काठमाडौं,कार्तिक,५-बडा दशैंअन्तर्गत नवरात्रको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरि मनाउंदै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र […]
संस्कृती,धर्म
दसैंको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिदैं
काठमाडौं,कार्तिक,४-बडा दसैंको चौथो दिन आज देवी कुष्माण्डाको पूजा आराधना गरि मनाइँदै छ । दसैं घर तथा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको पूजा आराधना गरिन्छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख […]
वडा दसैंको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिदैं
काठमाडौं,कार्तीक,३-वडा दसैंको तेस्रो दिन आज पनि घरघरमा दुर्गा भवानीको पूजा गरी मनाइँदै छ । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाइँदै छ । देशभर रहेका देवीका मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो […]
आज बडा दसैंको दोस्रो दिन, ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदै
काठमाडौं,कार्तिक,२-नेपालीहरुको महान चाड बडा दसैंको दोस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदैछ । नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज ब्रह्मचारिणीको पूजा गरिन्छ । पूजा आजाका लागि बिहानैदेखि शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गरेको छ । नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरुमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा […]
आजबाट बडादशैं शुरु :टीकाको साइत कात्तिक १० गते १० : १९ बजे
काठमाडौं,कात्तिक,१-प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने पर्व बडादसैं शनिवारदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । नवरात्रको पहिलो दिन […]
रातो मत्स्येन्द्रनाथको रथ आज तानिँदै, स्थानीय जात्रामा सहभागी हुन नपाउने
काठमाडौं,भाद्र,२१-रातो मत्स्येन्द्रनाथको रथ आज तानिने भएको छ ।कोरोना भाइरसबाट जोगिने ‘डब्लुएचओ’ को सम्पूर्ण निर्देशनको पालना गर्दै सामाजिक दूरी कायम गरी आज अपराह्न रथ तान्न लागिएको हो । ललितपुरको पुल्चोकमा रहेको रथलाई तानेर करीब ३० मिटर पर पुर्याइने छ । रथ तान्नका लागि १२० जना जम्मा हुने ज्यापू समाजले जनाएको छ । रथ तान्नेहरूको पहिचानका लागि […]
ललितपुरमा ट्राफिक प्रहरी कुट्ने ९ जना पक्राउ
काठमाडौं,भदौ,१८-ललितपुरमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो मच्छिन्द्रनाथको रथ तान्न निस्किएका युवाहरुले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गरेका थिए। कुटपिटमा संलग्नलाई पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको डीएसपी सन्तोष तामाङले जानकारी दिनुभयो । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १६ गावाहालका ४० वर्षीय महेश बज्राचार्य र ४० वर्षीय रविन […]
आज हरितालिका तिज, देशभर मनाईदै
काठमाण्डौ,भदौ,५-आज हरितालिका तिज ।नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज देशभर एकै साथ मनाईदैछ ।भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्वउमा महेश्वरको पूजाराधना गरी मनाईने गरिन्छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी माता पार्वतीले शिव भगवानलाई पति पाउ भनी तीजमा पानीसमेत नखाई व्रत बसी शिवलाई पति स्वरूपमा प्राप्त गरेकोले आज हिन्दु नारीहरु पतिको लामो […]
लोकबाजा सम्बन्धी पाठ्यसामग्री तयार गरिने
काठमाडौँ,साउन,२३-नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको छ । प्रज्ञा-प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक, परिचयात्मक र व्यावहारिक ज्ञान दिन यही वर्षभित्र पाठ्यसामग्री तयार गरी प्रकाशन गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “टुङ्ना, सारङ्गी, सहनाइ, खैजँडी, मादल, च्याबु्रङ, डम्फु, ढोल, मुरली, […]
आज जनै पूर्णिमा पर्व: देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै
काठमाडौं,साउन,१९-आज देशभर जनै पूर्णिमा पर्व अर्थात रक्षाबन्धन मनाईदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण […]







