काठमाडौं,बैशाख,११-नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सञ्चालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा–पत्र सार्वजनिक गर्नु भएको छ। नेपाल कम्युनिष्ट पार्टीको ७४औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणा–पत्रमा ‘आगामी दिनमा हाम्रो पार्टी कसरी अघि बढछ ?’ भन्ने स्पष्ट योजना […]
राजनीति
जसपाको घोषणापत्र : वडा र पालिका कार्यालयहरूलाई सेवाग्राही मैत्री बनाइने (पूर्णपाठ)
काठमाडौं,बैशाख,११-जनता समाजवादी पार्टीले यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन्। के छ घोषणापत्रमा? घोषणापत्रमा वडा र पालिका कार्यालयहरूलाई सेवाग्राही मैत्री बनाइने, कार्यालयमा सेवा लिन आउने जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिने उल्लेख छ। […]
कांग्रेस घोषणापत्र : ओली सरकारमाथि लगाइएका १४ आरोप
काठमाडौं,बैशाख,११-नेपाली कांग्रेसले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आइतबार घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र केपी शर्मा ओलीको नेतृत्वको सरकारमाथि १४ वटा आरोप लगाएको छ । घोषणापत्रमा कांग्रेसले नेकपा र ओली अधिनायकवाद र सर्वसत्तावादको सूत्रपात रहेको जनाएको छ । ओलीले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि पनि आक्रमण […]
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
काठमाडौं,बैशाख,८-सबै सुरक्षा निकायले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिवद्धता गरेका छन् । बिहीबार सिंहदरवारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा निकाय, गृह मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधिले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आफ्नो ठाउँबाट भूमिका […]
सत्तारुढ गठबन्धनको बैठक आज बस्दै
काठमाडौं,बैशाख,५-स्थानीयत तहको निर्वाचनको भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक आज (सोमबार) बस्दैछ । उम्मेदवारी मनोनयनको मिति नजिकिंदै गर्दा पनि गठबन्धनले उम्मेदवारी तय गर्न सकेको छैन।जसका कारण तल्लो तहमा अन्याेल बढेको छ।तल्लो तहबाट आएका सिफारिस र माथिल्लो तहबाट प्रकट भएको भाबण्डाको अडानले गठबन्धन अप्ठेरोमा परेको छ।सोमबार बस्ने बैठकबाट कम्तिमा महानगर र उपमहानगरपालिकाको भागबण्डा टुंग्याउने संभावना रहेको छ […]
जापानबाट हासिल गरेका ज्ञान,सीप र अनुभव नेपालमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खड्का
काठमाडौं,बैशाख,३-परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताउनुभएको छ । नेपाल जाईका अलमनाई एशोसिएशनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खड्काले जापानमा गएका नेपालीले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्ने बताउनुभयो । मन्त्री खड्काले जापानले नेपाललाई विनासर्त सहयोग […]
एमाले र राप्रपा बिच चुनावी तालमेलका लागी पाँच बुँदे सहमति
काठमाडौं,चैत्र,३०-राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल र नेकपा (एमाले)बीच स्थानीय तह निर्वाचनमा सहकार्य गरेर जानेबारे पाँचबुँदे सहमति भएको छ । बुधबार एमालेको तर्फबाट स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका तर्फबाट स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेर पाँचबुँदे सहमति गरेका हुन् । सहमतिअनुसार देशभरी तालमेल सम्भव भएका पालिकामा आपसी तालमेल गरेर उम्मेदवार […]
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं,चैत्र,२६-सरकारले (भोलि) आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले भोलि रामनवमीको दिन देशभर सार्वजनिक बिदा हुने जनाएको हो। गृह मन्त्रालयले आज एक सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ।
पाकिस्तानका प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान चल्दै
काठमाडौं,चैत,२६-पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि “शनिबार” अहिले मतदान चल्दै छ । ३ सय ४२ सांसद रहेको पाकिस्तानको संसदमा बहुमतका लागि १ सय ७२ मत आवश्यक पर्छ । जसमा बिपक्षी दलका सासंदको संख्या १ सय ९९ रहेको छ । अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको भन्दै खानविरुद्ध केही दिनअघि अविश्वासको प्रस्ताव दर्ता […]
नेपाल बार अध्यक्षमा घिमिरेको जित सुनिश्चित
काठमाडौं,चैत्र,२५-नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरेको जित सुनिश्चित भएको छ । बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट अध्यक्षमा चुनाव लडेका घिमिरेले ३ हजार ७ सय २८ मत पाइसकेका छन् । उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले १ हजार ९ सय ७७ मत पाएका छन् । अब गणना हुन करिब १५ सय मत मात्र बाँकी […]



