नेपाली कांग्रेस महामन्त्री पदको मतगणना अहिले ८ बजेदेखि

काठमाडौं,पुष,१-नेपाली कांग्रेसको सभापती र उपसभापतीको मत गणना सकिएको छ।अब महामन्त्री पदको मतगणनाका लागि आज बिहान ८ बजेदेखि सुरु गरिंदै छ।अहिले बिहान ८ बजेदेखि महामन्त्रीको मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिनु भएको छ । निर्वाचनबाट दुई जना महामन्त्री चुनिने छन् । महामन्त्री पदको लागि गगन थापा, विश्वप्रकाश शर्मा, डा मिनेन्द्र रिजाल, […]

कांग्रेसको उपसभापतिमा खड्का र गुरुङ निर्वाचित,गच्छदार दुई मतले पराजित

काठमाडौं,पुष,१-नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनु भएको छ । बुधबार भएको उपसभापतिको मतगणनाअनुसार खड्का र गुरुङ निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ । निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत प्राप्त गर्नु भएको छ । त्यस्तै अर्का देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मतान्तरले पराजित हुनु भएको छ […]

ब्रेकिगं न्यूज : कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं,मंसिर,२९-नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनु भएको छ। मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिनु भएको हो । कुल खसेको मत ४५६२ मध्ये ३८१९ मत गणना गर्दा नै देउवाले २२८८ मत हाँसिल गरेर जित सुनिश्चित् गर्नुभयो । उता, शेखरले भने १५०१ मत प्राप्त गर्नुभयो। भृकुटीमण्डपस्थित राष्ट्रिय […]

प्रतिनिधिसभामा ६ वटा विधेयक पेश, अर्को बैठक पुस ६ गते

काठमाडौं,मंसिर,२८-प्रतिनिधिसभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गरेको छ ।मंगलबार बसेको प्रतिनिधिसभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध जारी राखेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी, प्रहरी प्रदेश, प्रहरी कार्यसम्पादन सुपरिवेक्षण समन्वय पहिलो […]

काँग्रेस सभापतिको दोस्रो चरणमा सिंह र विमलेन्द्र निधीले देउवालाई सघाउने

काठमाडौं,मंसिर,२८-नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको निर्वाचनमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाएपछि प्रकाशमान सिंह र विमलेन्द्र निधीले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने हुनुभएको छ । पहिलो चरणमा सभापतिका उम्मेदवार देउवा,सिंह,विमलेन्द्र निधि र कल्याण गुरुङले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा सभापतिका लागि निर्वाचन हुन लागेको हो ।कसैको पनि बहुमत नआएपछि देउवा सिंहसँग […]

पुँजी बजारबारे पूर्व प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण

काठमाण्डौं,मंसिर,२८-अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। विगतमा दुई पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालिसकेका र वर्तमान सत्ता गठबन्धनमा अर्थ मन्त्रालयसमेतको नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै ‘धितोपत्र […]

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक बस्दै

काठमाडौं,मंसिर,२८-नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक अहिले केहि बेरमा बस्दैछ । सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदान गर्नु पर्ने भएपछि समितिको बैठक बस्न लागेको हो ।   बैठकमा अब सभापति पदका लागि कति बजेदेखि मतदान गर्ने हो सो विषयमा छलफल हुने समितिका सदस्य एकराज पोखरेलले जानकारी दिनु भएको […]

सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने, देउवा र कोइरालाबीच भिडन्त हुने

काठमाडौं,मंसिर,२८-नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएको छ । सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।   अन्तिम मत परिणाम अनुसार सभापति पदका उम्मेदवार प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले २ हजार २ सय ५८ […]

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौं,मंसिर,२७-नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । आज बिहान ८ बजे सुरु हुने मतदानका लागि तीन वटा मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिनुभयो । ती मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ […]

प्रधानमन्त्री देउवा प्यानलबाट विजय सुरुवात, दुई केन्द्रीय सदस्य निर्विरोध

काठमाण्डौं,मंसिर,२६-नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि शनिबार उम्म्मेदवारी दर्ता गरेका कतिपयले आज आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिन सुरु गरेका छन्।  कांग्रेसको केन्द्रीय निर्वाचिन समितिका अनुसार यस क्रममा प्रदेश २ बाट खुलातर्फ दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।  प्रदेश २ बाट ३ जनाको उम्मेदवारी परेकामा जंगीलाल यादवले फिर्ता लिएपछि २ जना निर्विरोध भएको निर्वाचन समितिका सचिव […]