नेपालगंजमा पनि अब बाजा नेपाल

नेपालगन्ज,जेष्ठ ,२३- काठमाडौँको बाजा नेपाल र नेपालगंजको उडान नेपालबीच गत जेष्ठ १२ गते नेपालगंजमा पनि बाजा तथा संगीत सम्बन्धि उधमशिलता बिकाश गर्ने सम्झौता भएको छ । काठमाडौँको सामाखुसीमा रहेको बाजा नेपाल पिछडिएका बाजा बजाउन जान्ने संगीतकर्मीहरुलाइ रोजगार बनाउने लक्ष्य लिएको संस्था हो । यसैगरी उडान नेपाल युबाहरुको नेतृत्व तथा ब्यक्तित्व बिकाश नारा बोकेको संस्था हो […]

सामाजिक तथा धार्मिक सदभाव भएको गाउँपालिका बनाउन चाहन्छु : कक्षपति

खजुरा ,जेष्ठ,२३- बाँकेको खजुरामा ईद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । विभिन्न धार्मिक तथा सामाजिक अगुवाहरुको सहभागितमा सम्पन्न कार्यक्रमा धार्मिक सदभावका कारण समाजमा आत्मियता बढेको भन्दै चर्चा गरिएको थियो । मोल्बी आकिल अलिको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ५ का सभासद बाबुराम गौतमले सबै धर्मले सदभाव कायम गर्न सहयोग पुगेको बताए । […]

नर्सिङ दिवसको अवसरमा खाजा खर्च कटौती गरि नर्सले गरे बिरामीहरुलाई फलफूल वितरण

नेपालगन्ज , बैशाख, २९- अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आइतबार (आज) नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत नर्सिङ कर्मचारीहरुले खाजा खर्च कटौती गरेर अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेका छन् । १९९ अौं अन्तर्राष्ट्रिय नर्सिङ दिवस अाज देशका बिभिन्न ठाउँहरुमा कार्यरत नर्सिङ कर्मचारी , विद्यार्थी , शिक्षक सबैले अा अाफनो पायक पर्ने ठाउँमा उक्त […]

नर्वदेश्वर महादेव मन्दिरको वार्षिकोत्सव भव्यताका साथ मनाइयो

नेपालगन्ज,बैशाख,१५- नर्वदेश्वर महादेव मन्दिरको वार्षिकोत्सव भव्यताका साथ नेपालगन्जमा मनाइएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा रहेको नर्वदेश्वर महादेव मन्दिरको शनिबार विभिन्न कार्यक्रम गरी वार्षिकोत्सब मनाइएको हो। शनिबार ७ बजे नेपालगन्जका न्युरोड पेरीफेरीमा कलश यात्रा गरी, त्यसपछि मन्दिर परिसरमा होम र साझ ४ बजे सर्वसाधारणहरुका लागि प्रसाद ग्रहणका लागि भण्डारा लगाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष […]

शनि संकटा मन्दिर निर्माणका लागि नेपालगन्ज १२ मा उपभोक्ता समिती गठन

नेपालगन्ज,चैत्र,१९- नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १२ स्थित चिल्ड्रेन पार्क नजिक रहेको शनि संकटा मन्दिर निर्माण गर्नको लागि मंगलबार उपभोक्ता समिती गठम गरिएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष बुद्दी सागर सुवेदिको अध्यक्षतामा मंगलबार वडा १२ अगुवा बुद्धिजीवीहरुको भेलाले समितिको अध्यक्षमा नारायण प्रसाद शर्मालाई चयन गरेको हो। त्यस्तै उपाध्यक्षमा टंकनाथ पौडेल ,सचिवमा हरिबाबु […]

आज होली पर्व मनाईदै ,तराईमा भोलि मनाईने

काठमाण्डौं,चैत्र,६- फागुन शुक्ल पूर्णिमाका दिन आज बुधबार रङहरूको चाड फागुपूर्णिमा अर्थात होली मनाईंदैछ । तराई भेगमा भने बिहिबार भव्यताका साथ होली मनाइन्छ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाडमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका दहन […]

आज मगर दिवस : देश विदेशमा एकै साथ मनाईदै

काठमाण्डौं,फाल्गुन,१५- आज मगर दिवस देश तथा विदेशमा एकै साथ धुमधामका साथ मनाईदै छ । फागुन १५ गतेलाई आदिबासी मगर जनजातिले आफ्नो सामाजिक, धार्मिक, सांस्कृतिक, साङ्गठनिक तथा राजनितिक चाडको रुपमा मनाउने गर्दछन् । विश्व भरिका सम्पुर्ण मगरहरुको ऐक्यबद्धतालाई संस्थागत स्वरुप प्रदान गर्न र सम्पुर्ण मगरहरुको हक अधिकारलाई सुनिश्चितता प्रदान गर्न वि.सं. २०३९ साल फागुन १५ गते नेपाल […]

महाकालेश्वर सेवा समितिद्वारा निशुल्क धार्मिक कार्यक्रम गर्दै

नेपालगन्ज,फाल्गुन,१०- महाकालेश्वर भजन कृतन मण्ड्ली तथा सेवा समितिले करिव २२ वर्ष देखि निशुल्क धार्मिक कार्यक्रम गर्दै आएको छ। उक्त समितिले बिशेष गरि हिन्दु धर्मको संरक्षण तथा प्रबर्द्धनका लागि समाजमा धार्मिक कार्यक्रम गर्दै आईरहेको संस्थाका संयोजक भुवन ढकालले जानकारी दिए। साथै कुनै व्यक्ति, वर्ग,समुह संस्थालाई कुनै किसिमको धार्मिक कार्य गर्नु परेमा जो सुकैले पनि समितिको मोबाईल […]

व्यक्तिगत लगानीमा सरस्वतीको मुर्तिसहित मन्दिर निर्माण

नेपालगंज,माघ,२७- श्री माध्यमिक बिद्यालय जोगागाउँमा एक जना शिक्षकले आफ्नो व्यक्तिगत लगानीमा सरस्वती माताको मुर्ति स्थापना गरेका छन् । बाँकेको जानकी गाउँपालिका वडा नं.२ मा रहेको सो बिद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक अतुल कुमार पाठकले आफ्नो व्यक्तिगत लगानीमा मुर्ति स्थापना गर्नुभएको हो ।आइतबार श्रीपञ्चमी (सरस्वती पुजा) को अवसरमा उक्त मुर्तिको स्थापना गरिएको छ । शिक्षक पाठकले […]

माघीको अवसरमा मारवाडी युवा मञ्चद्धारा रक्तदान

बाँके,माघ,२- माघीको अवसरमा मारवाडी युवा मञ्च नेपालगञ्जले रक्तदान कार्यक्रम गरेको छ । मंगलबार माघीकै दिन आयोजना गरिएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । मञ्चका सदस्य सुनिल कुमार सिंघलका अनुसार हिन्दु तथा मुस्लिम दुबै समुदायका व्यक्तिले रक्तदान गरेका छन् । कार्यक्रममा मारवाडी समुदायका महिलाहरुले समेत रक्तदान गरेका छन् । डा. पियुस कनोडियाको संयोजकत्वमा गरिएको कार्यक्रममा […]