जुम्लाको अर्गानिक स्याउले नेपालगञ्जमा बजार लिंदै

नेपालगञ्ज,भदौ,१९-अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ ।नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै विक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ धेरै देखिन्छ । नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ विक्रीमा व्यस्त छन् । जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तो पर्ने गरेको […]

एमालेका अध्यक्ष ओली भए अस्वस्थ्य,भेटघाट कार्यक्रम बन्द

काठमाडौं,भदौ,१९-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनु भएको छ । ओली अस्वस्थ भएपछि आज हुने सम्पुर्ण औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ । पछिल्लो समयको धपेडीका कारण हल्का ज्वरो आएको प्रेस संयोजक रामशरण बजगाईंले बताउनुभयो । बजगाईंकाअनुसार ज्वरो आएका कारण शनिबारको सबै कार्यक्रमहरु र भेटघाट बन्द गरिएको छ ।

पार्टी परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गरेकालाई माओवादीले उचित जिम्मेवारी दिने

काठमाडौं,भदौ,१९-नेकपा माओवादी केन्द्रले विभिन्न पार्टी परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गरेकालाई उचित जिम्मेवारी दिने भएको छ । विगतमा पार्टी प्रवेश गरेकालाई उचित जिम्मेवारी दिने गरेपनि माओवादीले पछिल्लो पटक पार्टीमा भएको कार्यविभाजनका क्रममा कोही छुटेको भए त्यसलाई सच्याउने प्रतिवद्धता जनाएको छ । माओवादी केन्द्रका अनुसार पार्टी केन्द्रले इन्चार्ज अध्यक्ष तथा मातहतका समितिका पदाधिकारीलाई परिपत्र गरेर जिम्मेवारी […]

निजगढ रतनपुरीमा एमालेको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण हुने

बारा,भदौ,१८-बाराको निजगढ रतनपुरीमा शनिबार नेकपा एमालेको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण हुने भएको छ ।नेपाल कम्युनिष्ट पार्टि एमाले निजगढ नगर कमिटि बाराको बृहत कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो । नेपाल कम्युनिष्ट पार्टि एमाले निजगढ नगर कमिटीले आयोजना गर्न लागेको उक्त बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज नेकपा एमालेका केन्द्रीय सदस्य […]

गृहमन्त्री खाण र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

काठमाण्डौं,भदौ,१८-गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) बिच शुक्रबार भेटवार्ता भएको छ।  भेटमा सरकारसँग भएको ३ बुँदे सहमतीको कार्यान्वयन, नेकपाका बन्दी नेता/कार्यकर्ताको रिहाइ, दार्चुला घटना, एमसीसी र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भएको प्रकाण्डले बताउनुभयो। यस्तै गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा छलफल […]

नेपाली कांग्रेसको ३५ जिल्लामा वडा अधिवेशन सम्पन्न

काठमाडौं,भदौ,१८-नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि शुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन हुनुपर्नेमा शुक्रबार ३५ जिल्लामा अधिवेशन भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ५६ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएकोमा बाँकीमा २३ गतेभित्र वडा अधिवेशन हुने गरी मिति तय गरिएको छ । निर्वाचन समितिका अनुसार प्रदेश […]

वामदेव गौतमले परित्याग गरे एमाले

काठमाडौं,भदौ १८-नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गर्नुभएको छ ।गौतमले शुक्रबार एमाले केन्द्रीय कार्यालय थापाथलि पुगेर एमालेका सबै पदबाट राजीनामा दिनुभएको हो । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाउनुभएको हो । गौतमले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘म आफैं संलग्न भएर निर्माण […]

नेपालले भारतमाथि ६ वर्षपछि गर्यो गोल तर खेल बराबरी

काठमाडौं,भदौं,१७-नेपाल र भारतबीचको मैत्रिपूर्ण फुटबल बराबरीमा सकिएको छ । खेलमा दुबै देशका खेलाडीले एक एक गोल गरेका हुन् । पहिलो गोल भारतविरुद्ध नेपालका अञ्जन विष्टले गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ३६ औं मिनेटमा नेपालका विष्टले पहिलो गोल गरेका हुन् । विष्टको गोलबाट नेपालले अग्रता लिए पनि त्यसलाई अन्तिमसम्म टिकाउन भने सकेन र […]

सुनको मूल्य घट्यो

काठमाण्डौं,भदौ,१७-आज बिहीबार सुनको मूल्य घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको हो।  बुधबार ९१ हजार प्रतितोलामा कारोबार भएको थियो। चाँदीको मूल्य भने बढेको छ। बुधबार १ हजार १ सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको छ।

जापानले अफगानिस्तानबाट दूतावास कतार सार्ने

एजेन्सी,भदौ,१७-जापान सरकारले अफगानिस्तानमा रहेको आफ्नो दूतावासको काम कतारबाट गर्ने भएको छ । जापानका विदेश मन्त्री तेशिमित्सु मोतेगीले अफगानिस्तानमा रहेको जापानको दूतावासको काम कतारको राजधानी दोहाबाट गराउने तयारी भइरहेको पुष्टि गर्नुभएको हो । तालिबान विद्रोहीले अफगानिस्तानको सत्ता कब्जा गरेसंगै राजनीतिक अन्यौल सृजना भएकाले विदेशी कूटनीतिक निकायहरूले अफगानिस्तानबाट दूतावासको काम गर्न असहज भएको भन्दै आएका छन् । […]