काठमाडौं,मंसिर,२६-सरकारको अकर्मण्यताविरूद्ध सडकमा ओर्लन लागेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सबै तयारी पूरा गरेको जनाएको छ ।यही मंसिर २९ गते सोमबार गरिने देशव्यापी सडक प्रदर्शनका लागि नेताहरुलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं मै सहभागिता […]
राजनीति
सर्वदलीय बैठक दिउँसो बस्दै:राजावादीहरुको आन्दोलन प्रति दलहरुको चासो
काठमाडौं,मंसिर,२३-प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाउनु भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनु भएको पधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको हो । थापाले सामाजिक सञ्जालमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक प्रधानमन्त्री ओलीले आयोजना गर्नुभएको उल्लेख गर्नुभएको छ । […]
‘धर्म बेच्न पाइँदैन,गणतन्त्र चाहिँदैन’ भन्दै राजावादी सडकमा
काठमाडौं,मंसिर,२०-काठमाडौंमा राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन भएको छ । शनिबार ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले राजतन्त्र पुनःस्थापना, धर्मसापेक्षता र संघीयताको खारेजीको माग गरेका छन् । ठूलो संख्या रहेका सहभागीहरुले राष्ट्रिय झन्डा र पृथ्वीनारायण शाहको तस्वीरसहितको प्लेकार्ड बोकेका थिए । माइतीघर मन्डलाबाट नयाँबानेश्वरसम्म पुगेको र्यालीमा सहभागीहरुले ‘धर्म बेच्न पाइँदैन, गणतन्त्र चाहिँदैन’लगायतको […]
राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट,पार्टीभित्रको संकटबारे भलाकुसारी
काठमाडौं,मंसिर,१८-राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी ओलीले भेटघाट गर्नुभएको छ । बालुवाटार स्रोतले भेट नियमित भएको जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नेताहरुबीच किचलो चुलिएका बेला राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय, शितलनिवास पुग्नुभएको हो । पार्टीभित्र जब जब संकट गहिरिन्छ तब तब प्रधानमन्त्री ओली परामर्शका लागि राष्ट्रपति कार्यालय प्रवेश गर्नुहुन्छ । […]
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
काठमाडौं,मंसिर,१४-नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनु भएको छ।आफ्ना प्रतिद्वन्द्दी किशोर प्रधानलाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा विजयी हुनु भएको हो। शनिवार भएको ५४ औं वार्षिक साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित भएको थियो । महासंघको विधान अनुसार ढकाल अव निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको […]
चीनका रक्षामन्त्री आज नेपाल आउँदै
काठमाडौं,मंसिर,१४-चीनका रक्षामन्त्री जनरल वेई फेङ नेपालको औपचारिक भ्रमणका लागि आज (आइतबार) काठमाडौं आइपुग्दै छन्। चीनका पहिलो वरियताका स्टेट काउन्सिलर वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित अहिले बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। परराष्ट्र मन्त्रालयले शनिबार बिहान सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार काठमाडौं ओर्लेलगत्तै मन्त्री वेई बालुवाटारस्थित चिनियाँ दूतावास पुग्नेछन्। त्यहाँ दिवाभोज गरेपछि […]
नेकपा सचिवालय बैठक सकियो,अर्को बैठक १६ गते बस्ने
काठमाडौं,मंसिर,१३-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ।निकै चासोपूर्वक हेरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको हो । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव वितरण गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिनुभयो । सो प्रस्ताव अध्ययन गरी अर्को बैठक […]
ओलीले ल्याउने प्रस्तावले नेकपाको भविष्य निर्धारण गर्छः प्रचण्ड
काठमाडौं,मंसिर,८-नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले ल्याउने जवाफी राजनीतिक प्रस्तावले पार्टीको भविष्य निर्धारण गर्ने बताउनु भएको छ। सोमबार आफूलाई भेट्न खुमलटार निवास पुगेका स्थायी समिति सदस्यहरुसँग प्रचण्डले पार्टीभित्रको विवाद समाधान हुन्छ या अझ चर्किन्छ भन्ने विषय ओलीको प्रस्तावमा निर्भर रहने बताउनुभयो। ‘म लगायतका सचिवालयका बहुमत सदस्य पार्टी एकता रक्षाकै […]
केही तत्व सरकार ढाल्ने खेलमा लागेः प्रधानमन्त्री ओली
ताप्लेजुङ,मंसिर,८-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताले आत्तिएर केही तत्व सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउनुभएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाइ भवनको सोमबार उद्घाटन गर्दै उहाँले समृद्धि नचाहने तत्व सरकारविरुद्ध खनिएको बताउनुभयो । सरकारको राम्रो काम देखेर केही मानिसलाई असह्य भइरहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुँदैछ भन्ने […]
कैलालीमा राजतन्त्रको माग गर्दै मोटरसाइकल र्याली
कैलाली,मंसिर,४-हिन्दुराष्ट्र पुनःस्थापना तथा संवैधानिक राजतन्त्र स्थापनाको माग गर्दै देशभक्त समाजले कैलालीमा बृहत् मोटरसाइकल र्याली निकालेको छ । बिहीबार कैलालीको धनगढीबाट सुरु गरिएको र्याली कैलालीकै अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोणसभामा परिणत भएको थियो । सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा निस्किएको जुलुस तथा र्यालीमा सयौं युवा तथा समर्थकको सहभागिता रहेको थियो । हिन्दुराष्ट्र पुनःस्थापना, संघीयताको खारेजी […]