श्रीलङ्का,साउन,५-“छ” पटक प्रधानमन्त्री भइसकेका रनिल विक्रमसिङ्घ श्रीलङ्काको राष्ट्रपतीमा निर्वाचीत हुनु भएको छ । बुधवार संसद्मा भएको मतदानमा प्रमुख प्रतिपक्षी दलले समर्थन गरेका डल्लस अलाहपेरुमलाई पराजित गर्दै विक्रमसिङ्घ निर्वाचीत हुनु भएको हो । गोटाबय राजपक्षको सरकारबाट राजीनामा दिएका अलाहपेरुम श्रीलङ्काको सत्तारूढ दलका वरिष्ठ सांसद पनि हुन्। मतदानपछि संसदमा बोल्दै ७३ वर्षीय विक्रमसिङ्घले देश ‘निकै कठिन अवस्थामा’ रहेको […]
राजनीति
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
काठमाडौं,साउन,४-संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज (बुधबार) बस्ने भएको छ। बुधबार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने लागेको हो। बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले […]
तत्कालीन नेकपाका पाँच नेताको बैठकपछि प्रचण्डले भने ‘विचार मिल्नेसँग एकीकरण गर्नुपर्छ’
काठमाडौं,साउन,३-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिल्नेसँग पार्टी एकीकरण गरेर जाने बताउनुभएको छ । सिंहदरबारमा भएको तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यको बैठकबाट बाहिरिँदै गर्र्दा अध्यक्ष दाहालले पुनः पार्टी एकीककरण गर्नेबारे सकरात्मक छलफल भएको बताउनुभयो । कांग्रेससँगको गठबन्धनलाई भने कायमै राख्नेबारेमा कसैको पनि विमति नरहेको उहाँले बताउनुभयो । ‘हामी हिजो एउटै पार्टीवाला भयौं, नेकपाको […]
माओवादी र समाजवादीलाई एकतामा आउन योगेश भट्टराईको आग्रह
काठमाडौं,साउन,३-नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपाली कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई आग्रह गर्नुभएको छ । मंगलबार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक विभागले आयोजना गरेको दक्ष जनशक्तिसम्बन्धी अन्तरक्रियामा एमाले सचिव भट्टराईले यस्तो आग्रह गर्नुभएको हो।उहाँले तत्कालिन नेकपाका नेताहरु एक ठाउँमा आउनुको विकल्प नभएको बताउनुभयो । उहाँले विगतको डेढ […]
शिक्षामन्त्री र काठमाडौंका मेयरबीच भेटवार्ता, मेयरले मागे ५० करोड
काठमाडौं,साउन,३-शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा भएको भेटमा मेयर शाहले महानगरपालिकाभित्र भएका ९० वटा विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको जानकारी दिँदै डिजिटल बोर्डको आवश्यकता रहेको बताउनुभयो । मेयर शाहले शिक्षामन्त्री पौडलेसमक्ष बोर्डका लागि ५० करोड रुपैयाँको बजेट व्यवस्था […]
परराष्ट्रमन्त्री खड्का र चिनियाँ नेता जियान्चाओबीच भेट
काठमाडौं,आषाढ,२६- नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेलगत्तै आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गर्नुभएको हो । परराष्ट्र मन्त्रीलाई भेट्न जियान्चाओसहित ७ सदस्यीय भ्रमण टोली सिंहदरबार पुगेको […]
कांग्रेसले भातृ र शुभेच्छुक संस्थाको विधान मस्यौदा टुंग्यायो
काठमाडौं,आषाढ,२६-नेपाली कांग्रेसले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंगो लगाएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंग्याएको हो । पदाधिकारी बैठकले टुंगो लगाएको भ्रातृ र शुभेच्छुक संस्थाको विधान मस्यौदालाई सोमबार बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्ने तयारी छ । केन्द्रीय […]
श्रीलंकाका प्रधानमन्त्रीले सहमतीमा पार्टीका नेताहरू समक्ष राजीनामा दिने
एजेन्सी,आषाढ,२६-श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले राजीनामा दिन सहमत हुनुभएको छ । शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि उहाँले सर्वदलीय बैठकको अह्वान गर्नुभएको थियो । प्रदर्शनकारीले देशका विभिन्न सहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता उल्लेख्य देखिएको थियो । राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको कार्यालयमा प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्री दुवैजनाको राजीनामा […]
जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार गर्ने व्यक्ती तेत्सुया यामागामी पक्राउ
टोकियो,जापान,आषाढ,२४-जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। आज शुक्रबार बिहान साढे ११ बजे जापानको नारा सहरमा पुन: हुनगईरहेको निर्वाचनका लागि आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भई प्रचारप्रसारका क्रममा भाषण गरिरहेका बेला उहाँमाथी गोली प्रहार भएको थियो। उहाँलाई गोली प्रहार भए लगत्तै प्राथमिक उपचार गरेर एम्बुलेन्समार्फत नजिकैको खुला स्थानमा लगिएको थियो र त्यहाँबाट प्यारामेडिक हेलिकोप्टरमा राखेर अस्पताल […]
प्रधानमन्त्री तथा उद्योग परिसंघ बीच मुलुकको अर्थतन्त्रबारे छलफल
काठमाडौं,आषाढ,२४-नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले बिहीवार अर्थ मन्त्रालयसमेत सम्हाल्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवासँग मुलुकको आर्थिक अवस्था लगायत विषयमा भेटवार्ता गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नव प्रवर्तन उद्यम प्रोत्साहनलगायतका विषयमा जानकारी गराएको हो । उक्त अवसरमा परिसंघका पदाधिकारीहरुले मुलुकको पछिल्लो आर्थिक अवस्था सुधार्न चाल्नुपर्ने […]