प्याजको चिया पिउनुहोस्, तिव्र गतिमा तौल घटाउनुहोस्

तपाईंले अहिलेसम्म पक्कैपनि प्याजको चियाको बारेमा केही सुन्नुभएको छैन हो । तर प्याजको चिया मानव स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

प्याजको चियाले तौल घटाउनुका साथै मधुमेहको समस्यालाई पनि न्यूनिकरण गर्दछ । प्याजको चिया प्याजको बोक्राबाट बनाउन सकिन्छ । यसमा क्वेरसेटिन नामको पिग्मेन्ट हुन्छ जसले मानव स्वास्थ्यमा अत्यधिक फाइदा पुर्याउँछ ।

यसले शरीरमा रगतलाई जम्न दिँदैन जसबाट हाइपरटेन्सनको खतरा हुँदैन । यसको साथै यदि निन्द्रा नलाग्ने समस्या ९इन्सोम्निया०बाट प्रभावित हुनुहुन्छ भने पनि प्याजको चियाले फाइदा पुर्याउँछ । यसलाई दिनबाट एकपटक पिउनुहोस्, फरक अनुभूति गर्नुहुनेछ ।

एक अध्ययनका अनुसारमा प्याजले क्यान्सरको सेल्सलाई बढ्न दिँदैन भने कोलोन क्यान्सरलाई ठीक पनि गर्दछ ।

२०११ मा गरिएको एक अध्ययनका अनुसार प्याजको बोक्राले ग्लूकोज रेस्पोन्सलाई बढोत्तरी गरेर इन्सुलिन बढाउँदै टाइप टु डाइबेटिजबाट समेत सञ्चो बनाउँछ ।

प्याजको चिया बनाउनको लागि पानी उमाल्नुहोस् र त्यसमा प्याजको टुक्राहरु हाल्नुहोस् । उम्लिएको पानीमा कागतीको रस र ग्रीन चियाको ब्याग राख्नुहोस् ।

पानी राम्रोसँग उम्लिएपछि छानेर मह मिलाएर पिउन सकिन्छ । तर यस्तो चिया गर्भवती महिला र बच्चालाई दूध चुसाउने आमाले पिउनु हुँदैन ।