काठमाण्डौं,जेठ,१५-राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको छ । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । यसैगरी नेपालको संविधानको […]
होम
कोरोना प्रभावितलाई ऋण दिन ५० अर्बको छुट्टै कोष
काठमाडौं, जेठ १५- सरकारले कोरोनाका कारण समस्यामा परेका घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावितलाई पाँच प्रतिशत व्याजदरमा ऋण दिने प्रबन्ध गरेको छ । अर्थमनत्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कोरोनाका कारण समस्यामा परेका साना तथा लघुउद्यम तथा पर्यटन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा […]
आर्थिक वर्ष २०७७/७८ को बजेटः कोरोना नियन्त्रण गर्न ६ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब
काठमाडौं,जेठ,१५-सरकारले कोभिड- १९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब बजेट विनियोजन गरेको छ । आज सङ्घीय संसद्मा बजेट आगामी आर्थिक वर्ष २०७७- ७८ को बजेट भाषणमा अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न तत्काल आवश्यकपर्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन रु छ अर्ब बजेट व्यवस्था गरिएको बताउनुभयो […]
नेपालमा थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो
काठमाडौं,जेठ,१३-नेपालमा मंगलबार थप ९० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ कोरोना संक्रमित थपिएका हुन् । […]
संविधान संशोधन गर्ने सरकारको प्रस्तावमा कांग्रेसले ‘साथ दिने
काठमाडौं,जेठ ९-प्रमुख प्रतीपक्ष दल नेपाली काग्रेसले संविधान संशोधनमा साथ दिने भएको छ।नयाँ नक्सालाई देशको मूल कानुनअनुकूल बनाउन संसद सचिवालयमा शुक्रबार संविधान संशोधनको प्रस्ताव दर्ता भएको थियो । सरकारी प्रस्ताव पारित हुन संसदमा दुईतिहाइ मत चाहिन्छ । जसका लागि प्रमुख विपक्षी दलहरुको सहयोग अपरिहार्य छ ।विपक्षी दलहरुले भने यही मौकामा संविधान संशोधनका लागि सर्त राख्ने रणनीति बनाएका छन् ।भारतबाट […]
नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित
काठमाडौँ,जेठ,९-सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशित भएको छ । शुक्रबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यसलाई राजपत्रमा प्रकाशित गरेको हो । भारतले अतिक्रमण गर्दै आएको लिपुलेक, कालपानी र लिम्पियाधुरालाई समेटेर सरकारले बुधबार नयाँ नक्सा जारी गरेको थियो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज जोशीले मन्त्रीस्तरीय निर्णयबाट नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न […]
गुगलले राख्यो नेपालको नयाँ क्षेत्रफल
काठमाडौं,जेठ,९-गुगलले नेपालको नयाँ क्षेत्रफल देखाएको छ ।नेपालले आधिकारिक रुपमा नेपालको भूभाग लिम्पियाधुरा, कालापनी र लिपुलेकसम्म भएको नक्शा सार्वजनिक गरेसँगै गुगल सर्च इञ्जिनले नेपालको नयाँ क्षेत्रफल देखाउन थालेको हो । गुगलमा एरिया अफ नेपाल भनेर सर्च गर्दा १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर क्षेत्रफल देखाउँछ ।नेपालले गत बुधबार (जेठ ७) मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको […]
कांग्रेस नीति प्रतिष्ठानको पूर्ण बैठक : लिपुलेक सडक गम्भीर र आपत्तिजनक
काठमाडौं,जेठ,८-नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पूर्ण बैठकले भारतले एकपक्षीय रुपमा निर्माण गरेको लिपुलेक सडक नेपाल र नेपालीका लागि गम्भीर र आपत्तिजनक भएको बताएको छ। बिहीबार अनलाइन जुमका माध्यमबाट भएको पूर्ण बैठकले भारतको कदमप्रति आपत्ति जनाएको हो। ‘वर्तमानमा भारतले एकपक्षीय रुपमा निर्माण गरी उद्घाटन गरेको भनिएको र अत्यन्त चर्चामा रहेको लिपुलेक सडकको विषय […]
लिम्पियाधुरा, लिपुलेक सहितको नक्शा मन्त्रिपरिषदबाट पारित
काठमाडौं,जेठ,५-सरकारले लिम्पियाधुरा, लिपुलेकसहितको भारतबाट अतिक्रमित नेपाली भूभाग समेटिएको नयाँ नक्शा पारित गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेकसहितको नक्शा पारित गरेको एक मन्त्रीले जानकारी दिएका हुन् । बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्शा पेश गरेकी थिइन् । नयाँ नक्शामा भारतले वार्षैदेखि अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको जनाइएको छ […]
सेनाको होलिकोप्टरबाट लिपुलेक उड्यो सशस्त्र प्रहरीको टोली
काठमाडौं,बैशाख,३१-दार्चुलाको कालापानी लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेको छ। दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा सशस्त्रको टोली त्यसतर्फ गएको हो। सेनाको एमआई–१७ हेलिकोप्टर सशस्त्रको टोली दार्चुला प्रस्थान गरेको छ। सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने जनाइएको […]




