनाइ छ । सह–प्रवक्ता अधिकारीले […]
समाज
नेपालमा कोरोना संक्रमणबाट एकैदिन २१४ जनाको मृत्यु,८ हजार ९६० संक्रमित थपिए
काठमाडौं,बैशाख,३०-नेपालमा कोभिडबाट एकैदिन २ सय १४ जनाको मृत्यु भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ४४ सय ६६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ४७४ पीसीआर र ७ सय७१ एन्टिजेन परीक्षणमा […]
कोरोना संक्रमणबाट बाँकेमा थप ९ जनाको मृत्यु
काठमाडौं,बैशाख,३०-कोरोना संक्रमणका कारण बाँकेमा थप ९ जनाको मृत्यु भएको छ। संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जना गरि थप ९ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन्। मृत्यु हुनेहरुमा नेपालगन्ज– १ बाँकेकी ४३ वर्षीय महिला, राजापुर–६ बर्दियाकी […]
उपत्यकामा दुई साता थपिएको निषेधाज्ञा आजबाट शुरु, थप कडाइ गरिने
काठमाडौं,बैशाख,३०-काठमाडौं उपत्यकामा थप दुई साताका लागि जारी निषेधाज्ञा आजबाट शुरु भएको छ । आजबाट भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ । होटल र पार्टी प्यालेसमा हुने विवाहमा पनि रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन पाइने छैन ।अत्यावश्यक बाहेकका निजी तथा सरकारी सवै कार्यालयहरु बन्द गरिएको छ । […]
अक्सिजन नपाउँदा बुटवलको कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत पाँच जनाको मृत्यु
बुटवल,बैशाख,२९-रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा पाँच जनाको मृत्यु भएको छ । आधा घण्टा ढिलो अक्सिजन आपुर्ति हुँदा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक महिलाको मृत्यु भएको हो । अस्पतालमा माग अनुसार अक्सिजन नभएको र अन्यत्रबाट आउनुपर्ने अक्सिजन ढिला हुँदा अक्सिजन सप्लाई रोकिएर संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । […]
नेपालमा एकैदिन १६८ जनाको मृत्यु,९ हजार २३८ जनामा संक्रमीत थपिए
काठमाडौं,बैशाख,२९-नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १६८ जनाको मृत्यु भएको जानकारी दिनुभएको हो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२५२ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार २३८ जनामा […]
नेपालमा कोरोनाका कारण २२५ जनाको मृत्यु,९४८३ संक्रमित थपिए
काठमाडौं,बैशाख,२८-देशभर कोरोना संक्रमणले थप २ सय २५ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा ७९ जनाको मृत्यु भएपनि नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरिएको सहित २ सय २५ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो १ सय ३९ र अस्ति ८८ जना मृतक थपिएको मन्त्रालयले जनाएको थियो । […]
आज आमाको मुख हेर्ने दिन,कोरोनाका कारण वचनबाटै आमालाई खुशी बनाउदै
काठमाडौं,बैशाख,२८-आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी।वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ । आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । यस […]
नेपालमा एकैदिन १ सय ३९ जनाको मृत्यु, थप ९२ सय ७१ संक्रमित
काठमाडौं बैशाख,२७-नेपालमा एकैदिन १ सय ३९ जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणअुनसार एकैदिन १ सय ३९ जनाको मृत्यु भएको हो । यो तथ्याङ्क सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड-१९ शव व्यवस्थापन तथ्याङ्कको आधारमा मृत्यु भएकाहरूको थप तथ्याङ्क भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा गरिएको १७ हजार ६२३ पीसीआर र ७ सय […]
बाँकेमा मात्र थप आठ संक्रमितको मृत्यु
बाँके,बैशाख,२६-बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, सोही गाउँपालिका–२ निवासी ६५ वर्षीया […]






