अस्थायीलाई स्थायी नबनाउन शिक्षामन्त्रीकै दबाब

काठमाडौं,साउन,१५-

शिक्षक सेवा आयोगले भदौ पहिलो साता अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उपप्रधान तथा शिक्षामन्त्री गोपालमा श्रेष्ठ आफैं लागिपरेका छन् । अस्थायी शिक्षकहरुसँग परीक्षामा अनुत्तीर्ण भए पनि सुविधा दिने सम्झौता गरेका श्रेष्ठले दोस्रो पटक परीक्षा सार्न आयोगलाई दबाब दिएका छन् ।

गत वर्ष संशोधन शिक्षा ऐनमा सामुदायिक विद्यालयमा २०४९ अघिदेखि ०७२ असोज २ गतेसम्म नियुक्ति लिएका अस्थायी शिक्षकलाई स्थायी बनाउने प्रक्रिया एक वर्षभित्र गर्नुपर्ने व्यवस्था छ ।

यही व्यवस्थाअनुसार गत चैत १९ मा आयोगले अस्थायी शिक्षकलाई स्थायी बनाउन विज्ञापन गरेको थियो ।गत असार २३ मा परीक्षाको मिति तय गरिएकोमा मन्त्री श्रेष्ठले अस्थायीको आन्दोलनको कारण देखाउँदै परीक्षा सारेको बताउँदै आएका छन् । आजको कान्तिपुरमा खबर छ ।