दसैँसम्ममा भूकम्प पीडितले नयाँ घर बनाइसक्ने

काठमाडौँ,साउन,१५- भूकम्पका कारण घर भत्केका तर विभिन्न कारणले सर्वेक्षणमा नाम छुटेका पीडितको गुनासो सम्बोधन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यसै महिनाको अन्तिमदेखि सर्वेक्षणका लागि इन्जिनियर लगायतका प्राविधिकलाई खटाउनेभएको छ । विभिन्न जिल्लाबाट प्राप्त यस्ता गुनासा सम्बोधनका लागि साउन महिनाको अन्तिम सातादेखि प्राधिकरणले करिब तीन सय प्राविधिक तथा इन्जिनियरलाई खटाउने तयारी गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो […]