एनसार्क बाँकेको आज ३५ औं जन्मदिन

बाँके,पुस,१६-

एचआईभि एड्स विरुद्ध सचेतिकरण र रोकथामका लागि स्थापित नेपालकै पहिलो संस्था नेपाल यौनरोग तथा एड्स अनुसन्धान केन्द्र एनसार्क बाँकेले आज नेपालगन्जमा आफ्नो ३५ औं जन्मदिन मनाएको छ ।

मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लामा एचआईभी न्युनिकरणका लागि पहल गर्ने उद्देश्यले एचआईभी पत्ता लागेको दुईवर्षपछि सन् १९८३ डिसेम्बर ३१ का दिन नेपालगन्जमा एनसार्कको स्थापना भएको थियो ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै एनसार्कका संस्थापक सभापति डा. जिराज शाक्यले पछिल्लो समय लागुऔषध दुव्र्यसनिका कारण युवापुस्ता एड्सको उच्च जोखिममा रहेको बताउनुभयो ।

डा. शाक्यले लागुऔषध दुव्र्यसनीसँगै वैदेशिक रोजगारका कारण हुने एचआईभीको जोखिमविरुद्ध प्रभावकारी काम नभएकोले एड्स न्युनीकरण भयो भन्न नसकिने बताउनुभयो ।

पछिल्लो समय एचआईभी पीडितलाई हेर्ने दृष्टिकोण भने सकारात्मक बन्दै गएको डा. शाक्यको भनाइ थियो । हाल बाँके र दाङ जिल्लामा कार्यक्षेत्र बनाएर काम गरिरहेको एनसार्कले आगामी दिनमा एचआईभिको जोखिमयुक्त क्षेत्रलाई लक्षित गर्दै कार्यक्रम सन्चालन गर्ने जनाएको छ ।