आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं,असोज,१४-नेपालले आज माल्दिभ्ससँग भिड्दैछ।चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा मङगोलियाविरुद्ध कीर्तिमानी जीत निकालेको नेपाल आइतवार माल्दिभ्ससँग भिड्न लागेको हो। खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे शुरू हुँदैछ।गत असो १० गते नेपालले मंगोलियाविरुद्ध कीर्तिमानी २७३ रनको जीत हात पारेको थियो।यसअघि चेक रिपब्लिकले सन् २०१९ मा टर्कीविरुद्ध सर्वाधिक २५७ रनको फराकिलो जीत हात पारेको थियो। […]

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर गए अस्ट्रेलिया

काठमाडौं,असोज,१२-नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अष्ट्रेलिया पलायन भएका छन्।उनी देश छोडेर अष्ट्रेलियातर्फ प्रस्थान गरेको तस्वीर गोलनेपाल डटकमले सार्वजनिक गरेको छ।  एक दशक भन्दा लामो समयदेखि राष्ट्रिय टोलीका सदस्य रहेका विमल शुक्रबार अस्ट्रेलिया गएका हुन्।एन्फा एकेडेमीका उत्पादन उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए। उनी मच्छिन्द्र क्लबबाट सहिद स्मारक […]

मंगोलियामाथि नेपालको २ सय ७३ रनको शानदार जित

काठमाडौं,असोज,१०-नेपालले एसियन गेम्समा मंगोलियामाथि २ सय ७३ रनको फराकिलो जित निकालेको छ। हान्जाओमा पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट डेब्यु गरेको मंगोलियामाथि नेपालले शानदार जित आत्मसाथ गरेको हो।  नेपालले प्रस्तुत गरेको ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा समेटिएको छ।  मंगोलियालाई सस्तैमा समेट्न करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी, दिपेन्द्र […]

टी-२० आईमा कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमै शतक प्रहार

काठमाडौं,असोज,१०-नेपालका  युवा ब्याटर कुशल मल्लले टी-२० क्रिकेट इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने रेकर्ड बनाएका छन्।  १९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध कुशलले ३४ बलमा शतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका हुन्। कुशल ४३ बलमा छक्का र चौकासहित १ सय १६ रनमा क्रिजमा छन्। यसअघि टी-२० मा सर्वाधिक छिटो शतक ३५ बलमा थियो। भारतका रोहित शर्मा, दक्षिण […]

नेपालले दियो मंगोलियालाई ३१५ रनको विशाल लक्ष्य

काठमाडौं,असोज,१०-१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले मङगोलियालाई ३१५ रनको विशाल लक्ष्य दिएको छ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा मात्र ३ विकेट गुमाएर ३१४ रन बनाएको हो। नेपालका लागि कुशल मल्लले सर्वाधिक १३७ रन बनाए।उनले मात्रै ५० बलमा १३७ रन बनाए।१३७ रन बनाउने क्रममा उनले ८ चौका र १२ छक्का प्रहार गरे।  यस्तै कप्तान […]

काठमाडौं आसपासका गन्तव्य उजागर गर्दै सोट्टो नेपाल

काठमाडौं,असोज,८-आन्तरिक पर्यटन प्रवद्र्धनको शिलशिलामा देशव्यापी ख्याती कमाएको सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालले काठमाडौंबाट नजिकको दूरीमा रहेको सुन्दरीजल देखी सिन्धुपाल्चोकको धाप ड्यामसम्मको एक दिवसीय पदयात्रा-२०८० गरेको छ। लुकेका गन्तव्यलाई उजागर गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पर्यटन संस्था सोट्टो-नेपालले सरकारका विभिन्न निकायसँगको सहकार्यमा काठमाडौंदेखि सिन्धुपाल्चोकसम्मको गन्तव्यलाई उजागर गर्ने काम गरेको हो।२७ […]

आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि

काठमाडौं,असोज,५-आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ। शुक्रबार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो।तर, राहत शिक्षकहरुले भने सहमतिप्रति असन्तुष्टि जनाएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षकहरुले उठाएका माग सम्बोधन गर्ने सहमति भएको जानकारी दिनुभयो।उहाँले संसदको प्रक्रियालाई मान्दै शिक्षकहरुले उठाएका माग […]

आज हरितालिका तीज पर्व मनाईदै

काठमाडौं,असोज,१-आज हरितालिका तीज पर्व,नेपाली हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ।हिजो आइतबार दर खाएर बसेका महिलाहरु आज सोमबार दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन्। तीजमा पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको बिहानैदेखि भीड लागेको छ।यस पर्वमा […]

भारतलाई एसिया कपको उपाधि

काठमाडौं,भदौ,३१-भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । सामान्य ५१ रनको लक्ष्यलाई ६.१ ओभरमा पूरा गर्दै भारतले एसिया कपको उपाधि जितेको हो।सामान्य रनको लक्ष्य पछ्याएको भारतले श्रीलंकामाथी १० विकेटले विजयी भयो।एसिया कपमा भारतको यो आठौं उपाधिसमेत हो। भारतलाई जिताउन टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाका ब्याटिङ लाइनअप ध्वस्त बनाउने क्रममा भारतीय फास्ट बलर मोहम्मद शिराजले […]

आज तीजको दर खाने दिन

काठमाडौं,भदौ,३१-नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज आइतबारबाट सुरु भएको छ । भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म चार दिन मनाइने तीज पर्वको पहिलो दिन आइतबार घर घरमा दर खाने गरिन्छ।माइती घरमा आएका चेलीबेटीहरुलाई मीठा मीठा परिकार बनाएर दर खुवाउने चलन छ। तीजको व्रत बस्नेहरुलाई मीठा मीठा र अडिलो परिकार खुवाउने गरिन्छ।दर खाएसँगै औपचारिक रुपमा सुरु […]