रोशन घर्ति
दाङ,साउन,३२-
जब गायीकी प्रशंसा हुन्छ तारा गुरुङको अनि फुरुङ पर्छिन । उनको आवाज वास्तबैमै पनि तारीफ गर्न लायकको छ । तारादेवीको गितहरु प्राय प्रतिस्पर्धा र स्टेजहरुमा गाउने तारा गुरुङ रोल्पा डुब्रिङ गाविस रोल्पामा जन्म भएको थियो ।
समयले ठग्दै अब्बल बनाउदै लगेको अहिले स्टुडियोमा छिरेर समेत आफ्नो स्वर रेकर्ड गरेर बजारमा सार्वजनिक गरीसकेकी छिन । सानैबाट गायकीको रुची भएको उनी विभिन्न प्रतिस्पर्धामा समेत भाग लिईसकेकी छिन ।
जलजला ताराको फाईनल सम्म पुगेर असफल भएकी उनी राप्ती आईडल २०७३ मा पनि अन्तिममा नै पुगेर असफल भएकी थिईन । स्टेजमा नै आसु खसाल्न विवश उनी त्यो दिन रात भरी नसुतेको समेत बताउने गर्दछिन ।
तर भाग्यले ठगे.पनि कर्मले नठगेको भनि उनि केही समय शास्त्रिय सगिंत सिकेकी ताराले अहिले महिला महान पर्व हरितालिका तिजको अवसरमा एउटा गित बजारमा आएको छ ।
सञ्चारकर्मी समेत रहेकी गुरुङको दोस्रो गित पनि रेकर्ड भईसकेर बजारमा आउने तयारी भईरहेको छ । अहिले बजारमा उनको आवाजमा प्रस्तुत गित रातो साडी नामक गित बजार तताईरहेको छ ।
चोकचोकमा घन्किने गर्दछ । प्रस्तुत गितमा ज्ञानेन्द्र स्वर्णकार र तारा गुरुङको स्वर केडी शर्माको शब्द र यादवनाथ योगीको सगिंत रहेको छ ।
https://www.youtube.com/watch?v=ushh58LHv-Q