आज बडा दसैंको दोस्रो दिन, ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदै

काठमाडौं,कार्तिक,२-नेपालीहरुको महान चाड बडा दसैंको दोस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदैछ । नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज ब्रह्मचारिणीको पूजा गरिन्छ । पूजा आजाका लागि बिहानैदेखि शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गरेको छ । नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरुमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा […]

आजबाट बडादशैं शुरु :टीकाको साइत कात्तिक १० गते १० : १९ बजे

काठमाडौं,कात्तिक,१-प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने पर्व बडादसैं शनिवारदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन  घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ ।      नवरात्रको पहिलो दिन […]

रातो मत्स्येन्द्रनाथको रथ आज तानिँदै, स्थानीय जात्रामा सहभागी हुन नपाउने

काठमाडौं,भाद्र,२१-रातो मत्स्येन्द्रनाथको रथ आज तानिने भएको छ ।कोरोना भाइरसबाट जोगिने ‘डब्लुएचओ’ को सम्पूर्ण निर्देशनको पालना गर्दै सामाजिक दूरी कायम गरी आज अपराह्न रथ तान्न लागिएको हो । ललितपुरको पुल्चोकमा रहेको रथलाई तानेर करीब ३० मिटर पर पुर्‍याइने छ । रथ तान्नका लागि १२० जना जम्मा हुने ज्यापू समाजले जनाएको छ । रथ तान्नेहरूको पहिचानका लागि […]

ललितपुरमा ट्राफिक प्रहरी कुट्ने ९ जना पक्राउ

काठमाडौं,भदौ,१८-ललितपुरमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो मच्छिन्द्रनाथको रथ तान्न निस्किएका युवाहरुले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गरेका थिए। कुटपिटमा संलग्नलाई पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको डीएसपी सन्तोष तामाङले जानकारी दिनुभयो । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १६ गावाहालका ४० वर्षीय महेश बज्राचार्य र ४० वर्षीय रविन […]

आज हरितालिका तिज, देशभर मनाईदै

काठमाण्डौ,भदौ,५-आज हरितालिका तिज ।नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज देशभर एकै साथ  मनाईदैछ ।भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्वउमा महेश्वरको पूजाराधना गरी मनाईने गरिन्छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी माता पार्वतीले शिव भगवानलाई पति पाउ भनी तीजमा पानीसमेत नखाई व्रत बसी शिवलाई पति स्वरूपमा प्राप्त गरेकोले आज हिन्दु नारीहरु पतिको लामो […]

लोकबाजा सम्बन्धी पाठ्यसामग्री तयार गरिने

काठमाडौँ,साउन,२३-नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको छ । प्रज्ञा-प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक, परिचयात्मक र व्यावहारिक ज्ञान  दिन यही वर्षभित्र पाठ्यसामग्री तयार गरी प्रकाशन गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “टुङ्ना, सारङ्गी, सहनाइ, खैजँडी, मादल, च्याबु्रङ, डम्फु, ढोल, मुरली, […]

आज जनै पूर्णिमा पर्व: देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै

काठमाडौं,साउन,१९-आज देशभर जनै पूर्णिमा पर्व अर्थात रक्षाबन्धन मनाईदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण […]

रातो मच्छिन्द्रनाथको रथारोहण हुँदै

काठमाडौं,साउन,१०-‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज(शनिबार) हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो । रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले […]

आज नाग पञ्चमी पर्व मनाईदै

काठमाडौं,साउन,१०-आज हिन्दु धर्मालम्बीले नाग पञ्चमी पर्व मनाउँदैछन्। साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने प्रचलन छ। नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल ढोकामा टाँसेर नागप्रति श्रद्धा व्यक्त गर्ने गरिन्छ। घरमा नागको तस्बिर टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता […]

पर्सामा २ वर्षे शिशु सहित १७ जनामा संक्रमण,संक्रमीतको संख्या ९९ पुग्यो

काठमाडौं,वैशाख,२४-नेपालमा बुधबार थप नयाॅं १७ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ।   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन्। संक्रमीत व्यक्ती सबै पर्सा […]