दसैँसम्ममा भूकम्प पीडितले नयाँ घर बनाइसक्ने

काठमाडौँ,साउन,१५-

भूकम्पका कारण घर भत्केका तर विभिन्न कारणले सर्वेक्षणमा नाम छुटेका पीडितको गुनासो सम्बोधन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यसै महिनाको अन्तिमदेखि सर्वेक्षणका लागि इन्जिनियर लगायतका प्राविधिकलाई खटाउनेभएको छ ।

विभिन्न जिल्लाबाट प्राप्त यस्ता गुनासा सम्बोधनका लागि साउन महिनाको अन्तिम सातादेखि प्राधिकरणले करिब तीन सय प्राविधिक तथा इन्जिनियरलाई खटाउने तयारी गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो ।

भूकम्पका कारण प्रभावित जिल्लामध्ये बढी गुनासा आएका स्थानमा सर्वेक्षण गर्न प्राधिकरण आफैले प्राविधिक खटाउन लागेको हो । यसरी खटिने प्राविधिले डेढ महिनामा त्यस्ता पीडितको सर्वेक्षण गरिसक्ने प्राधिकरणले जानकारी दिएको छ ।

त्यसका लागि प्राधिकरणले विभिन्न जिल्लामा खटिएका कर्मचारीलाई तालिम दिइसकेको छ भने उहाँहरूले स्थलगत रूपमा खटिने इन्जिनियरलाई तालिमसहित गाउँ गाउँमा जान सहजीकरण गर्ने बताइएको छ । आजको गोरखापत्र दैनिकमा खवर छ ।