लायन्स क्लब अफ काठमाडौंले शनिबार “स्कुटर एण्ड मोटरसाइकल र्‍याली “गर्दै

काठ्मान्डौँ, असार ,१३- काठमाडौंमा शनिबार भोलि “स्कुटर एण्ड मोटरसाइकल र्‍याली “कार्यक्रम हुनेभएको छ। लायन्स क्लब अफ काठमाडौं आधारको आयोजनामा भोलि उक्त कार्यक्रम सम्पन्न हुनेभएको हो। काठमाडौंको बुद्धमलदेखी र्‍याली सुरु हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार कार्यक्रम बिहान साढे सात बजेदेखि सुरु हुनेछ। र्‍याली बुद्धमल देखि चक्रपथ , चक्रपथ देखि लाजिम्पाट , लाजिम्पाट देखि किङस वे, […]

सकियो चलचित्र “पोइ पर्यो काले”को सुटिङ ,कार्तिक ८ गतेदेखि प्रदर्शन हुँदै

नेपालगन्ज,असार, ८- रेड बर्ड ब्यानरको निर्माणमा बनेको चलचित्र “पोइ पर्यो काले”को एउटा गीत बाहेक सम्पुर्ण सुटिङ सकिएको छ। मल्टीस्टारर उक्त चलचित्रको सम्पुर्ण छायांकन पोखरामा सकिएको निर्माण टिमले बताएको छ। शिशिर राणाको लेखन तथा निर्देशन रहेको उक्त चलचित्र तिहारलाई लक्षित गरि कात्तिक ८ गते प्रदर्शन हुँदैछ। चलचित्रमा सौगात मल्ल,पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित […]

हेमन्तको दुबै मृगौला फेल भएपछि महिनौ देखि थल्लिए ओछ्यानमै

नेपाल्गन्ज, जेष्ठ ,३२- बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका हेमन्त सिंह ठकुरीको दुबै मृगौला फेल भएपछी उनलाई उपचार अभाव भएको छ । फाल्गुन महिनादेखि ओछ्यानमै थला परेका हेमन्तको घरको आर्थिक अवस्था निकै दयनिय भएपछि उपचार गराउन नसकेर ओछ्यानमै थलिनुपरेको छ । २८ वर्षीया हेमन्त हिडडुल मात्र नभएर उठेर बस्न पनि नसक्ने अवस्थामा पुगिसकेका छन […]

वडा स्तरिय क्रिकेट प्रतियोगितामा वडा नं.३ र २३ विजयी

नेपालगन्ज,जेष्ठ ,२७- नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. २३ र ३ विजयी भएका छन् । नेपालगन्जको मंगलप्रसाद माविमा आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. २१ लाई ३३ रनले पराजित गर्दै वडा नम्बर २३ बिजयी भएको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. २३ ले निर्धारित १५ ओभरमा ६ […]

आदर्श मावि नेपालगन्जले गरायो हाउस वाइज वक्तित्वकला प्रतियोगिता

नेपालगन्ज,जेष्ठ ,२५- आदर्श मावि नेपालगन्जमा शुक्रबार हाउस वाईज वक्तित्वकला प्रतियोगिता गराइएको छ। आधारभुत तह कक्षा ६ देखि ८ र मावि तह कक्षा ९ र १० कक्षा सम्मका विद्यार्थीहरुबिच वक्तित्वकला प्रतियोगिता गराइएको छ।आधारभुत तहका लागि वक्तित्वकलाको शिर्षक “हाम्रो आदर्श, हाम्रो अनुशासन ” भन्ने थियो भने माविका लागि शिर्षक “द्वन्द व्यवस्थापनमा युवाहरुको भुमिका ” रहेको आदर्शका अध्यापक […]

बाँकेमा श्रीमानद्वारा श्रीमतीमाथी बन्चरो प्रहार :श्रीमती गम्भीर घाइते

नेपालगन्ज,जेष्ठ ,२५- बाँकेमा आफ्नै श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बाँके जानकी गाउँपालिका वडा न ३ मानपुर निवासी ५९ वर्षीया श्रीमान पन्चराम हरिजनले शनिबार बिहान ९ बजेतिर आफ्नै श्रीमती ४५ वर्षीया कप्तरा हरिजनमाथी बन्चरो प्रहार गरि गम्भीर घाइते बनाएका हुन। श्रीमान-श्रीमतीबिच करिव १५/१६ दिन अघिदेखि नै झगडा हुँदै आएको बताइएको छ। इलाका प्रहरी […]

लायन्स क्लब अफ नेपालगन्जद्वारा उज्यालो सहकारीमा निशुल्क स्वास्थ्य शिविर

नेपालगन्ज , जेष्ठ , २४- लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले नेपालगन्जमा निशुल्क स्वास्थ्य शिविर गरेको छ। सामाजिक क्षेत्रमा काम गर्ने संस्था लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले अाज(शुक्रबार ) नेपालगन्जको सेतु बि-क- चोक नजिकै रहेको उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड संस्थाका पदाधिकारी तथा बचतकर्ताहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको हो । लायन्स क्लबका कार्यसमितिका पदाधिकारी […]

बाँकेको सुर्योदय माविमा संचालित बालिका शिक्षा प्रभावकारी बन्दै

नेपालगन्ज,जेष्ठ ,२४- बाँकेको बैजनाथ गाउँपालिका स्थित सुर्योदय माबि मा सञ्चालित वालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यसअन्तर्गत कक्षा ८,९ र १० मा अध्ययनरत वालिका, वालिकाका अभिभावक र सम्बन्धित गाउँपालिकाका सरोकारवालाहरुसंग मंगलवार अन्तरक्रिया गरिएको छ । रुम टु रिड् र पढनको लागि कोठा नामक संस्थाले उक्त बिद्यालयमा अध्ययनरत वालिकाहरुलाई जीवन उपयोगी सीप शिक्षा तालिम […]

नेपालगंजमा पनि अब बाजा नेपाल

नेपालगन्ज,जेष्ठ ,२३- काठमाडौँको बाजा नेपाल र नेपालगंजको उडान नेपालबीच गत जेष्ठ १२ गते नेपालगंजमा पनि बाजा तथा संगीत सम्बन्धि उधमशिलता बिकाश गर्ने सम्झौता भएको छ । काठमाडौँको सामाखुसीमा रहेको बाजा नेपाल पिछडिएका बाजा बजाउन जान्ने संगीतकर्मीहरुलाइ रोजगार बनाउने लक्ष्य लिएको संस्था हो । यसैगरी उडान नेपाल युबाहरुको नेतृत्व तथा ब्यक्तित्व बिकाश नारा बोकेको संस्था हो […]

सामाजिक तथा धार्मिक सदभाव भएको गाउँपालिका बनाउन चाहन्छु : कक्षपति

खजुरा ,जेष्ठ,२३- बाँकेको खजुरामा ईद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । विभिन्न धार्मिक तथा सामाजिक अगुवाहरुको सहभागितमा सम्पन्न कार्यक्रमा धार्मिक सदभावका कारण समाजमा आत्मियता बढेको भन्दै चर्चा गरिएको थियो । मोल्बी आकिल अलिको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ५ का सभासद बाबुराम गौतमले सबै धर्मले सदभाव कायम गर्न सहयोग पुगेको बताए । […]