आज कुकुर तिहार र लक्ष्मी पूजा संगै मनाईदै

काठमाडौँ,कार्तिक,७-आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेकोले बिहान कुकुर तिहार र बेलुकी लक्ष्मी पूजा मनाइँदैछ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्ने भएपनि यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको नेपाल पञ्चांग निर्णायक समितिले  जनाएको छ। आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो […]

यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदै

काठमाडौं,कार्तिक,६-हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडादशैं सकिएसँगै आजवाट नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार पर्व सुरु भएको छ। आज देशभर काग तिहार मनाइँदै छ । यो वर्ष यमपञ्चक शनिबारदेखि नै सुरु भए पनि काग तिहार भने आज आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले […]

टीकाको दोस्रो दिन आज : मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं,असोज,२०-टीकाको दोस्रो दिन आज बिहीबार पनि टीका लगाउने क्रम जारी छ । बुधबार टिका लगाउन नपाएकाहरुले बिहीबार पनि मान्यजन र आफन्तको हातबाट टिका लगाउने प्रचलन छ । बिहीबार बिहानैदेखि काठमाडौंलगायत विभिन्न स्थानमा टीका थाप्न जानेको घुइँचो रहेको छ । बुधबार बिहान साइतमा टीका लगाएपनि टाढा रहेका आफन्तकहाँ टीका लगाउने जाने क्रम कोजाग्रत पूर्णिमासम्म रहन्छ । […]

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५१ बजे

काठमाडौं,असोज,१९-आज नेपालीहरुको महान चाड विजया दशमी! अर्थात बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाई हर्षोल्लासका साथ मनाईदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका […]

महानवमी पर्व हर्षोल्लासपूर्वक मनाईदै

काठमाडौं,असोज,१८-बडा दशैंको नवौं दिन अर्थात् आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज मंगलबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । महानवमीका दिन दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइने परम्परा छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष […]

दशैं मनाउन १७ लाखले छाडे काठमाडौं, अझै २ लाख सर्वसाधारण घर फर्कन बाँकी

काठमाडौं,असोज,१७- काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महीनाको शुरुदेखि फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दशैं मनाउन आ–आफ्नो घर गएका हुन् ।            विगत दुई वर्ष कोभिडका कारण दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो । उपत्यकाबाट […]

आज महाअष्टमी : दुर्गा भवानीको विशेष आराधना गर्दै

काठमाडौं,असोज,१७-बडादशैंको आठौं दिन आज सोमबार महाअष्टमी पर्व । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्वमा दुर्गा भवानीको भव्यरुपमा पूजाआराधना गरि मनाइन्छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।   आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु […]

दशैंघर तथा शक्तिपीठमा फूलपाती भित्र्याइँदै

काठमाडौं,असोज,१६-आज बडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार आज आइतबार घरघरमा फूलपाती भित्रयाउँदै छन् । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ। तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ । यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई […]

आज नवरात्रको छैठौं दिनः कात्यायनी देवीको पूजा गरिदैं

काठमाडौं,असोज,१५-आज नवरात्रको छैठौं दिन विभिन्न शक्तिपीठ र घरमा कात्यायनी देवीको पूजा आराधना गरिन्छ। हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनी हो। अमरकोषमा पार्वतीको दोस्रो नामलाई कात्यायनी भनिएको छ। स्कन्द पुराणका अनुसार परमेश्वरको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको उल्लेख छ। उनैले सिंहमाथि सवार भएर महिषासुर नामक राक्षसको बध गरेको शास्त्रहरुमा उल्लेख छ। कात्यायनी माताको श्रद्धा एवं भक्तिले […]

आज दशैँको चौथो दिनःआज कुष्माण्डा देवीको पूजा राधना गरिदैं

काठमाडौँ,असोज,१३-नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिदैं छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ।नवरात्रको पहिलो दिन कात्तिक १ गते दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली […]