काठमाडौं,जेठ,७-पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आज २३ हजार २ सय २६ जनाको कोरोना परीक्षण गरिएको थियो। त्यस्तै,७ हजार ८ सय ९० जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा एक सय ७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।यो सँगै मृत्यु हुनेको […]
समाज
बाँकेमा थप १५ जना कोरोना संक्रमीतको मृत्यु
बाँके,जेठ,७-पछिल्लो २४ घण्टामा बाँकेमा कोरोना संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा ७ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ८ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँकेका ८ जना, सल्यान र कैलालीका २-२ जना तथा बर्दिया, प्युठान र दाङका १-१ जना छन्। मृत्यु हुनेमा २५ वर्षदेखि ७१ वर्षसम्म उमेर समूहका छन्। जिल्ला […]
अब चार्टर उडानबाट नेपाली पनि विदेश जान पाउने
काठमाडौं,जेठ,७-अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने गरी सरकारले परिपत्र जारी गरेको छ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार परिपत्र जारी गरेर यस्ता उडानहरूबाट विदेश जान इच्छुक नेपाली […]
८ हजार ३०५ जना संक्रमित थपिए, १९० को मृत्यु
काठमाडौं,जेठ,६-गत २४ घण्टामा नेपालमा ८ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।२२ हजार ८७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमा २१ हजार ६९५ जनाको पीसीआर गर्दा ८ हजार २२७ र ३९२ जनाको एन्टिजेन परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार आज […]
सरोकार पक्षलाई थाहै नदिई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन
सुर्खेत,जेठ,६-सरोकार पक्षलाई थाहै नदिई झण्डै एक वर्षअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको सार्वजनिक भएको छ।शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७७ ले मध्यपश्चिमाञ्चल विश्वविद्यालयसम्बन्धी ऐन २०६७ लाई संशोधन गर्दै ‘मध्यपश्चिम विश्वविद्यालय’का रुपमा रुपान्तरण गरेको हो । विसं २०७७ असार २२ गते नेपाल राजपत्रमा प्रकाशित शिक्षासम्बन्धी उक्त ऐनको दफा ११ को उपदफा ९ मा […]
दुई किशोरीको पोखरीमा डुबेर मृत्यु
काठमाडौं,जेठ,५-सप्तरीको कञ्चनरुप नगरपालिकामा दुई किशोरीको आज पोखरीमा डुबेर मृत्यु भएको छ। नगरपालिका-९ बस्ने रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती र सोही ठाउँका इन्दल सरदारकी छोरी १२ वर्षीया रोशनीको डुबेर मृत्यु भएको हो। रोक्दा रोक्दै घरबाट निक्लेकी छोरीको घर नजिकैको पोखरीमा डुबेर बाहिर ननिक्लिएको खबर आएको रोशनीकी आमा मञ्जुले बताइन्। पोखरीबाट निकालेर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल […]
नेपालमा एकैदिन ८ हजार २०३ जना संक्रमित थपिए,१९६ जनाको मृत्यु
काठमाडौं,जेठ,४-नेपालमा पछिल्लो २४ घण्टामा ८२०३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ९७९ परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार २८६ जनामा पिसिआर परीक्षण गर्दा ८ हजार १३६ मा पोजेटिभ देखिएको र ६९३ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ […]
मन्त्री ज्ञवालीको पहलमा गुल्मीमा अक्सिजन प्लान्ट र आईसीयू निर्माण हुने
गुल्मी,जेठ,४-सरकारले गुल्मीमा अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड विनियोजन गरेको छ । जिल्ला अस्पताल तम्घासमा अक्सिजन प्लान्ट निर्माणका लागि अर्थ मन्त्रालयबाट १ करोड विनीयोजन भएको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । ‘गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट रू १ करोड़ विनियोजन गरिएको छ’, गुल्मी क्षेत्र नं. १ का सांसद […]
हुम्लाका पाँच ओटा गाउँपालिकामा फैलियो कोरोना
हुम्ला,जेठ,४-सात ओटा गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच ओटा गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेको छ । पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीहरुमा कोरोनाको आशंका लागेपछि परीक्षण गर्दा संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट, सर्केगाड, चङ्खेली, ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना संक्रमणको जोखिम बढेको छ । नाम्खा […]
बारामा एकै घरका दुई बालकको घाँटी रेटेर हत्या
बारा,जेठ,४-बाराको कलैया उपमहानगरपालिका- ११ मा दुई बालकको हत्या भएको छ। एकै घरका दुई बालकको घाँटी रेटेर हत्या भएको अवस्थामा मंगलबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी दिपेन्द्र शाहीले जानकारी दिनुभयो। उनीहरुको गएराति हत्या भएको अनुमान प्रहरीले गरेको छ। शाहीका अनुसार कलैया- ७ का अब्दुल रसारका दुई छोरा सात वर्षीय अमिन अन्सारी र […]







