बडादशैंको आज सातौं दिन : घरघरमा फूलपाती भित्र्याईदै

काठमाडौं,असोज,१८- आज वडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् ।सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ । आजकै दिन हनुमानढोकास्थित दशैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्रयाउने चलन छ ।फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका […]

बडादशैं अन्तर्गत नवरात्रीको छैटौं दिन : आज कात्यायनी माताको पूजा गरिदै

काठमाडौं,असोज,१७- बडादशैं अन्तर्गत नवरात्रको छैटौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । यस दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ । काठमाठौं उपत्यकाका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत […]

बडादशैं अन्तर्गत नवरात्रीको पाँचौ दिन : आज स्कन्दमाताको पूजा गरिदैं

काठमाडौं,असोज,१६- बडा दशैंअन्तर्गत नवरात्रीको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गर्दैछन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले […]

बडादशैंको आज चौथो दिन : कुष्माण्डाको पूजा आराधना गरिंदै

काठमाडौं,असोज,१५- बडादशैंको चौथो दिन आज दसैं घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नवदुर्गामध्येकी चारौँ देवी कुष्माण्डाको पूजा आराधना गरी मनाइँदै छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।उष्ण र शीतललाई समभाव […]

बडादशैंको आज तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिंदै

काठमाडौं,असोज,१४- वडा दशैंको तेस्रो दिन आज पनि घरघरमा दुर्गा भवानीको पूजा गरिदैँछ।नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाइदै छ ।देशभर रहेका देवीका मन्दिरमा पूजापाठ गर्नेहरुको भीडभाड छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो […]

बडादशैँको आज दोस्रो दिन : ब्रह्मचारिणी भगवतीको पूजा गरिँदै

काठमाडौं,असोज,१३- बडादशैंको दोस्रो  दिन आज ब्रह्मचारिणी भगवतीको पूजा गरिँदैछ ।बडादशैं अन्तर्गत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रह्मचारिणी भगवतीको पूजा गर्ने प्रचलन रहेको छ ।घटस्थापना गरेसँगै नवदुर्गाका ९ ओटा रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । नवरात्रका ९ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्मान्डा, पाँचौं दिन स्कन्दमाता, छौटौं दिन […]

नेपालीको महान् पर्व बडादशैँ शुरू: आज घटस्थापना, घरघरमा जमरा राखिँदै

काठमाण्डौं,असोज,१२- प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान चाड यस वर्षको वडा दशैं आजबाट शुरु भएको छ ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । वडा दशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिदैंछ।बिहान १० बजेर ३५ मिनेटको शुभ साइतमा घरघरमा घटस्थापनासहित जमरा राखिँदै छ […]

आज हरितालिका तीज पर्व देशभर मनाइदै

काठमाण्डौ,भदौ,१६- नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज आज मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । तीजको अघिल्लो दिन दरखाने र त्यसको भोलिपल्ट ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्र शुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन […]

कानुन संकायका विद्यार्थीद्वारा आयोजित तीज कार्यक्रम भिन्नै तरिकाले सम्पन्न

नेपालगन्ज,भाद्र,१३- त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको अायोजनामा हरितालिका तीज कार्यक्रम भिन्नै तरिकाले मनाएर सम्पन्न गरेका छन् । नेपालगन्जमा रहेको स्वस्तिक कटेजको सभाहलमा गरिएकोमा कार्यक्रम दर खुवाउनुका साथसाथै केही बिशिस्ट व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियोे । कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत ७२ वर्षका विद्यार्थी बलभद्र वलीको […]

आज जनैपूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाइँदै

काठमाडौं,साउन,३०- आज श्रावण शुल्क पूर्णिमा अर्थात जनै पूर्णिमा । यस दिनलाई रक्षाबन्धन र ऋषि तर्पणी पर्व पनि भन्ने गरिन्छ । यस हिन्दू धर्माबलम्बीहरुको तागाधारी समुदायले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै […]