महेन्द्र बहुमुखीमा गरियो मानवशास्त्र सम्बन्धी एकदिने ओरिन्टेसन

नेपालगन्ज,जेष्ठ ,०५-


महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा आइतबार एकदिने आरिन्टेसन तथा खोज अनुसन्धान विषयमा वृहत् छलफल गरिएको छ।

त्रिभुवन विश्व विद्यालयबाट उक्त क्याम्पसमा संचालित तीन वर्षे मानवशास्त्र विषयको बारेमा ओरिन्टेसन तथा खोज अनुसन्धान सम्बन्धी छलफल गरिएको हो।

त्रिचन्द्र क्यामपसका प्रोफेसर नारायण पौड्याल र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका लेक्चर गोकर्ण शाहिको नेतृत्वमा स्नातक र स्नातकोत्तर समुहबिच मानवशास्त्र र यसको महत्वको आधारमा खोज अनुसन्धानका लागि उक्त कार्यक्रम आयोजना गरिएको थियो।

निकै अर्थपूर्ण तरिकाले सम्पन्न उक्त ओरिन्टेसन तथा खोज अनुसन्धान छलफल कार्यक्रममा ३५ जनाको सहभागी रहेको महेन्द्र बहुमुखी क्याम्पसका छात्र यज्ञ बहादुर रोकाले जानकारी दिए।