काठमाडौं,मंसिर,३०-सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद बैठक बहिष्कार गर्नुभएको छ । संवैधानिक परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बोलाएको परिषद्को बैठकमा सभामुख सापकोटा अनुपस्थित हुनुभएको हो । परिषद्का अध्यक्ष ओलीले आज बिहानका लागि बोलाएको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि गणपुरक संख्या नपुग्दा बैठकले औपचारिकता पाउन सकेन । प्रधानमन्त्रीले पर्याप्त तयारी र छलफलबिना बैठक बोलाएको आरोप लगाउँदै […]
राजनीति
भौतिक दूरी कायम गरि प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई काग्रेसको आग्रह
काठमाण्डौं,मंसिर,२८-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते गर्न लागेको सरकारविरोधी प्रदर्शनमा सक्रिय रुपमा सहभागी हुन् पार्टी सदस्य, समर्थक र शुभचिन्तकहरुलाई आग्रह गरेको छ। प्रदर्शनको अघिल्लो दिन आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै सभापति शेरबहादुर देउवाले देशव्यापी प्रदर्शनमा कोरोना कहरलाई ख्याल गर्दै मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न आग्रह गर्नु भएको छ । ‘कोरोना […]
संवैधानिक परिषद्को बैठक स्थगित
काठमाडौं,मंसिर,२८-आज आईतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । विपक्षी दलका नेता शेरवहादुर देउवा बैठकमा नआउने भएपछि बैठक रोक्नुपरेको हो । बैठक आज बिहान ९ बजेका लागि तय गरिएको थियो । स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको थियो । पार्टीभित्रको विवाद यथावत् रहेको अवस्थामा बैठक स्थगित गर्न प्रधानमन्त्रीलाई नेकपाभित्रैबाट पनि […]
नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने, प्रधानमन्त्री ओली पनि सहभागी हुने
काठमाडौं,मंसिर,२८-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने भएको छ। बैठक दिउँसो १ बजेका लागि पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा तय गरिएको भए पनि अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भए पछि बालुवाटारमा तय गरिएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिनुभयो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित हुने स्थायी कमिटी […]
कांग्रेसले सरकारविरूद्ध २९ गते देशैभर सडक प्रदर्शन गर्ने
काठमाडौं,मंसिर,२६-सरकारको अकर्मण्यताविरूद्ध सडकमा ओर्लन लागेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सबै तयारी पूरा गरेको जनाएको छ ।यही मंसिर २९ गते सोमबार गरिने देशव्यापी सडक प्रदर्शनका लागि नेताहरुलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं मै सहभागिता […]
सर्वदलीय बैठक दिउँसो बस्दै:राजावादीहरुको आन्दोलन प्रति दलहरुको चासो
काठमाडौं,मंसिर,२३-प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाउनु भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनु भएको पधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको हो । थापाले सामाजिक सञ्जालमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक प्रधानमन्त्री ओलीले आयोजना गर्नुभएको उल्लेख गर्नुभएको छ । […]
‘धर्म बेच्न पाइँदैन,गणतन्त्र चाहिँदैन’ भन्दै राजावादी सडकमा
काठमाडौं,मंसिर,२०-काठमाडौंमा राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन भएको छ । शनिबार ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले राजतन्त्र पुनःस्थापना, धर्मसापेक्षता र संघीयताको खारेजीको माग गरेका छन् । ठूलो संख्या रहेका सहभागीहरुले राष्ट्रिय झन्डा र पृथ्वीनारायण शाहको तस्वीरसहितको प्लेकार्ड बोकेका थिए । माइतीघर मन्डलाबाट नयाँबानेश्वरसम्म पुगेको र्यालीमा सहभागीहरुले ‘धर्म बेच्न पाइँदैन, गणतन्त्र चाहिँदैन’लगायतको […]
राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट,पार्टीभित्रको संकटबारे भलाकुसारी
काठमाडौं,मंसिर,१८-राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी ओलीले भेटघाट गर्नुभएको छ । बालुवाटार स्रोतले भेट नियमित भएको जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नेताहरुबीच किचलो चुलिएका बेला राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय, शितलनिवास पुग्नुभएको हो । पार्टीभित्र जब जब संकट गहिरिन्छ तब तब प्रधानमन्त्री ओली परामर्शका लागि राष्ट्रपति कार्यालय प्रवेश गर्नुहुन्छ । […]
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
काठमाडौं,मंसिर,१४-नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनु भएको छ।आफ्ना प्रतिद्वन्द्दी किशोर प्रधानलाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा विजयी हुनु भएको हो। शनिवार भएको ५४ औं वार्षिक साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित भएको थियो । महासंघको विधान अनुसार ढकाल अव निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको […]
चीनका रक्षामन्त्री आज नेपाल आउँदै
काठमाडौं,मंसिर,१४-चीनका रक्षामन्त्री जनरल वेई फेङ नेपालको औपचारिक भ्रमणका लागि आज (आइतबार) काठमाडौं आइपुग्दै छन्। चीनका पहिलो वरियताका स्टेट काउन्सिलर वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित अहिले बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। परराष्ट्र मन्त्रालयले शनिबार बिहान सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार काठमाडौं ओर्लेलगत्तै मन्त्री वेई बालुवाटारस्थित चिनियाँ दूतावास पुग्नेछन्। त्यहाँ दिवाभोज गरेपछि […]