आज महाशिवरात्री पर्व मनाइँदै

काठमाडौं,फाल्गुन,६-फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी शनिबार देशभर मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन्। पुराणहरूमा कालरात्रि, मोहरात्री, सुखरात्री र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने […]

आज श्रीपञ्चमी:देशभर सरस्वतीको पूजा-आराधना गरि मनाईदै

काठमाण्डौं,माघ,१२-देशभर आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ।हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ। विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ-आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन्। सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको […]

मिथिलाञ्चलमा हलो र गोरुको पूजा गरिँदै

काठमाडौं,माघ,१२-वसन्त पञ्चमीको अवसरमा बिहीबार मिथिलाञ्चलमा हलो र गोरुको पूजा गरिँदैछ। मिथिलाञ्चलमा बिहीबार कृषि कार्यको सुरुवात गर्ने दिन मानेर कृषकले बिहानै हलो र गोरुको पूजा गर्ने गर्दछन्।आँगनमा गाईको गोबरले लिपेर अक्षता, फूल, लड्डुलगायत सामाग्रीले हलोको पूजा गर्ने चलन छ।गोरुलाई पनि नुहाइदिएर रंगीचंगी डोरी र माला लगाएर पूजा गरिन्छ । वसन्त पञ्चमीको दिनमा कृषकले अरवा चामलमा सख्खर […]

आज माघे संक्रान्ती पर्व देशभर मनाईदै

टोकियो जापान,माघ,१-आज माघे संक्रान्ति पर्व देशभर मनाइँदैछ।मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रन्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ।माघ १ देखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन्। उत्तरायण भएपछि शुभकर्म गर्न […]

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु

टोकियो,जापान,पुष,१७-आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२३ शुरु भएको छ।वर्षको पहिलो दिन नयाँ जोस, जाँगर र उमंग सहित विश्वभर नयाँ वर्षको स्वागत गरिदै छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को विदाइ गरी २०२३ सालको स्वागतमा नेपाल सहित विश्वभर नै हर्षों उल्लासका साथ शुभकामना आदानप्रदान र विभिन्न मनोञ्जनात्मक कार्यक्रम गरी नयाँ वर्ष मनाइदैछ । इसाइ धर्मका […]

तेह्रथुममा लिम्बु समुदायले आज चासोक पर्व हर्षोल्लासका साथ मनाउँदै

तेह्रथुम,मंसिर,२२-पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायले आज (बिहिबार) चासोक पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् । सोहि समुदायलाई प्रकृति पुजको रूपमा लिईन्छ।लिम्बु समुदायको आफ्नै मौलिक पर्वहरू रहेका छन्।मौलिक पर्वहरू मध्ये चासोक तङनाम आर्थत (न्वागीपूजा) पनि एक हो।यो पर्व अन्नबाली पाकेर प्रकृतिलाई चढाउन सुरु भएसँगै चासोक सुरु हुन्छ।खेतबारीमा अन्नबाली लगाउँदा याक्वा गरी अर्थात प्रकृतिलाई अनुमति मागी […]

आज बाला चतुर्दशी पर्व मनाइँदै

काठमाडौं,मंसिर,६-आज मंगलबार बाला चतुर्दशी पर्व मनाइँदै छ । प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका दिन पितृहरुको सम्झनामा हिन्दु धर्माबलम्बीहरुले सतबीज छरेर यो पर्व मनाउने गर्छन् । पशुपतिनाथ लगायत देशका विभिन्न तीर्थस्थलहरुमा मंगलबार बिहानदेखि नै सतबीज छर्ने भक्तजनहरुको भीड लागेको छ । यो पर्वमा भक्तजनहरुको पशुपतिनाथमा विशेष भीड लाग्ने गर्दछ ।

आज भाइटीका : उत्तम साइत ११:३७ पाँच रङको मात्रै टिका लगाउनु पर्ने विज्ञको भनाइ

काठमाडौं,कार्तिक,१०-प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया […]

आज तिहारको चौथो दिन गाई, गोरु, हलिको पुजा गरि मनाईदै

काठमाडौँ,कार्तिक,८-नेपालीहरुको महान चाड यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको शास्त्रमा उल्लेख गरिएको छ […]

आजको राशिफल ।। कार्तिक ८ गते मंगलवार

काठमाडौं,कार्तिक,८-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको ८ गते मंगलवार, (अक्टोवर २५ तारिख) कार्तिक कृष्ण औंसी तिथी ।आज गोरु पुजा/खण्डग्रास सूर्यग्रहण लाग्ने !! आज कार्तिक ८ गते मंगलवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिनअधुरो काम पूरा नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । प्रिय व्यक्तिबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक […]