काठमाडौं,जेठ,७-अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने गरी सरकारले परिपत्र जारी गरेको छ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार परिपत्र जारी गरेर यस्ता उडानहरूबाट विदेश जान इच्छुक नेपाली […]
वैदेशिक रोजगार
कतार र ग्वान्जाउमा हवाई उडान खुला
काठमाडौं,जेठ,४-सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले ती दुई गन्तव्यमा साताको एक र एक उडान गर्ने गरि हवाई उडान खुला गर्ने निर्णय हो । उडान कहिलेबाट उडान गर्ने भन्ने मिति भने खुलाएको छैन । पछिल्लो समय निषेधाज्ञाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका […]
एनआरएनए क्युस्युद्वारा आयोजित जापानिज भाषा वक्तृत्व कलामा कृष्ण पौडेल प्रथम
फुकुओका जापान चैत्र,१६-जापानिज भाषा वक्तृत्व कलामा मियाजाकी केनबाट सहभागी कृष्ण पौडेल प्रथम भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए जापान) क्युस्यु क्षेत्रीय कार्यसमितिको आयोजनामा जापानको क्युस्यु क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको जापानिज भाषालाई प्रोत्साहन दिनको लागि आयोजित प्रतियोगिताको शनिबार भएको अन्तिम प्रतिस्पर्धामा पौडेलले प्रथम स्थान हासिल गरेका हुन् । त्यस्तै किताक्युस्युबाट सहभागी शंकल्प घलान द्वितीय र […]
नयाँ वर्षको उपलक्ष्यमा जेआरएफद्धारा फोटो कन्टेस्टको आयोजना
फुकुओका,जापान,चैत्र,१२-आउदै गरेको नयाँ वर्ष २०७८ सालको पावन अवसरमा जापान रेमिट फाईनान्स (JRF) ले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत फोटो कन्टेस्ट (PHOTO CONTEST)२०२१ को आयोजना गरेको छ। उक्त प्रतियोगितामा जापान भरी रहनुभएका इच्छुक महानुभावहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।सहभागी हुन चाहाने ईच्छुक व्यक्तीको फोटो संकलन यहि फाल्गुन २७ गते बिहिबार अर्थात (मार्च ११) तारिख देखि सुरु […]
यूएई सरकारले आफ्नो देशमा काम गर्ने विदेशीलाई नागरिकता दिने
काठमाडौं,माघ,१८-नेपालीको पनि श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्ना देशमा काम गर्ने ‘अब्बल’ विदेशी नागरिकलाई नागरिकता दिने भएको छ। आबुधाबीबाट प्रकाशन हुने पत्रिका ‘द नेसनल’का अनुसार खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकलाई यूएई सरकारले नागरिकता दिने कानुन बनाएको हो। कोरोना महामारी र तेलको मूल्य ओरालो लागेका कारण हजारौंको संख्यामा विदेशी नागरिकले आफ्नो मुलुक छाडेर हिँडेपछि यूएई […]
कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि ६ महीना थपिने
काठमाडौं,मंसिर,१८-कोरोना माहामारीका कारण कोरिया जान रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महीना थप्ने निर्णय पनि भएको छ । कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको लकडाउनसँगै […]
इजरायलमा नेपाली कामदार पठाउन ‘प्रोटोकल’ तयार
काठमाडौं,कार्तिक,१८-गत असोजमा इजरायसँग भएको श्रम सम्झौताअनुसार नेपाली कामदार त्यहाँ पठाउन ‘प्रोटोकल’ तयार भएको छ । इजरायल सरकारका प्रतिनिधि र नेपाल सरकारका उच्च अधिकारीहरूबीच १ महीनाको छलफलपछि प्रोटोकल तयार गरिएको हो । प्रोटोकलमा श्रम सम्झौतामा भएका व्यवस्थालाई आधार मान्दै कामदार जाने प्रक्रिया, कामदारको योग्यता, पारिश्रमिक, सेवासुविधालगायत विषय समेटिएको छ । नेपालीहरूलाई रोजगारीका लागि विशेष गरी हस्पिटल […]
शर्मिला गुरुङको स्वरमा अहिले सम्मकै फरक गीत “परदेशीको स्वास्नी” भिडियो सहित
काठमाण्डौं,कार्त्तीक ४-अविरल फिल्म्सको बजार व्यवस्थापन तथा दृश्य निर्माणमा दया गुरुको“परदेशीको स्वास्नी”सोमबार मात्रै सार्बजनिक भएको छ। बजारमा सार्बजनिक गीतहरु भन्दा फरक बिसय बस्तु बोकेको गीतमा हेमराज नेपालीको लय शब्द रहेको छ भने सर्मिला गुरुङ र हेमराज नेपालीकै स्वर रहेको छ। बिनोद बाजुरालीको एरेन्ज रहेको गीतको भिडियो बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन्। भिडियोमा हाम्रै […]
बन्द गरिएको श्रम स्वीकृति सोमवारदेखि पुनः शुरु हुने
काठमाडौं,असोज,१८-कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौंबाट बन्द गरिएको श्रम स्वीकृति सोमवारदेखि पुनः शुरु हुने भएको छ । प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको विभागले बताएको छ । कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि […]
विदेशमा अलपत्र परेका ८० हजार नेपाली स्वदेश फर्किए
काठमाडौं,असोज,१२-कोभिड-१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ जना नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिवारसम्म ३२ ओटा मुलुकबाट उक्त संख्यामा नागरिक नेपाल फर्केका हुन् । स्वदेश फर्कनेहरुमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७ जना छन् भने […]