टोकियोमा क्षत्री दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम गरिदै

टोकियो,असोज,१७-जापानको टोकियोमा पहिलो पटक क्षत्री दिवस मनाईने भएको छ।

क्षत्री समाज नेपाल, जापान शाखाले अक्टोवर ६ तारिख आइतबारका दिन दिवस मनाउन लागेको हो।

यस्तै दिवसको अवसरमा दशैं-तिहारको शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रम समेत गरिने अध्यक्ष नरेश बहादुर जिसीले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।

सिनओकोबु स्थित बारकाँडे रेष्टुरेण्टको हलमा हुने कार्यक्रममा क्षत्री समाजका लागि योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिने आयोजकले जनाएको छ।

उक्त कार्यक्रमको अवसरमा स्थानीय कलाकारहरुले विभिन्न सांगीतिक प्रस्तूती समेत दिनेछन्।

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक सुर्य खड्का, बिशाल क्षेत्री, शिबा केसी, समिना खड्का लोहनी र प्रेमकुमार बस्नेत लगायतको प्रस्तुति रहनेछ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समाजले जनाएको छ।

नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरि क्षत्री दिवस मनाउॅंदै आईरहेको छ।

जापानमा भने करिब १ महिनाअघि मात्रै क्षत्री समाज गठन गरिएको थियो।