उपाध्यक्षसरहका दाहालले मलाई कार्वाही गर्ने ? प्रधानमन्त्री ओली

काठमाडौं,पुष,६-प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल समूहले आफूलाई कार्वाही गर्ने कुनै अधिकार नभएको जिकीर गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकटका सांसदहरुको भेलामा प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष, संसदीय दलको नेता सबै आफू भएकाले कसैले कार्वाही गर्न नसक्ने दाबी गर्नुभएको हो । उहाँले पार्टी एकताका समयमा चित्त नदुखाउन् भनेर दोस्रो […]

कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले पार्टी एकता भत्काउन सक्दैन : दाहाल

काठमाडौं,पुस,६-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी एकताबद्ध भएको बताउनु भएको छ । कुनै व्यक्तिको पार्टी, जनता र राष्ट्र विरोधी कामले पार्टी एकतालाई तात्विक असर नपर्ने अध्यक्ष दाहालले बताउनु भयो । नेकपा भित्रको आन्तरिक द्धन्द्धले संसद विघटन समेत भैसकेको अवस्थामा अध्यक्ष दाहालको यस्तो भनाइ आएको हो । आज एक विज्ञप्ती जारी […]

ओलीलाई कारवाही गर्न नेकपा केन्द्रीय कमिटी बैठक भोलि बस्ने

काठमाडौं,पुस,६-प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक भोली मंगलबार बस्दै छ । प्रधानमन्त्री ओलीले एकलौटी ढंगबाट संविधानको प्रावधानविपरीत संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा भएपछि नेकपाले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्न लागेको हो । यसअघि हिजो प्रधानमन्त्री निवास बालुवााटरमै बसेको स्थायी कमिटीको बैठकले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभाको […]

ओलीनिकट सांसदको बैठक सुरु, प्रचण्ड-नेपाल पक्षको भेला दिउँसो संसद् भवनमै

काठमाडौं,पुस,६-प्रतिनिधिसभा विघटनपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई पक्ष आआफ्ना रणनीति निर्माणमा जुटेका छन्। यसै क्रममा अहिले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट सांसदको बैठक राख्नु भएको छ । ‘बैठक ९ बजे बिहान भनिएको थियो, तर भर्खर सुरु भएको छ,’ सोमबार बिहान सवा १० बजेतिर बालुवाटार स्रोतले जनाएको छ ।बैठकमा को […]

कांग्रेसले बोलायो आकस्मीक सर्वदलीय बैठक

काठमाडौं,पुस,६-प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सर्वदलीय बैठक बोलाएको छ।  सभापति शेरबहादुर देउवाले दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाउनु भएको हो । सरकारविरुद्ध कस्तो रणनीति बनाउने, संवैधानिक संकटको कसरी सामना गर्नेलगायतका विषयमा छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाउनु भएको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने […]

नेकपाले ओलीलाई अनुशासनको कारबाही गर्ने, ७ गते केन्द्रीय समिति बैठक बस्ने

काठमाडौं,पुस,५-नेकपा स्थायी समितिको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासन कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लाने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको स्थायी समितिको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाहीको प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिनुभयो । प्रधानमन्त्री ओलीले हठात रुपमा संसद भंग गरेको, प्रतिनिधिसभामाथि निर्मम प्रहार […]

सात मन्त्रीले दिए सामुहिक राजीनामा

काठमाडौं,पुस,५-प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधिसभाको विघटनगरेपछि सत्तारुढ नेकपाका ७ मन्त्रीले राजीनामा दिएका छन्। आइतबार अपरान्ह सिंहदरबारस्थित कृषि समितिको सभाहलमा पत्रकार सम्मेलन गर्दै नेकपाका ७ मन्त्रीले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन्।पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमण पोखरेलले राजीनामा पत्र पढेर सुनाएका थिए। यसरी राजीनामा दिनेहरुमा पूर्वमाओवादी खेमाबाट मन्त्री […]

अख्तियारसहित बिभिन्न आयोगमा सिफारिस गरिएका प्रमुख र आयुक्त (४५ जनाको सूची)

काठमाडौं,पुस,५-प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकबाट बिभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेका ४५ भन्दा बढि पदमा नियुक्तिका लागि सिफारिश गर्नु भएको छ। उहांले गत मंसिर ३० गते राखेको परिषद्को बैठकबाट सो निर्णय गराउनु भएको हो ।‘मंसिर ३० गते बेलुका बसेको बैठकले नै यी नामहरु सिफारिश गरेको हो,’ राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भनाइ उद्धृत गर्दै […]

अख्तियारको प्रमुख आयुक्तमा राई सिफारिस

काठमाडौं,पुष,५-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई सिफारिस गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँगै राईलाई अख्तियार प्रमुखमा सिफारिस गर्ने निर्णय गरिएको हो। संसद् विघटन भएपछि संवैधानिक आयोगबारे संसदीय सुनुवाई पनि हुँदैन। सरकारले संवैधानिक निकायहरुमा रिक्त रहेका ४५ पदमा नियुक्तिका लागि गरिएको सिफारिस संसदमा दर्ता गराएको संसद सचिवालय […]

राष्ट्रपतिले गरे संसद विघटन,वैशाख १७ र २७ गते निर्वाचन

काठमाडौं,पुष,५-राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गर्नु भएको छ। आइतवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार भण्डारीले संसद विघटन गर्नु भएको हो । मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार संसद विघटन गर्दै राष्ट्रपति भण्डारीले २०७८ वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति पनि तोक्नु भएको छ। यससँगै संघीय संसद तीन वर्षमै विघटन भएको छ। ‘संसदको वर्तमान […]