पूर्वराजा ज्ञानेन्द्रको परिवारले नेपालगन्जमै अंग्रेजी नयाँ बर्ष मनाउने

राम सुनाम/

बाके पौष, १६-

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारले नेपालगन्जमै अंग्रेजी नयाँ बर्ष मनाउनु हुने भएको छ । गएको विहीबारदेखि नेपालगन्जको भुजईगाउ स्थित सोल्टी होटलमा बास बस्नुभएका पूर्वराजा शाह परिवारलाई स्थानीयदेखि राष्ट्रिय तथा भारतीय कलाकारहरुले मनोरञ्जन दिने छन् ।

त्यसका लागि भारतीय कलाकार तोरशा सरकार, डान्स स्क्वाड ग्रुप र नेपालकी चर्चित गायिका श्रेया श्वताङ र डिजे सुरज लाई नेपालगन्जमा झिकाइएको छ । त्यसैगरी नेपालगन्ज र कोहलपुरका आधा दर्जनबढी होटलहरुमा भव्य सांगीतिक कार्यक्रमकाबीच इस्वि सम्वत नयाँ वर्ष सन् २०१८ को स्वागत गरिदैछ ।

नेपालगन्जका अन्य होटलहरुमा कल्पतरु, ग्यालेक्सि दरबार, सिग्नेट, सोल्टी वेस्टेन्ड प्रिमियम, क्रसरोड, सिद्धार्थ कटेज र कोहलपुरमा रहेको सेन्ट्रल प्लाजा लगायतका होटलहरुमा अंग्रेजी नयाँ बर्षकै अवसर पारेर साझ भव्य सांगीतिक कार्यक्रमको आयोजना गरिएको हो ।

यी होटलहरुमा रेश्मा केसी, पूर्ण थापा, आवाज व्यान्ड, प्यराडाइज व्यान्ड, भारतको सिटी लुफ्स ब्यान्डको प्रस्तुती रहने छ । आयोजक होटलहरुले न्यूनतम ३ सय ५० रुपैंयादेखि ७ हजारसम्मका प्रवेश शुल्क राखेका छन् । महंगो शुल्क लिएका होटलहरुले कक्टेलसहित डिनरको व्यवस्था गरेको बताएका छन् ।