ओलीले ल्याउने प्रस्तावले नेकपाको भविष्य निर्धारण गर्छः प्रचण्ड

काठमाडौं,मंसिर,८-नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले ल्याउने जवाफी राजनीतिक प्रस्तावले पार्टीको भविष्य निर्धारण गर्ने बताउनु भएको छ। सोमबार आफूलाई भेट्न खुमलटार निवास पुगेका स्थायी समिति सदस्यहरुसँग प्रचण्डले पार्टीभित्रको विवाद समाधान हुन्छ या अझ चर्किन्छ भन्ने विषय ओलीको प्रस्तावमा निर्भर रहने बताउनुभयो। ‘म लगायतका सचिवालयका बहुमत सदस्य पार्टी एकता रक्षाकै […]

केही तत्व सरकार ढाल्ने खेलमा लागेः प्रधानमन्त्री ओली

ताप्लेजुङ,मंसिर,८-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताले आत्तिएर केही तत्व सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउनुभएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाइ भवनको सोमबार उद्घाटन गर्दै उहाँले समृद्धि नचाहने तत्व सरकारविरुद्ध खनिएको बताउनुभयो । सरकारको राम्रो काम देखेर केही मानिसलाई असह्य भइरहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुँदैछ भन्ने […]

कैलालीमा राजतन्त्रको माग गर्दै मोटरसाइकल र्‍याली

कैलाली,मंसिर,४-हिन्दुराष्ट्र पुनःस्थापना तथा संवैधानिक राजतन्त्र स्थापनाको माग गर्दै देशभक्त समाजले कैलालीमा बृहत् मोटरसाइकल र्‍याली निकालेको छ । बिहीबार कैलालीको धनगढीबाट सुरु गरिएको र्‍याली कैलालीकै अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोणसभामा परिणत भएको थियो । सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा निस्किएको जुलुस तथा र्‍यालीमा सयौं युवा तथा समर्थकको सहभागिता रहेको थियो । हिन्दुराष्ट्र पुनःस्थापना, संघीयताको खारेजी […]

प्रधानमन्त्री ओली आज चीनसँग सीमा जोडिएको किमाथांका जाँदै

काठमाडौं,कार्तिक,२६-प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) बिहान चीनसँग सिमाना जोडिएको संखुवासभा जानु हुने भएको छ। संखुवासभा जिल्ला प्रशासन कार्यालयका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणका लागि जिल्लामा तयारी तीव्र पारिएको छ। प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत अहिले बिहान साढे ८ बजे चीनसँग सिमाना जोडिएको उत्तरी क्षेत्रको किमाथांका पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले त्यहाँ चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका १ […]

कोरोना परीक्षण र उपचार नि:शुल्क गर्ने सरकारको निर्णय

काठमाडौं,कार्तिक,२५-चौतर्फी दबाबपछि सरकारले कोरोना परीक्षण र उपचार नि:शुल्क गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको हिजो बसेको बैठकले कोरोना परिक्षण सहित सम्पूर्ण उपचार सेवा सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा नि:शुल्क गर्ने निर्णय गरेको हो । यसअघि सरकारले बिपन्न, ज्येष्ठ नागरिक लगाएत निश्चित वर्गको मात्रै नि:शुल्क उपचार गर्ने र बाँकीको नगर्ने निर्णय गरेको थियो । त्यसबिरुद्ध परेको […]

प्रचण्डले राखेको बैठक सकियो, औपचारिक बैठक राख्न ओलीलाई सामुहिक आग्रह गर्ने

काठमाडौं,कार्तिक,२१-सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पार्टी सचिवालयको अनौपचारिक बैठक सकिएको छ। पार्टी कार्यालय धुम्बाराहीमा आज शुक्रबार भएकाे सो बैठकमा सहभागी भएका पाँच जना सचिवालय सदस्यले सो कमिटीको औपचारिक बैठक राख्नका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आह्वान गर्ने निर्णय गरिएको छ। पाँचै जना सचिवालय सदस्यले ओलीलाई शनिबार भेटेर बैठक राख्न आग्रह गर्ने […]

नेपालको तीनदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किए भारतीय सेना प्रमुख नरवणे

काठमाडौं,कार्तिक,२१-भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आफ्नो तीनदिने नेपाल भ्रमण सकेर शुक्रबार अपरान्ह स्वदेश फर्किएका छन्।अपरान्ह ४:४५ बजे उनी इन्डिया एयरफोर्सको विशेष विमान स्वदेश फर्किएको विमानस्थल स्रोतले जानकारी दिएको छ। यसअघि बुधबार उनलाई ल्याएर सोही दिन दिल्ली फर्किएको विमान उनलाई लिनका लागि शुक्रबार बिहान ११ बजेतिर काठमाडौं अवतरण गरेको विमानस्थल सुरक्षा स्रोतले जानकारी दिएको छ। नेपाली […]

नेपाली सेनाको १८औँ मानार्थ महारथी बने नरवणे, राष्ट्रपतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं,कार्तिक,२०-राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । बिहीबार साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा एक कार्यक्रमकाबीच मानार्थ महारथीको चिन्ह प्रदान गर्नु भएको थियो। नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने नरवणे भारतीय सेनाका १८औं सेना प्रमुख हुन्। योसँगै उहाॅं नेपाली सेनाको मानार्थ महारथी बनेका छन्। नेपाली […]

नेपाल-भारत कुटनीतिक र राजनीतिक वार्ता सुचारु हुँदै, कालापानी र सुस्ताको विषयमा छलफल नहुने

काठमाडौं,कार्तिक,१८-एक वर्षदेखि अवरुद्ध भएको नेपाल भारत कुटनीतिक र राजनीतिक वार्ता पुनः सुचारु हुने भएको छ । मंसिर महिनाभित्रै परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बस्ने तयारी भएको छ । आलोपालो प्रचलन अनुसार परराष्ट्रमन्त्रीस्तरिय संयुक्त आयोगको छैटौं बैठक बस्ने तयारी भएको हो । दुई देशको सम्बन्धका सबै पक्षमा छलफल गर्ने उद्देश्यले ३३ वर्षअघि यो संयन्त्र बनाइएको हो । […]

ओली-दाहालबीच संवादहीनताको अवस्था जारी

काठमाडौं,कात्तिक,१३-राजदूत नियुक्ति, मन्त्रिमन्डल हेरफेर र कर्णाली प्रदेशको विवादलाई लिएर जारी नेकपाभित्रको विवाद अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको संवादहीनताको अवस्थासम्म पुगेको छ । पार्टीभित्रको विवाद समाधान, पार्टी एकीकरणका बाँकी काम टुंगो लगाउन भन्दै दिनदिनै छलफल हुने गरेको भएपनि पछिल्लो समय अध्यक्षद्वयबीच औपचारिक संवाद नभएको एक साताभन्दा बढी भएको छ । नेकपा कर्णाली प्रदेशको विवाद […]